हुराडेक नेपाल दोलखा र अधिकार लोकतन्त्र तथा समाबेशि कोष च्म्क्ष्ँ को साझेदारीमा बिद्यालय अभिमुखिकरण कार्यक्रम



भदौ ७

मानबअधिकार सचेतना तथा बिकास केन्द्र हुराडेक नेपाल दोलखा र अधिकार लोकतन्त्र तथा समाबेशि कोष च्म्क्ष्ँ को साझेदारीमा बिद्यालय अभिमुखिकरण कार्यक्रम आज शैलुडेश्वरमा गाबिसमा सम्पन्न भएको छ ।

शैलुडेश्वर शारदा माध्यमिक बिद्यालयमा गठित बाल अधिकार चेतना समुहका अध्यक्ष सुमन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यार्थीहरुलाई बालअधिकार सम्बन्धि चेतना जगाई शैलुडगेश्वर गबिसको बालअधिकार सम्बन्धि तथ्याडक बिश्लेशन गर्ने, बालअधिकारको हालको अबस्था कस्तो रहेको छ भन्ने बिषयमा छलफल भएको थियो । त्यसैगरी सोहि गाबिसमा बिद्यालय जानबाट बन्चित २ सय ९८ बालबालीकालाई घर दैलो कार्यक्रम सञ्चालन गरि बिद्यालय पठाउनुपर्ने जनाएका छन ।

कार्यक्रममा मानबअधिकार गाउ बिकास मञ्च शैलुडेश्वरका संयोजक मोहन कार्की, शारदा माध्यमिक बिद्यालय शैलुडेश्वरका निमित प्रधानध्यापक धनबहादुर तामाड लगाएतले हुराडेक नेपाल दोलखाले मानबअधिकार सम्बन्धि कार्यक्रम संञ्चालन गरी मानब हक अधिकारको बारेमा चेतना फैलाएको भनि खुसि ब्यतm गर्दै मन्तब्य राख्नुभएको थियो ।

No comments:

Post a Comment