सिन्धुपाल्चोकका सात गाउँ विकास समितिहरु न्युनतम शर्त मापनमा असफल

भ्दौ १३
सिन्धुपाल्चोक जिल्लाका सात गाउँ विकास समितिहरु गत आर्थिक वर्ष २०६८÷६९ मा मापन गरिएको न्युनतम शर्त मापनमा असफल भएका छन् । न्युनतम शर्तमा गाविस असफल भए सँगै ती गाविसहरुमा आउने थप अनुदान समेत कटौती भएको छ ।
न्युनतम शर्त मापनमा घोर्थली,सेलाङ,कदमबास, भोटेचौर,हैबुङ,बरुवा र ठुलोपाखर गाविस असफल भएको जिविसका आन्तरिक लेखा परीक्षक अनिरुद्र नेपालले जानकारी दिनुभयो ।
स्थानीय स्वायत्त शासन नियमावली,
२०५६ को नियम २७३ घ ले स्थानीय निकाय वित्तीय आयोगलाई गाविसहरुको प्रत्यक वर्षको न्युनतम शर्त मुल्याकंन गरी नतिजा सहित गाविसहरुलाई प्रदान गरिने अनुदान थपघट गर्न र उत्कृष्ट गाविसहरुलाई पुरस्कार दिन सक्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाका लागि गाविसहरुले न्युनतम रुपमा गर्नुपर्ने कार्यहरुको मुल्यांकन गरी अनुदान प्रणालीलाई पारदर्शी,व्यवस्थित र उत्पादनमुलक कार्य गराउनका लागि हरेक वर्ष न्युनतम शर्त मापन गर्ने गरेको हाम्रा सिन्धुपाल्चोक सहकर्मी दिनेश थापाले जनाएका छन् ।
न्युनतम शर्तमा असफल भएका सबै गाविसहरुले लक्षित वर्गलाई रकम विनियोजना नगरेको, परिषद ढिला गरेको, खाताहरु दुरुस्त नराखेकाले असफल भएको नेपालको भनाइ थियो । न्युनतम शर्तमा गाविस पास भएमा स्थानीय शासन तथा सामुदायीक कार्यक्रमबाट प्रत्यक गाविसलाई थप ३ लाख अनुदान आउने गर्दछ । तर गत वर्ष कुल अनुदानको ५० प्रतिशत मात्र आएको जिविसले जनाएको छ । गत वर्ष न्युनतम शर्त तथा कार्यसम्पादनमा असफल भएको जिविस भने यस वर्ष तेस्रो स्थानमा पर्न सफल भएको छ ।

No comments:

Post a Comment