जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक उमेशराज जोशीलाई स्थानिय शान्ति समिति दोलखाले आज विदाई
भदौ ७
दोलखाबाट सरुवा भएर जान लाग्नु भएका जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक उमेशराज जोशीलाई स्थानिय शान्ति समिति दोलखाले आज विदाई गरेको  छ ।
स्थानिय शान्ति समिति दोलखाका संयोजक एमाले अध्यक्ष पार्वत गुरुङको सभापतित्वमा भएको विदाई कार्यक्रममा एकिकृत नेकपा माओवादीका नेता शङ्कर लामा, नेपाली कांग्रेस दोलखाका सभापति ताराबहादुर कोईराला, राप्रपा दोलखाका अध्यक्ष नरबहादुर पाख्रीन, प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली, प्रहरी नायव उपरीक्षक उमेशराज जोशी, पत्रकार महासंघ दोलखाका अध्यक्ष राजेन्द्र मानन्धर र महिला अधिकारकर्मी सृजना कार्कीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यसैगरी लालि गुराँस युवा क्लब चरिकोटले पनि आज प्रहरी नायव उपरीक्षक जोशीको विदाई गरेको छ । क्लबका अध्यक्ष गोविन्द श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विदाई हुन लाग्नु भएका प्रहरी प्रमुख जोशी, नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्के र क्लबका निर्वतमान अध्यक्ष हेमराज रिमालले मन्तव्य व्यक्त गर्नु भएको थियो । दोलखाबाट प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्ज सरुवा हुनुभएका जोशी आज काठमाडौँ जाँदै हुनुहुन्छ भने उहाँको ठाँउमा ब्यूरोबाट प्रनाउ ओम अधिकारी आजै दोलखा आउदै हुनुहुन्छ ।
आजै स्थानिय शान्ति समिति दोलखाको संयोजकमा राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्षमा नरबहादुर पाख्रिन मनोनयन हुनुभएको  छ । आज विहान बसेको स्थानिय शान्ति समितिको बैठकले चक्रिय प्रणाली अनुसार उहाँलाई मनोनयन गरिएको हो । उहाँको कार्यकाल ६ महिना सम्म हुने छ । स्थानिय शान्ति समितिका संयोजक नरबहादुर पाख्रिनको कार्यकालका लागि एकिकृत नेकपा माओवादीका शकर लामा,नेपाली काग्रेसका सभापति ताराबहादुर कोइराला,नेकपा एमालेका अध्यक्ष पार्वत गुरुङ,स्थानिय शान्ति समिति सदस्य राजेन्द्र मानन्धर र सृजना कार्कीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

No comments:

Post a Comment