सफल रहोस दशैँ तिहार शुभकामना ।।

उत्साहा, उमंगलाई बोकी आयो, फेरी पनि दशैँ तिहार ।
भेटघाट, झिलिमिली, रमझम, रमाइलो छ गाउँ शहर ।।

बडा दशैँ तथा शुभ दिपावली २०६९को पावन अवसरमा सम्पुर्ण साथी संगी इष्ट मित्र आफन्त शुभेच्छुक लगायत समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

खुसीको बहार अनि उच्च रहोस चाहना ।
सफल रहोस दशैँ तिहार शुभकामना ।।



दशैँमा आफुभन्दा ठूलाबडाको हातबाट टीका र आशिर्वाद थाप्न, तथा आफु भन्दा सानालाई टीका लगाइदिन भनेर मानिसहरु गाउँघर फर्कने गरेका छन्, त्यती मात्रै होइन दशैँमा मीठै खाने र राम्रै लाउने पनि चलन छ । पिङ खेल्ने, साथी संगी जम्मा हुने र आफन्तहरु सँग भेट हुने पर्व पनि हो दशैँ र तिहार । तर रमाइलो गर्ने वहानामा होस नै नपुर्याएर पिङमा झुण्डने, मदिरा सेवन गर्ने, तास जुवा खेल्ने तथा बसको छतमा जोखिम यात्रा गर्ने ग

र्नाले दुर्घटना हुँदा घाटा भने आफैलाई हुने हो । त्यसैले चाडपर्वमा होस पुर्यार रमाइलो गर्नु सबै भन्दा उत्तम हुने छ ।
अनि विद्यार्थीहरुले नियमित रुपमा पाउनु पर्ने छुट दशैँ तिहार जुन बेला भए पनि पाउनु पर्छ । के दशैँ र तिहार जस्ता चाडपर्वको समयमा चाहिँ विद्यार्थी, विद्यार्थी हुन सक्दैन ? यसको जवाफ सम्बन्धित गाडि स्टाफहरुले दिन सक्नुपर्छ । गाउँबाट लगेको पैसाले राजधानीमा बसेर पढिरहेका विद्यर्थीहरु घर फर्कदाँ उनीहरुले धन कमाएर फर्किएका हुँदैनन बरु ऋण गरेर खर्च जुटाएर चाहिँ दशैँ मान्न घर फर्किरहेका हुन्छन । विद्यार्थीहरुमाथी यसरी अन्याय भइरहँदा विद्यार्थीका हितका लागि भनेर सरकारको पक्ष र विपक्षमा नारा लगाउने विद्यार्थी यूनियनहरु यतिबेला के हेरीरहेका छन् ? राजनितिक दलको सभा र कार्यक्रममा विद्यार्थीको हितका चर्का नारा घन्काउने विद्यार्थी संगठनहरु यतिबेला के गरिरहेका छन् ? त्यसैले सम्बन्धित क्षेत्रमा काम गर्ने विद्यार्थी संगठन र नेपाल सरकारले पनि यसको अनुगमन गरी विद्यार्थीले जहिले पनि गाडिभाडामा छुट पाउने व्यवस्था मिलाउनु जरुरी देखिन्छ ।
त्यस्तै अन्य जिल्लाबाट खसिबोका नभित्रने अवस्था वनाउन व्यवसायिक बाख्रापालनमा जोड दिनु आवाश्यक छ । यसले गर्दा दोलखामा धेरै मानिसहरुले स्वरोजगार हुने अवसर पाउनेछन । खसिको मासुमा दोलखालाई आत्म निर्भर वनाउनका लागि सबै पक्ष एक भएर कार्यक्रम सञ्चालन गर्नु अति नै आवाश्यक भईसकेको छ ।
आजकाल संस्कृति संरक्षण र रमाइलो गर्ने भन्दा पनि देखासेखि गर्ने र तडक भडक गर्ने अवसर बनिरहेको छ चाडबाड दशैँतिहार । यसले गर्दा हुने खानेलाई त रमाइलो नै होला तर जो दशैँ मान्न खर्च जुटाउन पसिना बगाएर थोरै रकम जम्मा गरेर ल्याएका हुन्छन र अझै छोरा छोरीलाई खुसी पार्न पनि नयाँ लुगा अनि केहि मीठो मसिनो खानपिन जुटाउन ऋण गरेर धेर थोर रकम जम्मा गरेका हुन्छन तिनीहरुका लागि यो रमाइलो, जबरजस्तीको रमाइलो मात्रै हुनेछ । अनि आयो दशै ढोल बजाउँदै गयो दशैँ ऋण बोकाउँदै भन्ने टुक्का चरितार्थ भएपछि रमझम रमाइलो गर्ने पर्व कहिल्यै नआएको भए पनि हुन्थ्यो भन्ने गुनासो मनमनै गरिरहेका हुन्छन् । त्यसैले देखासेखी र तडक भडकमा भन्दा पनि आफु सँग जे छ त्यही र जति छ त्यतीले नै चाडपर्व मान्ने हो भने दशैँले पक्कै पनि कसैलाई ऋण बोकाउने छैन ।

उत्साहा, उमंगलाई बोकी आयो, फेरी पनि दशैँ तिहार ।
भेटघाट, झिलिमिली, रमझम, रमाइलो छ गाउँ शहर ।।

बडा दशैँ तथा शुभ दिपावली २०६९को पावन अवसरमा सम्पुर्ण साथी संगी इष्ट मित्र आफन्त शुभेच्छुक लगायत समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

खुसीको बहार अनि उच्च रहोस चाहना ।
सफल रहोस दशैँ तिहार शुभकामना ।।

लामो समयसम्म मोटरसाईकल कुदाएर चार युवाले...

खट्टा नटेकि बाइक चलाउँदै

२७ घण्टा ५७ मिनेटसम्म भूईंमा खुट्टा नटेकी नरोकिकन मोटरसाइकल चलाएर चार युवाले एभरेष्ट वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएका छन् विद्यार्थीहरु प्रमय शर्मा पत्रकारहरु दिनेश आचार्य, रोशन घिमिरे तथा गोर्कण लामिछानेले काठमाडौबाट चितवन, रुपन्देही, दाङ्ग हुँदै कपिलबस्तुको लुम्बिनीमा पुगेर आफ्नो यात्रा पुरा गरेका हुन्
world Record को Cretificate  प्रदान गर्दै Reporters Club मा 
असोज १७ गते बिहान बजेर २५ मिनेटमा काठमाडौको सहिदगेटबाट शुरु गरेको मोटरसाइकल यात्रा असोज १८ गते बिहान ११ बजेर २५ मिनेटमा लुम्बिनीको शान्तिदीप अगाडि पुगेर समाप्त भएको उनीहरुले बताएका छन्
world Record को Cretificate  ग्रहण गर्दै Reporters Club मा गोकर्ण लामीछाने
राजधानीमा आज आयोजित कार्यक्रममा यात्राका सहभागीहरुलाई एभरेष्ट वोल्र्ड रेकड्र्स्ले प्रमाणपत्र प्रदान -यो सामूहिक रुपमा यति लामो समय नविसाई मोटरसाइकल यात्रा गरेको यो नै विश्व रेकर्ड भएको दाबी पनि गरिएको
यो रेकर्डलाई गिनिज बुक अफ वल्र्ड रेडर्कमा पनि दर्ता गराउने पहल भईरहेको पनि उनीहरुले बताएका छन् यसअघि नेपालकै शमशेरबहादुर लम्साल एक्लैले २५ घण्टासम्म भुईँमा खुट्टा नटेकी निरन्तर मोटर साइकल यात्रा गरेको जानकारी एभरेष्ट वल्र्ड रेकर्डसले दिएको

जिल्लामा सुरक्षा व्यवस्था कडा


राजेश भुजेल
चरीकोट असोज २६,
नेपालीहरुको महान पर्व बडा दशैँ र शुभ दीपावली नजीकीँदै जाँदा प्रहरी प्रशासनले दोलखा जिल्लामा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
यतिबेला यात्रुहरुको चाप बढ्ने र आर्थिक क्रियाकलाप पनि बढी हुने हुँदा अपराधिक गतिबिधि बढ्न सक्ने भन्दै सुरक्षाको नयाँ कार्यक्रम ल्याइएको प्रहरी नायब उपरिक्षक ओम अधिकारीले जानकारी दिनुभएको छ । विशेष गरि चाडवाडलाई लक्षित गरी ज्वाइन्ट यूनिट पटरोल र क्रस यूनिट पटरोल दूइवटा सुरक्षाको कार्यक्रम अहिले प्रहरीले सञ्चालन गरिरहेको छ । ज्वाइन्ट यूनिट पटरोलमा कुनै दुइ वटा यूनिटका प्रहरी टोली एक ठाउँमा जम्मा भइ कुनै ठाउँमा गस्ति जान्छन् र फर्केर फेरी आ–आफ्नै यूनिटमा जान्छन् भने, क्रस यूनिट पटरोल अन्तर्गत एउटा यूनिटको प्रहरी सार्वजनिक वसमा चढेर अर्को यूनिट सम्म पुग्छन र पुनः फर्के र आफ्नै यूनिटमा जान्छन । यसले गर्दा सार्वजनिक बसहरुमा सुरक्षाको अनुभुति हुने प्रहरीको भनाई छ ।
मादक पदार्थ सेवन (मापसे) लाई पनि अहिले कडा पारिएको छ । राती १० बजे पछाडि मादक पदार्थ सेवन गरी सडकमा हिँड्ने जो कोहिलाई पनि प्रहरीले संकास्पद मानी नियन्त्रनमा लिने गरिरहेको छ । यात्रुहरु दुर्घटनामा नपरुन भनेर बसको छतको यात्रालाई पनि नियन्त्रण गर्न ट्राफिक चेकिङलाई पनि कडा पारिएको छ ।
प्रहरी प्रशासन अहिले सञ्चारकर्मी हरुलाई मेल सेवा पनि उपलब्ध गराएको छ । यस सेवा अन्तर्गत मेल याड्रेस उपलब्ध भएका सञ्चारकर्मी र सञ्चारमाध्यामलाई बेला बेलामा समाचार उपलब्ध गराइरहेको र यसले गर्दा जानकारीको लागि घरी घरी प्रहरीलाइ फोन गर्नुपर्ने बाध्यता कम भएको प्रहरी नायव उपरिक्षक अधिकारीले जानकारी दिनुभयो ।
कालीञ्चोक उच्च माविको कलेज यूनिफर्ममा मिति ः २०६९ असोज ११ गते 

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस


असोज १५

आज देशभर २२ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइदैछ । आज विभिन्न कार्यक्रम गरि जेष्ठ नागरिक संघ सम्बन्धित संघसस्था र सरकारले जेष्ठ नागरिक दिवस मनाईरहेका छन् । कानुनी व्यवस्थाअनुसार ६० वर्ष उमेर पार भएका नागरिकलाई ज्येष्ठ नागरिक मानिन्छ । हाल नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या करिब २७ लाख रहेको तथ्याङ्कले देखाएको छ  । 
यसैबिच २२ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा दोलखा जिल्ला भित्रका  २८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जिल्ला जेष्ठ नागरिक संघ दोलखाको आयोजनामा आज भएको जेष्ठ नागरिक सम्मान कार्यक्रममा  जिल्लाकै जेष्ठ महिला एक  जना, पुरुष एक जना  र भिमेश्वरनगरपालिकाको प्रत्येक वडाका महिला एक जना र पुरुष एक जना गरी २८ जनालाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा जिल्लाकै जेष्ठ महिला मेलुङ वडा नं ५ का एक सय सात वर्षकी यशोदा खड्का, जेष्ठपुरुष काटाकुटी वडा नं  ५ का ९७ वर्षिय रेकबहादुर खड्का रहनुभएको छ । 
त्यस्तै  भिमेश्वर नगरपालिका १ का  कलक बहादुर खत्री र बाटेमाया श्रेष्ठ, २ का पदमबहादुर श्रेष्ठ र सुकलक्ष्मी थामी, ३ का जनकलाल श्रेष्ठ र मनमाया दाहाल, ४ का लालबहादुर तामाङ र नन्दलक्ष्मी श्रेष्ठ, ५ का भगीरथ चौलागाई र इन्द्रशोभा वस्नते, ६ का वीर बहादुर कार्की र विष्णुमाया कार्की , ७ का शिव बहादुर खत्री र मनमाया सापकोटा, ८ का कृष्ण बहादुर वस्नेत र खड्गकुमारी श्रृेष्ठ, ९ का खड्ग बहादुर भुजेल र तिर्थमाया सुवेदी , १० का कृष्णबहादुर खत्री र धनमाया न्यौपाने,११ का खडानन्द सुवेदी र कृष्णकुमारी सुवेदी, १२ का गोरे तामाङ र पार्वती ठकुरी, १३ का जयबहादुर वस्नेत र उजेली तामाङ रहनुभएको छ ।  ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने मिठाईका परिकार प्रदान गरिएको थियो । कार्यक्रमा  जिल्ला न्याधिश प्रभा वस्नेत,  संस्थाका अध्यक्ष रामदास श्रेष्ठ, सचिव श्याम थापा,  लगायतले मन्तव्य व्यक्त गर्नुृृभएको थियो ।
ो छ नि त त्यसैले  गरेको मात्रै हो 

टुकी संघ दोलखा को १५ औँ बार्षिक साधरण सभा एवम छैठौँ अधिवेसन


असोज १५

ग्रामीण विकास टुकी संघ दोलखा को १५ औँ बार्षिक साधरण सभा एवम छैठौँ अधिवेसनको उद्घाटन समारोह आज चरीकोटमा सम्पन्न भएको छ । समारोहको उद्घाटन संघका सम्मानार्थ सदस्य हरिहर सापकोटाले गर्नु भएको थियो । 
संघका अध्यक्ष हर्कमान पाख्रीनको अध्यक्षतामा भएको कार्यक्रममा एकिकृत नेकपा माओवादि दोलखाका शंकर लामा, नेकपा एमाले दोलखाका अध्यक्ष पार्वत गुरुङ्ग, नेपाली कांग्रेस दोलखाका सभापति तारा बहादुर कोइराला, टुकी संघका उपाध्यक्ष प्रेम कुमारी चौँलागाईँ, सहसचिव मकरध्वज पाख्रिन लगायतले मनतव्य राख्नुभएको थियो । साधरण सभाको अवसरमा टुकि संघका सचिव कृष्ण कुमार कार्कीले संघको हाल सम्मको प्रगति प्रतिवेदन र लेखा संयोजक मुकुन्द दाहालले चार करोड ८४ लाख १२ हजार चार सय ६८ रुपैँया बराबरको कार्यक्रम÷ परियोजना अन्र्तगत को आय व्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधरण सभाको अवसरमा विर्ख क्षेत्रीले तयार पार्नुभएको संस्थाको १० वर्षे कार्यनिती पारीत गर्ने कार्यक्रम रहेको छ भने त्यस पछि सुरु हुने बन्द सत्रले नयाँ कार्यसमिती समेत चयन गर्ने जनाइएको छ । कार्यक्रममा  १५ जना उत्कृष्ट टुकी सदस्यहरुलाई नगद रु ५ हजार र प्रंससा पत्रले सम्मान गरिएको थियो । भने स्वर्गीय टुकी सदस्यको परिवारलाई पनि सम्मान गरिएको थियो । 

अरिङगाल ले टोक्दा एकै परिवारका २ जनाको ज्यान गयो


 असोज १५सोलुखुम्बुको सोताङमा अरिङगाल ले टोक्दा एकै परिवारका २ जनाको ज्यान गएको छ । सोताङ ३ का ईन्द्र बहादुर राईको ९ बर्षको छोरी विनिता राईको उपचारको लागी स्वास्थ्य चौकी सोताङ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो भने घाईते भएका उनका चार बर्षका भाई शुसिल राईको उपचारको क्रममा आज बिहान ३ बजे सोताङ स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।आफ्नो घर अगाडी खेलिरहेको अबस्थामा अरिङगालले टोकेको उनका बुबा ईन्द्रबहादुर राईले जानकारी दिनुभएको छ । घाईते दुबैलाई घरेलु उपचार गरी अस्पताल ढिला लगेकाले मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।