जिरीमा दिने निशूल्क आँखा शिबिर सम्पन्न

भदौ ९,
दोलखाको जिरी अस्पतालमा हिजोबाट सुरु भएको २ दिने निशूल्क आँखा शिबिर आज सम्पन्न भएको छ । ६ सय ५० जना आँखाका रोगीले आँखा जाँच गराएकामा २८ जनाको सफल सल्यक्रिया गरिएको छ । नेपाल नेत्र ज्योति संघको आयोजनामा भएको सो शिबिरमा ६ सय भन्दा बढि आँखाका रोगीलाई निशुल्क औषधि र कालो चस्मा बितरण गरिएको नेत्र ज्योति संघका कार्यक्रम संयोजक हुकुम पोखरेलले बताउनु भएको छ । सो आँखा शिबिरमा उद्योग बाणिज्य संघ जिरी र जिरी प्राबिधिक शिक्षालयले स्थानीय आयोजकको भूमिका निर्बाह गरेका थिए । शिबिरमा जिरी र आसपासका आँखाका रागीहरुले आँखा जाँच गराएका थिए ।

No comments:

Post a Comment