भदौ ३
 दोलखा
 नास्टको आयोजनामा जलवायु जोखिम व्यवस्थापनको लागि टुलकिट तथा आईइएस सामग्री पूर्व तयारी कार्यक्रम आज सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ ।
कार्यक्रममा जोखिम व्यवस्थापनको लागि नास्टले तयार गरेको टुलकिट तथा आईइएसबारे नास्टको बरिष्ठ बैज्ञानिक डाक्टर विमला देवकोटाले जानकारी गराउनु भएको थियो । दोलखाका स्थानिय विकास अधिकारी ऋषिराज आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली, पत्रकार महासंघ दोलखाका अध्यक्ष राजेन्द्र मानन्धर, नागरिक समाज दोलखाका अध्यक्ष चिरञ्जीवी मास्के, कालिञ्चोक सामुदायीक एफएमका समाचार प्रमुख शेरबहादु भुजेल, जिल्ला भू– संरक्षण कार्यालय दोलखाका प्रमुख शेरबहादुर श्रेष्ठ, जिल्ला पशु सेवा कार्यालयका प्रमुख रामचन्द्र देवकोटा, जिल्ला बन कार्यालयका सहायक बन अधिकृत रामकृष्ण भण्डारी, जिल्ला कृषि विकास कार्यालय दोलखाका अधिकृत शेषमणी भट्टराई, नास्टका बरिष्ठ अधिकृत सुरेशकुमार ढुङ्गेल लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नास्टले दोलखामा हिमताल विष्फोट, सिन्धुलीमा भू– क्षय र महोत्तरीमा कटान तथा डुबान समस्याबारे अध्यन गरेको र त्यसैको आधारमा डकुमेन्ट्रि तथा प्रचा सामग्री समेत तयार गरेको नास्टका बरिष्ठ बैज्ञानिक देवकोटाले जानकारी दिनु भयो ।     

No comments:

Post a Comment