विश्वमा विभिन्न खालका अध्ययन
अनुसन्धान हुने गर्छन् । ती मध्ये कतिपय अनुसन्धानमा धेरैलाई चासो नहुने भएपनि
कतिपय भने निकै रोचक हुने गर्छन् । अझ सेक्सका विषयमा हुने गरेका अध्ययन तथा
त्यसबाट प्राप्त नतिजा सबैको चासोको विषय बन्दछ । विश्वभरीका
मानिसको यौन व्यवहारको अध्ययन गरी सन् २००० मा एउटा ठूलो किताब नै तयार पारिएको
थियो । द पेन्गुइन एटलास आफ ह्युमन सेक्सुअल बिहावियोर नामको उक्त किताबमा विश्वका
विभिन्न देशका मानिसका रोचक यौन व्यवहार तथा यौनसम्बन्धी रोचक तथ्य समावेश गरिएको
छ । केही तथ्य निम्न छन् :
१. विश्वमा हरेक दिन १२ करोड पटक
सेक्स गरिन्छ, यसको
अर्थ यो धर्तीमा दिनहुँ २४ करोड जना मानिसले सेक्स गर्ने गर्छन् ।
२. सबैभन्दा लामो समयसम्म सेक्स
क्रिडा गर्नेमा ब्राजिलका मानिस छन् । ब्राजिलियनहरुले एक पटकको सेक्समा औषतमा ३०
मिनेट समय बिताउँछन् । दोश्रोमा २८ मिनेट सहित अमेरिकीहरु छन्, तेश्रोमा २३ मिनेट सहित क्यानडाली छन्
भने चौथोमा २१ मिनेट सहित बेलायती परेका छन् ।
३. विश्वमा सबैभन्दा छिटो वा छोटो समय
सेक्स गर्नेमा थाइल्याण्डका नागरिक पर्छन् । थाइहरुले एकपटकमा औषतमा १० मिनेटमात्र
सेक्स गर्छन् । सेक्समा धेरैबेर टिक्न नसक्नेमा रसियन हरु दोश्रो स्थानमा पर्छन् ।
रसियनहरुले एकपटकको सेक्समा १२ मिनेट मात्र बिताउन सक्छन् ।
४. विश्वमा सेक्सको मामिलामा सबैभन्दा
सक्रिय मानिसमा रुसी, अमेरिकी
तथा प|mान्सेली
छन् । उनीहरुले वर्षमा औषतमा १ सय ३० पटक सेक्स गर्ने गरेका छन् । त्यस्तै विश्वमा
सबैभन्दा कम सेक्स गर्नेमा हंगकंगका मानिस परेका छन् । हंगकंगका मानिसले वर्षमा
औषतमा ५० पटकमात्र सेक्स गर्छन् ।
५. विश्वमा सबैभन्दा बढि कण्डम प्रयोग
गर्नेहरुमा थाइल्याण्डका मानिस पर्छन् । सयमा ८२ जना थाइ मानिसले सेक्सका बेला
कण्डम प्रयोग गर्ने गरेका छन् ।
६. विश्वमा ६० प्रतिशत विवाह मागी
विवाह हुने गरेको छ ।
७. विश्वमा सबैभन्दा बढि सम्बन्ध
विच्छेदको दर भएका देश अमेरिका र अस्ट्रेलिया हुन् ।
८. जर्मनी र बेलायतका ७० प्रतिशत युवतीहरुले बिहे नगर्दै सेक्सको अनुभव लिइसकेका हुन्छन् भने एसियाली युवतीहरुमा बिहे नगर्दै सेक्सको अनुभव लिने सयमा १० जनामात्र छन् ।
९. अमेरिका, क्यानडा, अस्ट्रेलिया, स्विडेन तथा दक्षिणी अपि|mका विश्वमा महिलामाथि सबैभन्दा बढि बलत्कार हुने देशहरु हुन् । जहाँ हरेक १० हजार महिलामा ४ जना महिला बलत्कारमा परेका हुन्छन् ।
८. जर्मनी र बेलायतका ७० प्रतिशत युवतीहरुले बिहे नगर्दै सेक्सको अनुभव लिइसकेका हुन्छन् भने एसियाली युवतीहरुमा बिहे नगर्दै सेक्सको अनुभव लिने सयमा १० जनामात्र छन् ।
९. अमेरिका, क्यानडा, अस्ट्रेलिया, स्विडेन तथा दक्षिणी अपि|mका विश्वमा महिलामाथि सबैभन्दा बढि बलत्कार हुने देशहरु हुन् । जहाँ हरेक १० हजार महिलामा ४ जना महिला बलत्कारमा परेका हुन्छन् ।
१०. मध्य अपि|mका र चेक रिपब्लिकका मानिसहरु कम
उमेरमा सेक्सको अनुभव गर्ने मामिलामा अग्र स्थानमा छन् । ती देशमा औषतमा १५ वर्षको
उमेरमा किशोर किशोरीले सेक्सको स्वाद चाखिसकेका हुन्छन् ।
११. विश्वमा महिलाहरुको स्तनको आकार
पुस्ता पिच्छे बढ्दै गएको छ ।