जिल्लामा सुरक्षा व्यवस्था कडा


राजेश भुजेल
चरीकोट असोज २६,
नेपालीहरुको महान पर्व बडा दशैँ र शुभ दीपावली नजीकीँदै जाँदा प्रहरी प्रशासनले दोलखा जिल्लामा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
यतिबेला यात्रुहरुको चाप बढ्ने र आर्थिक क्रियाकलाप पनि बढी हुने हुँदा अपराधिक गतिबिधि बढ्न सक्ने भन्दै सुरक्षाको नयाँ कार्यक्रम ल्याइएको प्रहरी नायब उपरिक्षक ओम अधिकारीले जानकारी दिनुभएको छ । विशेष गरि चाडवाडलाई लक्षित गरी ज्वाइन्ट यूनिट पटरोल र क्रस यूनिट पटरोल दूइवटा सुरक्षाको कार्यक्रम अहिले प्रहरीले सञ्चालन गरिरहेको छ । ज्वाइन्ट यूनिट पटरोलमा कुनै दुइ वटा यूनिटका प्रहरी टोली एक ठाउँमा जम्मा भइ कुनै ठाउँमा गस्ति जान्छन् र फर्केर फेरी आ–आफ्नै यूनिटमा जान्छन् भने, क्रस यूनिट पटरोल अन्तर्गत एउटा यूनिटको प्रहरी सार्वजनिक वसमा चढेर अर्को यूनिट सम्म पुग्छन र पुनः फर्के र आफ्नै यूनिटमा जान्छन । यसले गर्दा सार्वजनिक बसहरुमा सुरक्षाको अनुभुति हुने प्रहरीको भनाई छ ।
मादक पदार्थ सेवन (मापसे) लाई पनि अहिले कडा पारिएको छ । राती १० बजे पछाडि मादक पदार्थ सेवन गरी सडकमा हिँड्ने जो कोहिलाई पनि प्रहरीले संकास्पद मानी नियन्त्रनमा लिने गरिरहेको छ । यात्रुहरु दुर्घटनामा नपरुन भनेर बसको छतको यात्रालाई पनि नियन्त्रण गर्न ट्राफिक चेकिङलाई पनि कडा पारिएको छ ।
प्रहरी प्रशासन अहिले सञ्चारकर्मी हरुलाई मेल सेवा पनि उपलब्ध गराएको छ । यस सेवा अन्तर्गत मेल याड्रेस उपलब्ध भएका सञ्चारकर्मी र सञ्चारमाध्यामलाई बेला बेलामा समाचार उपलब्ध गराइरहेको र यसले गर्दा जानकारीको लागि घरी घरी प्रहरीलाइ फोन गर्नुपर्ने बाध्यता कम भएको प्रहरी नायव उपरिक्षक अधिकारीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment