शुसील कोईरालाले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राजनीतिक कू गरेको आरोप



०६९ अशोज ९ 
नेपाली कांग्रेसका सभापति शुसील कोईरालाले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राजनीतिक कू गरेको आरोप लगाउनु भएको छ ।
राष्ट्रिय सहमतिको सरकार बनाउन मार्ग प्रशस्त नगरेर प्रधानमन्त्री डाक्टर भट्टराईले राजनीतिक कू गरेको  कोईरालाको आरोप थियो । रामेछापको कांग्रेस पार्टी कार्यालय भवन सिल्यान्यास गर्न जाने क्रममा आज दोलखा सदरमुका चरिकोट बस्नु भएका सभापति कोईरालाले सहमति भए नेपाली कांग्रेसले आधा घण्टा भित्र नै प्रधानमन्त्रीको उम्ेदवार दिने बताउनु भयो । कांग्रेस पार्टी भित्र प्रधानमन्त्री को भन्ने विषयमा विवाद छ नी भन्ने पत्रकारहरुको जिज्ञासामा सभापति कोईरालाले विवाद नभै छलफल मात्र भक्एो बताउनु भयो । उहाँले देउवा र रामचन्द्र पौडेललाई आफुले आपसमा कुरा गरेर मिलेर आउन भनेको स्मरण गर्नुहुदै दुई नेता मिलेर नआए पार्टी स्टेरीङ कमिटीले निर्णय गर्ने बताउनु भयो । सभापति कोईरालाले अहिले सम्मको इतिहासमा नेपाली कांग्रेसले निष्पक्ष निर्वाचन गराएकोले अहिलेको चुनाव पनि कांग्रेसको नेतृत्वमा हुनु पर्ने बताउनु भयो । उहाँले माओवादीको बोलीको ठेगान नभएकोले अहिलेको समस्या आएको उल्लेख गर्नुहुदै विगतमा भएका सबै सहमतिहरु पालना हुनुपर्ने बताउनु भयो । 

जिरी–६ मा भैसीले २ ओटा मुख र ४ ओटा आँखा भएको पाडा




असोज ९
दोलखाको जिरी–६ मा भैसीले २ ओटा मुख र ४ ओटा आँखा भएको पाडा जन्माएको छ । आज बिहान स्थानीय प्रेम जिरेलको भैसीले अचम्मको पाडा जन्माएपछि हेर्न जानेहरुको क्रम बढिरहेको सन्तोष नेपालीले बताउनुभयो ।

राम प्रसाद गौतम स्मृति अन्र्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता, शिर्ष खेलाडीको विजयी शुरुवात

इलाम, ९ असोज ।
जिल्ला सदरमुकाम इलामबजार स्थित स्थानीय महेन्द्र रत्न बहुमुखी क्याम्पसमा मंगलबारबाट राम प्रसाद गौतम स्मृति अन्र्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता खेलहरु शुरु भएका छन् । प्रतियोगिताको पहिलो दिन दुई चरणका खेल सम्पन्न भए । पहिलो दिनको खेलमा शीर्ष बरियताका अधिकांश खेलाडीले जित हासिल गरे । 
इलाम बुद्धिचाल संघ र गजुरमुखी चेस क्लबद्वारा संयुक्त आयोजित प्रतियोगितामा रसियन ग्रान्डमास्टर अलेक्जेन्डर फोमेनी, अस्ट्रेलियाका इन्टरनेशनल मास्टर अलेकजेन्डर वोल र नेपाली फिडेमास्टरहरु मनीष हमाल र सुजेन्द्रप्रसाद श्रेष्ठले सहज जित हासिल गरे । त्यस्तै, भारतका निलद्रि शेखर भट्टाचार्य, पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले पनि अपराजित रहदै दुई अंक हासिल गरे । झापाका निरज निरौला, अनिल राजवाहक, भारतका दिलिप दास, भक्तपुरका गणेशमान दुवाल, कृष्ण थापा र मदनकृष्ण कायस्थले पनि पोल्टामा दुईअंक हासिल गरे । स्थानीय तीर्थमान राई काजीले पनि दुबै चरणमा सफलता हात पारे । तर तेस्रो वोर्डमा रहेका बंगलादेशी फिडेमास्टर अमिनुल इस्लाम भने दोस्रो चरणमा भारतका रौनक मण्डलसँग बराबरीमा रोकिएपछि १.५ अंक मात्र बटुल्न सफल रहे । स्मरण रहोस् इस्लाम गतहप्ता चरिकोटमा सम्पन्न माउण्ट गौरीशंकर अन्र्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता हुन् । 
गजुरमुखी निर्माण कम्पनिको मुख्य प्रायोजन र नेपाल निर्माण ब्यवसायी महासंघ काठमाडौंको सहप्रायोजनमा संचालित प्रतियोगितामा ग्रान्डमास्टर फोमेनीले पहिलो चरणमा आशुतोष कुमार र दोस्रो चरणमा राजेन्द्र राईलाई पराजित गरे । इन्टरनेशनलमास्टर  वोलले भने पहिलो चरणमा भारतका अभिरुप कुन्डु तथा दोस्रोमा विकास कुमार द्धिवेदीलाई पन्छाए । मनीषले भने प्रसान्त चेम्जोङ र अनुस्टुप विश्वासलाई हराए । सुजेन्द्रले गणेश घिमिरे र डा. बद्रीप्रसाद थैवलाई हराए । पहिलो चरणमा वाइपाएका गणेशमानले देवदास राहुललाई पराजित गरेका थिए । इलामका तीर्थमानले पहिलो चरणमा मकवानपुरका बलराम संजेल तथा दोश्रोमा माधव चौंलागाईंलाई हराए । 
धुव्रतारा क्लव झापाका निरजले पहिलो र दोस्रोमा भारतका धन्य दाश र दोस्रोमा नेपालका राजेन्द्रप्रसाद रिजाललाई हराएका थिए । 
पहिलोमा देवराज घिमिरेलाई हराएका गोल्डेनगेट कलेजका मदनकृष्णले दोस्रोमा राहुल गुरुङलाई पराजित गरेका थिए । पुरुषोत्तम चौलागाईले पनि दुवै चरणमा जित हासिल गरे । प्रतियोगिताका सवैभन्दा पाका खेलाडी सिताराम अग्रवालले भने मिश्रित नतिजा हासिल गरे । कामपा २५ वडा टोलसुधार समितिका उनले पहिलो चरणमा कृष्ण गोपाल नापितस“ग पराजित भएपनि दोस्रोमा वेदमंगल खतिवडालाई हराउदै खाता खोले  । 
फिडेको स्विस लिग प्रणाली अनुसार १० चरणसम्म संचालन हुने प्रतियोगिताको विजेताले ६० हजार, दोश्रो हुनेले ४० हजार  तथा तेश्रो हुनेले २५ हजार प्राप्त गर्नेछन् । जम्मा नगद पुरस्कार ३ लाख रुपैंया रहेको प्रतियोगितामा विभिन्न ४० विधामा उत्कृष्ट खेलाडीले नगद पुरस्कार हात पार्नेछन् । प्रतियोगितामा नेपाल सहित रसिया, अस्ट्रेलीया, अमेरिका, क्यानाडा, भारत र बंगलादेशका १३९ खेलाडीको सहभागीता रहेको आयोजक गजुरमुखी चेस क्लबका अध्यक्ष माधव चौंलागाईंले बताए ।
–उमेश केसी, अन्र्तराष्ट्रिय आर्विटर

३ दिने निशुुल्क दन्त शिविर सञ्चालन


असोज ९
दोलखाको सहरे ४ किर्नेमा खिम्ति स्टाफ क्लबको आयोजना तथा गुणस्तरिय नेपाल जर्मन डेन्टल अस्पताल पोलिक्लीनिक कोटेश्वरको प्राविधिक सहयोगमा आज देखि ३ दिने निशुुल्क दन्त शिविर सञ्चालन भएको छ । 
शिविरमा दाँत भर्ने,दाँत सफा गर्ने,अनावश्यक दाँत निकाल्ने सेवा रहेको छ । शिविरमा दोलखा र रामेछापका मानिसहरुले सेवा दिइरहेका छन् । आज पहिलो दिन ६० भन्दा बढिको सहभागि रहेको स्टाफ क्लब खिम्तिका अध्यक्ष केशव बहादुर केसीले जानकारी दिनुभयो ।

चरीकोटमा राष्टिय जनसांस्कृतिक महासंघ


असोज ९
दोलखा सदरमुकाम चरीकोटमा राष्टिय जनसांस्कृतिक महासंघको सम्पर्क कार्यलय एक कार्यक्रमका बिच आज उद्घाटन भएको छ । नेकपा एमाले राष्टिय प्रतिनिधि परिषदका सदस्य शिव प्रसाद भण्डारीले सम्पर्क कार्यालय उद्घाटन गर्नुभयो  । उद्घाटन समारोहमा बोल्दै जनसांस्कृतिक महासंघ दोलखाले जनवादि सांस्कतिक फाँटमा जनचेतना जगाउने अभियानमा लाग्नु पर्ने बताउनुभयो ।
यसैबिच
मारुणी कला केन्द्रको पनि उद्घाटन गरिएको छ । नेकपा एमाले दोलखा जिल्ला अध्यक्ष पार्वत गुरुङले एक समारोहका बिच उक्त केन्द्रको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले जनवादी सांस्कृतिक आन्दोलन कमजोर भएको यो अवस्थामा मारुणी कला केन्द्र मार्फत जनवादी सांस्कृतिक आन्दोलनलाई सहयोग पुग्ने खालका कार्यक्रमहरु संचालन गर्नुु पर्ने बताउनुभयो । सो अवसरमा मारुणी कला केन्द्रका कलाकारहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

बन कार्वन कोषले दोलखाका ५८ वटा सामुदायीक वन उपभोक्ता समुहहरुलाई रेड प्लस पक्षिण परियोजना विउ पुँजी रकम वितरण


असोज ८
सामुदायीक बन उपभोक्ता समुहहरुले कार्वन उत्सर्जन घटाइ जलवायु परिवर्तनलाई रोक्न टेवा पुर्याएको भन्दै आज चरीकोटमा एक कार्यक्रम गरि बन कार्वन कोषले दोलखाका ५८ वटा सामुदायीक वन उपभोक्ता समुहहरुलाई रेड प्लस पक्षिण परियोजना विउ पुँजी रकम वितरण गरेको छ । 
दोलखा जिल्लाको चर्णावती जलाधार क्षेत्रमा रहेका ५८ वटा सामुदायीक बन उपभोक्ता समुहले विगत तीन वर्ष देखि निरन्तर रुपमा कार्बन उत्सर्जन घटाउने काम गरिरहेकोले ति समूहहरुलाई कार्बन कोषले रकम वितरण गरेको हो । सामुदायीक बन उपभोक्ता महासंघ नेपाल र सामुदायिक बन उपभोक्ता जिल्ला महासंघको संयुक्त आयोजनामा भएको कार्यक्रममा दोलखाको काटाकुटी, बोच, फस्कु, मागा, लाकुरीडाँडा लगायतका गाविसका सामुदायीक बन उपभोक्ता समुहहरुलाई उक्त रकम वितरण गरिएको हो । रकम वितरण कार्यक्रममा बोल्दै सामुदायीक बन उपभोक्ता महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष भिमप्रकाश खड्काले बन संरक्षणको नाममा सामुदायीक बनहरुलाई सरकारले अंकुश लगाउन खोजेको आरोप लागाउनुभयो ।
 आवाज

सामुदायीक बन उपभोक्ता जिल्ला महासंघ दोलखाकी अध्यक्ष सीता केसिको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्राकृतिक स्रोत विभाग केन्द्रका सचिव आनन्द प्रसाद पोखरेल, नेपाली कांग्रेस जिल्ला दोलखाका सभापति तारा बहादुर कोइराला, नेकपा एमाले दोलखाका अध्यक्ष पार्वत गुरुङ, एकिकृत नेकपा माओवादी नगर कमिटी इन्चार्ज नवीन लामा, पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष राजेन्द्र मानन्धर, रेड कार्यक्रम संयोजक धन बहादुर तामाङ, सामुदायीक बन उपभोक्ता जिल्ला महासंघ दोलखाका पुर्वाध्यक्ष हरिहर न्यौपाने, आदिबासी जनजाति जिल्ला महासंघ दोलखाका अध्यक्ष जिवन लामा, बन कार्यलय दोलखाका कार्यलय प्रमुख केदार नाथ दाहाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
नेपालमा रेडका माध्यमबाट सामुदायिक बनका लागि सुशासन र भुक्तानी प्रणालीको विकास कार्यक्रम अन्र्तगत दोलखा, गोर्खा र चितवन गरी तीन जिल्लाहरु छनोटमा परेका थिए । 

माउन्ट गौरीशंकर अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि बंगलादेशका फिडेमास्टर अमिनुल इस्लामलाई ।।


माउन्ट गौरीशंकर अन्र्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जिल्ला सदरमुकाम चरिकोटमा संचालन भइरहेको माउन्ट गौरीशकर अन्तराष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधि बंगलादेशी फिडेमास्टर इस्लाम इनामुलले जितेका छन् । प्रतियोगितामा अपराजित रहँदै ८ दशमलब ५ अंक जोड्न सफल २२६८ रेटेड इस्लामले बिहिबार सम्पन्न दशौं चरणको खेलमा नेपालका राजेन्द्रप्रसाद श्रेष्ठसँग बराबरी खेले । स्लामले नगद ३० हजार रुपैंया हात पारे । स्मरण रहोस् राजेन्द्रप्रसाद २ वर्षअघि चरिकोटमा सम्पन्न एनसीसी कपका विजेता हुन् । 
नेपालका फिडेमास्टर मनिष हमाललाई पराजीत गर्दै अस्ट्रेलियाका २४११ रेटेड अन्र्तराष्ट्रिय मास्टर अलेक्स्यान्डर वल ८ अंकका साथ दोश्रो स्थानमा रहे । त्यस्तै २३३२ रेटेड भारतका अन्र्तराष्ट्रिय मास्टर अतानु लाहिरीले पूर्व नेपाल च्याम्पियन शुरवीर लामालाई हराउँदै तेश्रो स्थानमा रहन सफल भए । फिडेमास्टर विलमलाल श्रेष्ठ, क्यान्डिडेटमास्टर केशव श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ तथा बद्रीलाल नेपाली समान ७ दशमलब ५ अंक हासिल गर्दै चौथो देखि सातौं स्थानमा रहन सफल भए । दशौं चरणमा विलमलालले भारतका सौभीक चक्रवर्तीसँग बराबरी खेले भने केशवले मदनकृष्ण कायस्थलाई हराए । उता बद्रीलालले भारतका सौरभ आनन्दलाई पराजय चखाए । 
शुरवीर लामा, मनिष हमाल, भारतका अन्तरीप रोय तथा सौभीक चक्रवर्ती, ध्रुवतारा क्लब झापा नेपालका निरज निरौला, र ललितपुरका राजन पुरी समान ७ अंक हासील गर्दै आठौं देखी तेह्रौं स्थानमा रहे । त्यस्तै मिलन रोका, प्रकाश नेपाल, रविन्द्र श्रेष्ठ, कृष्ण थापा, सुरज पण्डित, आसिस राज तथा धिरव राजथला समान ६ दशमलब ५ अंकका साथ चौधौं देखी बीसौं स्थानमा रहे ।
अनरेटेडतर्फ भारतका आसुतोश कुमार तथा नारायण गाहा पहिलो तथा दोश्रो स्थानमा रहे । रेटिङ समूहतर्फ १९०० देखि २०९९ मा नेपालका मदनकृष्ण कायस्थ, १७५१ देखि १८९९ मा भारतका १० वर्षीय सौरभ आनन्द, १६०० देखि १७५० समुहमा  भारतका अभिसेक सोनु तथा १६०० भन्दा मुनि नेपालका भरत धिमाल अब्बल रहे । 
उत्कृष्ट स्थानीय खेलाडीको पुरस्कार सेराओङजु शेर्पाले हात पारेभने दिपक दाहाल र बिक्रमध्वज श्रेष्ठ दोश्रो तथा तेश्रो स्थानमा रहे । 
नेपालका गणेशमान दुवालले भेट्रानतर्फको पुरस्कार हात पारे भने १० वर्षमुनि उमेर समुहमा भारत सिक्किमका राहुल गुरुङ उत्कृष्ट रहे । उता १३ वर्षमुनि उमेर समुहमा भारतका सोन्कालन भारती तथा १७ वर्ष उमेर समुहमा रौनक मण्डल पुरस्कृत रहे । 
महिलातर्फ भने भारतकी सीन्जीनी विश्वास र नेपालकी अनुसा पाण्डे सफल रहे । भाद्र ३० गतेबाट शुरु भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश र अस्ट्रेलिया गरी ५ देशका १ सय २६ खेलाडीको सहभागीता रहेको थियो । कुल २ लाख २ हजार रुपैंया पुरस्कार राशि रहेको प्रतियोगिता जिल्ला बुद्धिचाल संघ तथा नेपाल चेस क्लब दोलखाले संयुक्त आयोजना गरेको हो ।

माउन्ट गौरीशंकर अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता चरीकोटमा जारी, बंगलादेशका फिडेमास्टर अमिनुल इस्लाम उपाधि नजिक
उमेश केसी, अन्र्तराष्ट्रिय आर्विटर
दोलखा असोज ३, 
जिल्ला सदरमुकाम चरिकोटमा संचालन भइरहेको माउन्ट गौरीशकर अन्तराष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता अन्र्तगत बुधबार आठौं तथा नवौं चरणका खेल सम्पन्न भएका छन् । आठौं चरणको खेलमा अस्ट्रेलियाका २४११ रेटेड अन्र्तराष्ट्रिय मास्टर अलेक्स्यान्डर वलमाथि सानदार विजय हात पारेका २२६८ रेटेड बंगलादेशी फिडेमास्टर अमिनुल इस्लामले नवौं चरणमा नेपालका फिडेमास्टर २११८ रेटेड मनिष हमालसँग बराबरी खेल्दै आफ्नो उपाधि यात्रा सहज पारेका छन् । उनको ९ खेलबाट उनको ८ अंक भएको छ । सेतो गोटीमा रोयलोपेज प्रणालीबाट खेल शुरु गरेका अमिनुलले शुरुवात देखि नै वललाई दबाबमा राखे । खेलको २२ औं चालमा एउटा सिपाही गुमाउन पुगेका अलेकस्यान्डरले ३२ औं चालमा अमिनुललाई खेल सुम्पिए ।
पूर्व नेपाल च्याम्पियन २०७५ रेटेड सुरविर लामा नवौं चरणमा एनसीसी कपका विजेता १९६९ रेटेड राजेन्द्रप्रसाद श्रेष्ठसँग बराबरीमा रोकिएपनि ७ अंकका साथ दोश्रो स्थानमा उक्लिएका छन् ।  यसअघि लामाले आठौं चरणमा भारतका १७७८ रेटेड १० वर्षीय सौरभ आनन्दलाई हराएका थिए । उनीसँगै भारतीय अन्र्तराष्ट्रिय मास्टर अतानु लाहिरी, अलेकस्यान्डर वल,  राजेन्द्रप्रसाद श्रेष्ठ तथा नेपाली फिडेमास्टरद्धय मनिष हमाल र विलमलाल श्रेष्ठ समान ७ अंकमा रहेका छन् ।
आठौं चरणमा अमिनुलसँग पराजीत अस्ट्रलीयाका अन्र्तराष्ट्रियमास्टर अलेकस्यान्डर वलले नवौं चरणमा नेपालका युवा खेलाडी २०२२ रेटेड राजन पुरीलाई हराए । अर्का अन्र्तराष्ट्रियमास्टर २३३२ रेटेड अतानु लाहिरीले आठौं तथा नवौं चरणमा नेपालका १९३१ रेटेड सुदिप बज्राचार्य र २०२२ रेटेड मदनकृष्ण कायस्थलाई पराजीत गरे । 
नवौं चरणमा इमानुलसँग बराबरी खेलेका फिडेमास्टर हमालले आठौं चरणमा नेपालकै क्यान्डिडेटमास्टर २१२८ रेटेड केशव श्रेष्ठसँग बराबरी गर्न सफल रहे । केशव श्रेष्ठ, मदनकृष्ण कायस्थ, भारतका अन्तरीप रोय, सौभीक चक्रवर्ती, सौरभ आनन्द, नेपालका निरज निरौला र बद्रीलाल नेपालीको समान ६ दशमलब ५ अंक रहेको छ । त्यस्तै राजन पुरी, सुरज पण्डित, रविन्द्र श्रेष्ठ, मिलन रोका, कृष्ण थापा, धिरव राजथला र सुमन श्रेष्ठ समान ६ अंकमा रहेका छन् ।
प्रतियोगिता अन्र्तगत दशौं तथा फाइनल चरणका खेल बिहिबार बिहान ८ बजेबाट शुरु हुनेछन् ।

माउन्ट गौरीशकर अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडेमास्टर अमिनुल इस्लामको एकल अग्रता ।।


माउन्ट गौरीशकर अन्तराष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिताको चौथो दिन छैटौ तथा सातौ चरणका खेलहरु सम्पन्न भएका छन् । सातौं चरणको समाप्तिपछि बंगलादेशका फिडेमास्टर अमिनुल इस्लामले ६ दशमलब ५ अङ्क प्राप्त गरी एक्लो अग्रता हासील गरेका छन् । २२६८ रेटेड इनामुलले छैटौं चरणमा २३३२ रेटेड भारतका अन्र्तराष्ट्रिय मास्टर अतानु लहारीलाई हराए भने सातौं चरणमा भारतकै १७७८ रेटेड १० वर्षीय सौरभ आनन्दमाथि सनसनीपूर्ण जीत हात पारे ।

नेपाल च्याम्पियन २११८ रेटेड मनिष हमाल र अष्ट्रेलियाका २४११ रेटेड अन्र्तराष्ट्रियमास्टर अलेकस्यान्डर वल  समान ६ अंकका साथ संयुक्त रुपमा दोस्रो स्थानमा रहेका छन् । मनिषले छैटौ चरणको खेलमा झापाका १९२५ रेटेड प्रकाश नेपाल तथा सातौं चरणमा ललितपुरका १९३१ रेटेड सुदिप वज्राचार्य माथी जीत हात पारेका थिए । अस्ट्रेलियन वलले सातौं चरणमा २१०८ रेटेड फिडेमास्टर विलमलाल श्रेष्ठमाथि जित हात पारे भने छैटौं चरणमा २०७५ रेटेड पूर्वनेपाल च्याम्पियन सुरवीर लामासँग बराबरीमा रोकिए ।

छैटौं चरणको समाप्तिसम्म अग्रता कायम गरेका सौरभ सातौं चरणमा हार व्यहोर्न पुगेपछि ५ दशमलब ५ अंकका साथ तेश्रो स्थानमा झरेका छन् । यसअघि छैटौं चरणमा सौरभले फिडेमास्टर विलमलाललाई बराबरीमा रोकेका थिए । सौरभसँगै नेपालका सुरवीर लामा, केशव श्रेष्ठ, मदनकृष्ण कायस्थ, कृष्ण थापा, राजेन्द्रप्रसाद श्रेष्ठ तथा भारतका सौभीक चक्रवर्ती समान ५ दशमलब ५ अंकका साथ संयुक्त तेश्रो स्थानमा रहेका छन् ।

पूर्व नेपाल च्याम्पियनद्धय सुरवीर लामा तथा केशव श्रेष्ठले सातौं चरणमा बराबरी खेल्दै अंक बाँडे । भक्तपुरका २०२२ रेटेड मदनकृष्णले सातौं चरणमा पूर्व नेपाल च्याम्पियन २०७३ रेटेड बद्रीलाल नेपालीलाई पराजीत गरेभने छैटौं चरणको खेलमा भारतका संकलन भारतीलाई हराए । एनसीसी कप बुद्धिचाल प्रतियोगिताका विजेता १९६९ रेटेड राजेन्द्रप्रसाद श्रेष्ठले २०५० रेटेड भेट्रान गणेशमान दुवाललाई पराजीत गरे ।

भारतीय अन्र्तराष्ट्रियमास्टर अतानु लाहिरी, विलमलाल श्रेष्ठ, सुदीप बज्राचार्य, अभिषेक सोनु, राजन पुरी, अन्तरीप रोय, मिलन रोकाको समान ५ अंक रहेको छ ।
प्रतियोगिता अन्र्तगत बुधबार आठौं तथा नवौं चरणका खेलहरु सञ्चालन हुनेछन् । 

माउन्ट गौरीशंकर अन्र्तराष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता, १० वर्षीय सौरभ आनन्दको एक्लो अग्रता, शीर्ष खेलाडीहरु पराजीत ।।

नेपालका फिडेमास्टर विलमलाल श्रेष्ठ तथा बंगलादेशका फिडेमास्टर इस्लाम अनिमुल

दोलखाको सदरमुकाम चरीकोट स्थित लक्ष्मी लजमा जारी माउण्ट गौरीशंकर अन्र्तराष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिताामा भारतका १० वर्षीय खेलाडी १७७८ रेटेड सौरभ आनन्दले एक्लो अग्रता कायम गरेका छन् । सोमबार सम्पन्न चौथो तथा पाचौं चरणका खेलमा आफुभन्दा उच्च वरियता प्राप्त नेपाली खेलाडीद्धय २०५० रेटेड गणेशमान दुवाल तथा २१२७ रेटेड क्यान्डिडेटमास्टर केशव श्रेष्ठलाई पराजीत गरे । उनको ५ खेलबाट ५ अंक भएको छ । 
अस्ट्रेलियाका अन्र्तराष्ट्रियमास्टर अलेक्जेन्डर वल, बंगलादेशका फिडेमास्टर इस्लाम इनामुल, नेपालका फिडेमास्टर विलमलाल श्रेष्ठ, पूर्व नेपाल च्याम्पियनसुरवीर लामा समान ४ दशमलब ५ अंकका साथ संयुक्त दोश्रो स्थानमा रहेका छन् ।
चौथो चरणको खेलमा नेपालका १८०१ रेटेड धिरव राजथलालाई पराजीत गरेका २४११ रेटेड अलेक्जेन्डर वलले पाचौं चरणमा भारतका १८५१ रेटेड राकेश गुरुङलाई हराए । दोश्रो चरणमा नेपालका २०६५ रेटेड निरज निरौलालाई पराजीत गरेका २२६८ रेटेड इनामुल पाचौं चरणमा २१०८ रेटेड विलमलालसँग बराबरीमा रोकिन पुगे । यसअघि चौथो चरणमा विलमलालले नेपालकै १८१५ रेटेड मिलन रोकालाई हारको बाटो देखाएका थिए । पाचौं चरणको अकों खेलमा २०७५ रेटेड सुरवीरले पूर्व नेपाल च्याम्पियन २०७३ रेटेड बद्रीलाल नेपालीलाई पराजीत गरेभने चौथो चरणमा भारतका अनरेटेड आशुतोष कुमारसँग बराबरीमा रोकिए । 
फिडेमास्टर मनिष हमालका लागि सोमबार सुखद रह्यो । २११८ रेटेड हमालले चौथो चरणमा १६९५ रेटेड सुरज पन्डित तथा पाचौं चरणमा मिलन रोकालाई पराजीत गरे । पाँच खेलबाट उनको ४ अंक भएको छ । उनीसँगै केशव श्रेष्ठ, भारतका सौभिक चक्रवर्ती, रौनक मण्डल, मनिराज डाँगी, सुदिप बज्राचार्य, अभिषेक सोनु, दोलखाका अनरेटेड बिक्रमध्वज श्रेष्ठ संयुक्त तेश्रो स्थानमा रहेका छन् ।  
प्रतियोगिता अन्र्तगत मंगलबार छैटौं तथा सातौं चरणका खेलहरु सञ्चालन हुनेछन् । 

माउन्ट गौरीशंकर अन्र्तराष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडीहरु अगाडी ।।


माउन्ट गौरीशंकर अन्र्तराष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडीहरु अगाडी ।।
राजेश भुजेल, रेडियो शैलुङ, दोलखा
दोलखाको सदरमुकाम चरीकोट जारी माउण्ट गौरीशंकर अन्र्तराष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता अन्र्तगत आईतवार दोश्रो तथा तेश्रो चरणका खेल सम्पन्न भएको् छ । तेश्रो चरणको समाप्तिमा  बंगलादेशका फिडेमास्टर इस्लाम इनामुल, भारतका राकेश गुरुङ, नेपालका केशव श्रेष्ठ, बिलमलाल श्रेष्ठ, सुरवीर लामा, बद्रीलाल नेपाली, निरज निरौला, मिलन रोका, आशुतोष कुमार, सौरभ आन्नद लगायतले शत प्रतिशत नतिजा निकाल्दै आ–आफ्नो खातामा ३ अंकका साथ संयुक्त पहिलो स्थानमा रहेका छन् । 
प्रतियोगितामा शिर्ष वरियता प्राप्त अन्र्तराष्ट्रिय मास्टरद्धय अतानु लाहीरी तथा अलेक्जेन्डर वल एकएक खेलमा बराबरीमा रोकिन पुगेपछि ३ चरणको समाप्तिमा २ दशमलब ५ अंकका साथ संयृक्त दोश्रो स्थानमा रहन पुगेका छन् । २४११ रेटेड अस्ट्रेलियन अन्र्तराष्ट्रिय मास्टर अलेक्जेन्डर वल दोश्रो चरणमा नेपाली खेलाडी मणिराज डाँगीसँग बराबरीमा रोकिए भने २३३२ रेटेड अतानु लाहिरी तेश्रो चरणमा भारतकै १९४१ रेटेड अन्तरीम रोयसँग बराबरीमा रोकिन पुगे । 
बंगलादेशका फिडेमास्टर २२६८ रेटेड इस्लाम इनामुलले आईतबार दुवै चरणमा सफलता हात पार्ने क्रममा द१७३४ रेटेड भारतका अनुस्तुप विश्वास तथा नेपालका १९३१ रेटेड सुदीप बज्राचार्यलाई पराजीत गरे । नेपाली खेलाडीमध्ये शिर्ष वरियताका पूर्व नेपाल च्याम्पियन केशवले दोश्रो चरणमा १७३२ रेटेड सुस्रुत दाहाल तथा तेश्रो चरणमा १९२५ रेटेड प्रकाश नेपालमाथि विजय हात पारे । २१०७ रेटेड फिडेमास्टर विलमलाल श्रेष्ठले दोेश्रो तथा तेश्रो चरणमा क्रमशः १७१५ रेटेड सनत कुँवर तथा १८६१ रेटेड दिनेश श्रेष्ठलाई पराजीत गरे । २०७५ रेटेड सुरवीर लामाले दोश्रो चरणमा १६८५ रेटेड विपिन अमात्य तथा तेश्रो चरणमा १८५९ रेटेड लवकुमार श्रेष्ठमाथि जीत दर्ज गरे ।  २०७३ रेटेड बद्रीलालले दोश्रो् तथा तेश्रोमा १६७४ रेटेड भारतीय ठेन्डुप तामाङ तथा १८२० रेटेड नविन कुमार चौधरीलाई पन्छाए । 
१८५१ रेटेड भारतका सिक्किमेली राकेश गुरुङले दोश्रो चरणमा दोलखाका हरी जिरेललाई हराए भने तेश्रो चरणमा आफुभन्दा उच्च २०९९ रेटिङ भएका भारतकै सोविक चक्रवर्तीलाई हराए । रुकुमका १८१५ रेटेड मिलन रोकाले तेश्रो चरणमा ललितपुरका २०२२ रेटेड राजन पुरीलाई पराजीत गरे । ध्रुवतारा क्लवका २०६५ रेटेड निरज निरौलाले दोश्रो तथा तेश्रो चरणमा क्रमशः १६८० रेटेड भारतीय स्वपनिल राज तथा १८५० रेटेड श्रीलंकाली वेटासिन्हा वसन्तलाई पराजीत गर्न सफल भए । 
नेपाल च्याम्पियन फिडेमास्टर मनिष हमालले मिश्रित प्रदर्शन गरे । दोश्रो चरणमा १७१६ रेटेड भारतीय अभिषेक सोनुसँग अप्रत्याशित पराजय भोग्न पुगेका २११८ रेटेड हमालले तेश्रो चरणमा अनरेटेड भुवनेश्वर चौधरीलाई पराजीत गरे । 
तेश्रो चरणको समाप्ति पश्चात अतानु लाहीरी, अलेक्जेन्डर वल, मदनकृष्ण कायस्थ, प्रकाश मानन्धर, मनिराज डाँगी, अन्तरीप रोय, धिरव राजथला र गणेशमान दुवालको समान २ दशमलब ५ अंक भएको छ ।
प्रतियोगिता अन्र्तगत सोमबार चौथो तथा पाचौं चरणका खेलहरु सञ्चालन हुनेछन् । 

रेडियो शैलुङ सामुदायीक एफएम १०४ मेगाहर्जको पाँचौ वार्षिक उत्सव आज सम्पन्न



भदौ ३१
रेडियो शैलुङ सामुदायीक एफएम १०४ मेगाहर्जको पाँचौ वार्षिक उत्सव एवं शैलुङ सञ्चार सहकारी संस्था लिको पाँचौ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गदै सामुदायीक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष मिनबहादुर शाहीले श्रमजीवि पत्रकार ऐन कार्यान्वयनका लागि प्रसारक संघले ५ वर्षदेखि कार्यान्वयनका लागि पहल गरिरहेको र अहिले पनि निरन्तर सामुदायिक रेडियोका पत्रकारहरुको लागि निरन्तर संघर्ष गरिरहेको बताउनुभयो । 
त्यसै गरि रेडियो सञ्चालक समिति र व्यवस्थापक बीचमा साझेदार नभएका कारण पनि श्रमजिवि पत्रकार ऐन कार्यान्वयनमा समस्या भइरहेको बताउनुभयो । 
सरकारले सञ्चार माध्यमहरुलाई गरेको लगानी विभेद पुर्ण रहेको हुनोले गाउँदेखि केन्द्र सम्मका सञ्चार माध्यमलाई लगानीको हिसावले एकनासले हेरेमा सञ्चार क्षेत्रमा विकास हुदै जाने बताउनुभयो । 
छापा र विद्युतिय सञ्चार माध्यममा सरकारले लगानीमा विभेद गरेको सरकारले उपलब्ध गराइएको  लोककल्याणकारी विज्ञापनमा पनि कटौती गरेको र त्यसका  निम्ति पनि सामुदायिक रेडियोहरुले  धेरै ठुलो लडाई गर्नुपर्ने गुनासो गर्नुभयो । 
नेकपा एमाले पोलिटव्युरो सदस्य दोलखामा निर्माण भइरहेको तेस्रो जलविद्युत आयोजना तामाकोशी अहिलेकोे सरकारले सिर्जना गरेको असहज परिस्थितीका कारण स्थगन भएको आशंका व्यक्त गर्नुभयो ।
रेडियो सञ्चालक समितिका अध्यक्ष शिवप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सांसद एवं एमाले नेता आनन्दप्रसाद पोखरेल, एमाले दोलखाका अध्यक्ष पार्वत गुरुङ, नेपाली कांग्रेस दोलखाका नेता एवं पूर्व जिविस सभापति रुद्रबहादुर खड्का, एकिकृत नेकपा माओवादी दोलखाका सचिवालय सदस्य इश्वर थापा, नेकपा– माओवादी दोलखाका इन्चार्ज पूर्णबहादुर खड्का, निमित्त प्रमुख जिल्ला अधिकारी रोशन ज्ञवाली, नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष राजनबहादुर शिवाकोटी, छिमेकी हाम्रो रेडियोका स्टेशन मेनेजर लक्ष्मण खड्का, कालिञ्चोक एफएमका अध्यक्ष दीपक वस्नेत, रेडियो हिमाली जिरीका स्टेशन मेनेजर मनोज ढकाल, घरेलु तथा साना उद्योग महासंघ दोलखाका अध्यक्ष सुर्दशन कार्की, जिल्ला बचत संघ दोलखाका अध्यक्ष शिवजी राउत, दोलखा उद्योग बाणिज्य संघका सदस्य  सुन्दर कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 
कार्यक्रममा रेडियोको प्रगति प्रतिवेदन कार्यकारी निर्देशक होम पाठकले, सहकारीको प्रगति प्रतिवेदन सचिव टिका दुलालले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष जीवसराज खड्काले प्रस्तुत गर्नु भएको थियो । 
रेडियोको बार्षिक उत्सवको अवसरमा रेडियो शैलुङ बर्ष व्यक्ति पुरस्कारबाट कालिञ्चोक एकफएमका अध्यक्ष दीपक वस्नेतलाई प्रदान गरिएको थियो । त्यसैगरी आन्तरीक पुरस्कारहरुमा समाचार तर्फ डेक्स सम्पादक मन्दीरा थापालाई, कार्यक्रम तर्फ सरद सापकोटालाई, कार्यक्रम उत्पादन तर्फ राजन थामीलाई, विज्ञापन उत्पादन तर्फ रामचन्द्र गिरीलाई, प्राविधिक तर्फ दीपक वस्नेतलाई, गाविस संवाददाता तर्फ बाबरेका श्याम खतिवडालाई, उत्कृष्ट स्रोता तर्फ रामेछापकी सुमी मगरलाई, विज्ञापन दातामा नमस्ते अडियो भिडियो सेन्टर र कपिल  फोटो स्टुडियो चरिकोटलाई प्रदान गरिएको थियो ।

रेडियो शैलुङ सामुदायिक एफएम १०४ मेगाहर्ज दोलखा आजदेखि पाँचौ वर्षमा प्रवेश हुँदै ।।


राजेश भुजेल, रेडियो शैलुङ, दोलखा
रेडियो शैलुङ सामुदायिक एफएम १०४ मेगाहर्ज दोलखा आजदेखि चौँथो वर्ष पूरा गरि पाँचौ वर्षमा प्रवेश हुँदै छ । पाँचौ वर्ष प्रवेशको अवसरमा रेडियोले आज सामुदायिक रेडियो प्रसारक संघ अकोर्याबका केन्द्रिय अध्यक्ष मीनबहादुर शाहीको प्रमुख आतिथ्यतामा पाँचौ वार्षिक उत्सव मनाउदै छ ।  वार्षिक उत्सवको अवसरमा रेडियो वर्ष व्यक्ति, उत्कृष्ट श्रोता, उत्कृष्ट विज्ञापनदाता तथा रेडियोमा कार्यरत पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको कार्यकारी निर्देशक होम पाठकले जानकारी दिनुभयो । रेडियोले वार्षिक उत्सवको अवसरमा यस अघि दोलखाको काब्रे गाविसको मैनापोखरीमा हाजीरी जवाफ कार्यक्रमको आयोजना गरिसकेको छ । 

अन्र्तराष्ट्रिय स्तरको माउन्ट गौरीशंकर अन्र्तराष्ट्यि खुल्ला चेस प्रतियोगिता चरिकोटमा सुरु


दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा अन्र्तराष्ट्रिय स्तरको माउन्ट गौरीशंकर अन्र्तराष्ट्यि खुल्ला चेस प्रतियोगिता शनिवार देखि स्थानीय लक्ष्मी लज सातदोबाटो चरिकोटमा सुरु भएको छ । 
नेपाल सहित भारत, श्रीलंका, बंगलादेश र अष्ट्रेलीया गरी ५ देशका १ सय २६ खेलाडी सहभागीता रहेको छ । आज सम्पन्न पहिलो चरणको खेलमा शिर्ष वरियता प्राप्त २४११ रेटेड अष्ट्रेलियन अन्र्तराष्ट्रिय मास्टर अलेक्जेन्डर वलले नेपालका १५४१ रेटेड ज्ञानेन्द्र महर्जन माथि जित दर्ता गरे । त्यस्तै दोश्रो वरियताका भारतीय अन्र्तराष्ट्रिय मास्टर अतानु लाहिरीले नेपालका मंगते शेर्पामाथि सहज जित दर्ता गरे । नेपालका प्रायः सबै शिर्ष खेलाडीका लागि पहिलो चरण सुखद रह्यो । २१२७ रेटेड नेपालका क्यान्डिडेटमास्टर केशव श्रेष्ठले भारतीय १४९४ रेटेड विनित मिश्रालाई पराजीत गरे  भने २११८ रेटेड फिडेमास्टर मनिष हमालले नेपालकै १४८४ रेटेड भरत धिमालमाथि विजय हात पारेका छन् । त्यस्तै पूर्व नेपाल च्याम्पियनद्धय शुरवीर लामा र बद्रीलाल नेपालीले क्रमशः शेषनाथ आचार्य र फैसल अलि लाई पराजीत गरे । २०६६ साल वैशाखमा सम्पन्न एनसीसी कप रेटिङ बुद्धिचाल प्रतियोगिताको निरन्तरता स्वरुप आयोजना भएको यस प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन राजेन्द्रप्रसाद श्रेष्ठले अनरेटेड भुवनेश्वर चौधरीलाई पराजीत गरे । प्रतियोगिता अन्र्तगत भोली आइतबार दोश्रो तथा तेश्रो चरणका खेल सञ्चालन हुनेछन् । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै नेपाल – चिन मैत्रि संघका अध्यक्ष आनन्द प्रसाद पोखरेलले नेपाल सरकारले बिद्यालय स्तरको पाठ्यपुस्तकमा समेत बुद्धिचाल खेल राख्नु पर्ने धारण व्यक्त गरेका थिए । 
प्रतियोगिताको विजेताले रु ३० हजार, उपविजेताले रु २० हजार र तेस्रो स्थान हात पार्ने खेलाडीले रु १५ हजार प्राप्त गर्ने छन् । त्यसैगरी चौथो देखी दशौ स्थान सम्म हात पार्ने खेलाडीले क्रमश रु १२ हजार ५ सय, १० हजार, ७ हजार ५ सय, ६ हजार, ६ हजार, ५हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यसैगरी ११ औ देखी १५ औ स्थानमा पुग्ने खेलाडीले जनही रु ४ हजार र १६ औ देखी २० औ स्थान प्राप्त गर्ने खेलाडीले जनहि रु ३ हजार प्राप्त गर्ने प्रतियोगीता संयोजक हिरा थोकरले जानकारी दिए । प्रतियोगिता फिडेको स्वीस प्रणाली अनुसार १० चरण सम्म खेलाईनेछ ।

भैँसीले भालुको जस्तो पाडो जन्मायो ।

लापिलाङ्ग गाविसको वडा नं. १ स्थित पैयँुबोटेमा रमेश थापाले पाल्नुभएको भैँसीले अचम्मको पाडो जन्माएको छ । अगाडि तिर भैँसी जस्तै तर जिब्रो सर्पको जस्तो भएको त्यसै पछाडिको भाग भालुको जस्तो भएको र छोटो खुट्टामा खुरको सट्टा नङ्ग्राहरु भएको पाडो जन्माएको हो ।

रेडियो शैलुङले आफनो ५ औ वार्षिक उत्सवको अवसरमा हाजिरी जवाफ प्रतियोगिता

रेडियो शैलुङले आफनो  ५ औ वार्षिक उत्सवको अवसरमा  हिजो दोलखाको काब्रे   स्थित हनुमन्तेश्वर उच्च मावीमा हनुमन्तेश्वर उच्च मावी स्तरीय अन्तर सदन हाजिरी जवाफ  प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगितामा रेड हाउस प्रथम, वाइट हाउस द्धितीय, एलो हाउस तृतीय र म्यारोन हाउस सान्त्वना भएको छ  ।
प्रतियोगितामा ६ वटा हाउसको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुनेलाई २ हजार, द्धितीयलाई १६ सय, तृतीयलाई १२ सय र सान्त्वनालाई ८ सय नगद र प्रमाण पत्र हनुमन्तेश्वर उच्च मावीका प्राचार्य गोपालध्वज श्रेष्ठले  प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको लागी मैनापोखरीमा रहेको चन्द्र सनसाइन जनरल हस्पिटल, सालिग्राम फोटो स्टुडियो, सजिलो कम्प्युटर सेन्टर, जनकल्याण बहुउदेश्य सहकारी संस्था क्षेत्रपा, श्रीकृष्ण पेन्टिङ प्रेस, दानबहादुर मासुपसल, वेभयिर उद्योग, कालिञ्चोक विकास बैक, रसि बुक एण्ड स्टेशनरी स्टोर, जनसचेतन बचत तथा ऋण सहकारी संस्था, जनमुखी बचत तथा ऋण सहकारी संस्था र हनुमन्तेश्वर उच्च मावीले आर्थिक सहयोग गरेको थियो ।
रेडियो शैलुङ सामुदायिक एफएमका निर्देशक होम पाठकको अध्यक्षतामा भएको कार्यक्रममा हनुमन्तेश्वर उच्च मावीका प्राचार्य गोपालध्वज श्रेष्ठ, नेकपा एमाले दोलखाका सचिवालय सदस्य ऋषिकेश उप्रेती, रेडियो शैलुङका सदस्य सचिव चिरिञ्जीवी मास्के, स्टेशन म्यानेजर विष्णु  सुवेदी, रेडियो सञ्चालक समितीका सदस्य हेमन्त चौलागाई, हनुमन्तेश्वर क्याम्पसका क्याम्पस प्रमुख तारा पन्त लगायतले मन्तव्य राख्नुभएको थियो ।
 रेडियो शैलुङले आफनो  ५ औ वार्षिक उत्सवको अवसरमा भदौ ३१ गते विभिन्न कार्यक्रम गरी मनाउदै छ ।