ओखलढुङ्गामा अवतारी जन्मीए

भदौ ९
ओखलढुङ्गा जिल्लाको खिजीफलाटे गाबिसमा साढे ३ वर्षका एक बालकले आफु एक प्रमुख लामाको अवतार भएको बताएको छ ।
वडा नम्बर ३ पातलचौरका साढे ३ वर्षिय मानर्बु शेर्पा बालकले ५ बर्ष अघि निधन भएका ओखलढुगाकै रगनी गाविस ९ लाम्चेको ङोदुक फुलीङ गुम्बाको प्रमुख लामा तेन्जिन नर्बु शेर्पाको अबतारी हु भनेर भनेका छन् । 
बालकका पिता ङिमा शेर्पाका अनुसार बालकले जन्मेको साढे २ बर्ष देखिनै सामान्य बालकहरुको भन्दा भिन्न स्वभाब र ब्यवहार प्रदर्शन गर्दै मेरो गुम्बा रगनी लाम्चेमा छ भन्दै सर्किनी शेर्पालाई पुर्व जन्मको श्रीमति हो भन्दै पटक पटक पुर्ब जुनीमा आफुले प्रयोग गरेका सामाग्रीहरु सुरक्षित राखिदिनु भनि अनुरोध गरेको बताउनुभएको छ ।
बालकको यस्तो कुरा सुनेपछि  भुसिङ्गा किलखुर्पिङ गुम्बाका प्रमुख लामा तेन्जिन राङडोल रेम्बोर्छे द्धारा परिशुद्धका लागी पबर्चित गरि उतm बालकको नयाँ नाम तेन्जिन थिन्ले राख्नुभएको छ ।
बालकले आफुलाई पूर्ब जन्मको लामा तेन्जिन नर्बु शेर्पाको अवतारी हुं भन्ने प्रर्याप्त प्रमाणहरु बालक स्वयमले पेश गर्दै गएमा मात्र बालकलाई जनमानसमा लामा तेन्जिन शेर्पाको औतारीको रुपमा स्वीकार्य हुने किलखुर्पिङ गुम्बाका प्रमुख लामा राङडोल रेम्बोर्छेलाई उद्रित गर्दै ओखलढुङ्गा बाट इन्द्र घिसिङले जानकारी दिनुभयो ।

No comments:

Post a Comment