दोलखा उद्योग वाणिज्य संघ दोलखाले व्यापारीहरुलाई व्यवसायिक आचारसंहिता पालना गरी व्यापार व्यवसाय गर्न आग्रह
भदौ ६,
दोलखा उद्योग वाणिज्य संघ दोलखाले व्यापारीहरुलाई व्यवसायिक आचारसंहिता पालना गरी व्यापार व्यवसाय गर्न आग्रह गरेको छ ।
 पछिल्लो समयमा बजारमा विक्री वितरण भइरहेको खाद्यान्न, स्टेशनरी, मदिरा तथा सुर्तिजन्य लगायतका वस्तुहरु विक्री वितरणमा पादर्शिता नभएको भन्दै जुनसुकै समयमा अनुगमन गरिने भएकाले गुणस्तरीय सामग्रीहरु मात्र  वितरण गर्न आग्रह गरिएको छ ।
 अनुगमन गर्न कुनै पनि समयमा सम्बन्धित कार्यलयबाट अनुगमन टोली आउने   सक्ने भन्दै अखाद्य, सडेगलेका, म्याद नाघेका तथा गुणस्तरहिन सामानको विक्री वितरण नगर्न र अनिवार्य मदिरा इजाजत प्रमाणपत्र लिएर मात्र मदिरा तथा सुर्तीजन्य बस्तुको विक्री वितरण गर्न आग्रह गरिएको छ ।

No comments:

Post a Comment