सुकुटे खोलामा मृत अवस्थामा फेला

भदौ ११
ओखलढुगां जिल्लाको खिजीफलाँटे २ स्थित बोजेटारका ३५ वर्षिय विज्ञान सुनुवार सुकुटे खोलामा मृत अवस्थामा फेला परेका छन् ।
बाल्य अवस्था देखि नै छारे रोग, पक्षघात र असन्तुलीत मानसिक रोगले ग्रसित विज्ञान सुनुवार शनिवार दिउँसोदेखि घर बाट हराएपछि खोजी गर्ने क्रममा घर देखि करिब ५ सय  मिटर टाढा खिजीफलाँटेको वडा नं. १ र ४ को विचमा पर्ने सुकुटे खोलामा शव फेला परेको हो । प्रहरीले आवश्यक अनुसन्धानपछि शव आफन्तलाइ जिम्मा लगाएको ओखलढुगांका प्रहरी निरीक्षक नेत्र बहादुर बडुवाललाई उद्धृत गर्दै इन्द्र घिसिडले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment