दोलखा भेड्पुका सोमबहादुर बमजनलाई हत्या गर्ने योजना बनाएको आरोपमा प्रहरी हिरासतमा रहेका कृष्णबहादुर कार्कीलाई जिल्ला अदालतले ४५ हजार धरौटीमा रिहा

भदौ ६
दोलखा भेड्पु गाविसका सोमबहादुर बमजनलाई हत्या गर्ने योजना बनाएको  आरोपमा प्रहरी हिरासतमा रहेका कृष्णबहादुर कार्कीलाई आज जिल्ला अदालतले ४५ हजार धरौटीमा रिहा गर्ने फैसला गरेको छ ।
गत बैशाख २३ गते दोलखा भेड्पु गाविसमा बन फँडानी भएको भनि उजुरी परेपछि सरोकारवाला कार्यालयका प्रतिनिधिहरु स्थलगत अवलोकनमा गएको बेला बमजन माथि खुकुरी प्रहार भएको थियो । घट्ना पछि बमजनले ज्यान मार्ने उद्योगमा कार्की सहित अन्य तिन जनाको नाममा उजुरी गरेका थिए । जिल्ला अदालतमा आज भएको थुनछेक बहसमा जिल्ला न्यायधिस प्रभा वस्नेतले कार्कीलाई ४५ हजार धरौटीमा रिहा गर्ने आदेश दिनु भएको हो । हालसम्म फरार रहेका अन्य तिन जनालाई ७० दिन भित्र अदालतमा हाजिर हुन आदेश दिईएको जनाईएको छ ।

No comments:

Post a Comment