महिला स्वास्थ्य सम्वन्धी शन्देशमुलक लोक दोहोरी गाीत कार्यक्रम

भाद्र ७ विहान
PSI नेपालको सहयोगमा महिला स्वास्थ्य सम्वन्धी शन्देशमुलक लोक दोहोरी  गाीत कार्यक्रम दोलखाको जिरीमा अहिले विहान हुने कार्यक्रम रहेको छ ।  राष्टिय कलाकारहरुको टोलीको सहभागिता रहने लोकगीत कार्यक्रम  अहिले विहान जिरी वसपार्कमा देखाईने कार्यक्रम रहेको छ भने आज दिउँसो २ वजे मैना पोखरी वजारमा देखाइने छ । त्यसैगरी  भोलि विहान चरिकोट सातदोवाटोमा कार्यक्रम गरिने PSI नेपालकी कार्यक्रम अधिकृत जानुका न्यौपानेले जानकारी दिनुभयो ।
महिलाहरुलाई स्वास्थ्य प्रति सचेत गराउने उदेश्यले लोक गीतको माध्यमवाट चेतनामुलक कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । यस अगाडि पनि राष्टिय कलाकारहरुकै टोलीले जिल्लाका विभिन्न भागमा महिला स्थास्थ्य सम्वन्धी गीती सडक नाटक समेत प्रर्दशन गरेका थिए ।

No comments:

Post a Comment