रामेछापको वेतालीमा अन्तरक्र्रिया कार्यक्रम सम्पन्न

भदौ १०
हुराडेक नेपाल दोलखाको आयोजना तथा  आडीआइएफको  सहयोगमा रामेछापको वेतालीमा अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गाविस स्तरीय सरोकारवालाहरु सगँ भएको अन्तरक्र्रिया कार्यक्रममा समावेशी समिति, लैगिंक समानता, गाविसको बजेट विनियोजन, स्थानिय तहदेखि मानवअधिकार संरक्षण कार्यक्रम लागु भएदेखि हाल सम्मका उपलव्धीहरु, लगायतका विषयमा छलफल भएको थियो ।
स्थानिय तहदेखि मानवअधिकार संरक्षण कार्यक्रम लागु भएदेखि हालसम्मका उपलव्धी, सरोकारबालाहरुले गरेका प्रयास र आगामी दिनमा खेल्नु पर्ने भुमिकाका विषयमा प्रष्ट पार्ने उदेश्यले अन्तक्र्रियाको आयोजना गरिएको आयोजकले बताएको छ । अन्तक्र्रियामा सहभागि सरोकारबालाहरुले सकारात्मक सहयोग गर्दै  अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यस कार्यक्रमको अवधि अझै थप हुनुपर्ने माग राखेका छन् ।
कार्यक्रममा हुराडेक नेपाल दोलखाबाट  सामाजिक परिचालक अच्युतबाबु सुनुवार, नेकपा माओवादी गाउँकमिटि बेतालीका सहइन्चार्ज चुडामणी घिमिरे, नेपाली कांगे्रस गाउ इकाई समिति बेतालीका सभापति जगत बहादुर कार्की, नेकपा एमाले गाउँपार्टी अध्यक्ष विष्णु प्रसाद घिमिरे, गाविस प्राविधिक बाबुराम घिमिरे, सरकारी कार्यलय, विद्यालय, स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधीको उपस्थीति रहेको थियो ।

No comments:

Post a Comment