रेडियो शैलुङ सामुदायीक एफएम १०४ मेगाहर्जको पाँचौ वार्षिक उत्सव आज सम्पन्न



भदौ ३१
रेडियो शैलुङ सामुदायीक एफएम १०४ मेगाहर्जको पाँचौ वार्षिक उत्सव एवं शैलुङ सञ्चार सहकारी संस्था लिको पाँचौ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गदै सामुदायीक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष मिनबहादुर शाहीले श्रमजीवि पत्रकार ऐन कार्यान्वयनका लागि प्रसारक संघले ५ वर्षदेखि कार्यान्वयनका लागि पहल गरिरहेको र अहिले पनि निरन्तर सामुदायिक रेडियोका पत्रकारहरुको लागि निरन्तर संघर्ष गरिरहेको बताउनुभयो । 
त्यसै गरि रेडियो सञ्चालक समिति र व्यवस्थापक बीचमा साझेदार नभएका कारण पनि श्रमजिवि पत्रकार ऐन कार्यान्वयनमा समस्या भइरहेको बताउनुभयो । 
सरकारले सञ्चार माध्यमहरुलाई गरेको लगानी विभेद पुर्ण रहेको हुनोले गाउँदेखि केन्द्र सम्मका सञ्चार माध्यमलाई लगानीको हिसावले एकनासले हेरेमा सञ्चार क्षेत्रमा विकास हुदै जाने बताउनुभयो । 
छापा र विद्युतिय सञ्चार माध्यममा सरकारले लगानीमा विभेद गरेको सरकारले उपलब्ध गराइएको  लोककल्याणकारी विज्ञापनमा पनि कटौती गरेको र त्यसका  निम्ति पनि सामुदायिक रेडियोहरुले  धेरै ठुलो लडाई गर्नुपर्ने गुनासो गर्नुभयो । 
नेकपा एमाले पोलिटव्युरो सदस्य दोलखामा निर्माण भइरहेको तेस्रो जलविद्युत आयोजना तामाकोशी अहिलेकोे सरकारले सिर्जना गरेको असहज परिस्थितीका कारण स्थगन भएको आशंका व्यक्त गर्नुभयो ।
रेडियो सञ्चालक समितिका अध्यक्ष शिवप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सांसद एवं एमाले नेता आनन्दप्रसाद पोखरेल, एमाले दोलखाका अध्यक्ष पार्वत गुरुङ, नेपाली कांग्रेस दोलखाका नेता एवं पूर्व जिविस सभापति रुद्रबहादुर खड्का, एकिकृत नेकपा माओवादी दोलखाका सचिवालय सदस्य इश्वर थापा, नेकपा– माओवादी दोलखाका इन्चार्ज पूर्णबहादुर खड्का, निमित्त प्रमुख जिल्ला अधिकारी रोशन ज्ञवाली, नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष राजनबहादुर शिवाकोटी, छिमेकी हाम्रो रेडियोका स्टेशन मेनेजर लक्ष्मण खड्का, कालिञ्चोक एफएमका अध्यक्ष दीपक वस्नेत, रेडियो हिमाली जिरीका स्टेशन मेनेजर मनोज ढकाल, घरेलु तथा साना उद्योग महासंघ दोलखाका अध्यक्ष सुर्दशन कार्की, जिल्ला बचत संघ दोलखाका अध्यक्ष शिवजी राउत, दोलखा उद्योग बाणिज्य संघका सदस्य  सुन्दर कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 
कार्यक्रममा रेडियोको प्रगति प्रतिवेदन कार्यकारी निर्देशक होम पाठकले, सहकारीको प्रगति प्रतिवेदन सचिव टिका दुलालले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष जीवसराज खड्काले प्रस्तुत गर्नु भएको थियो । 
रेडियोको बार्षिक उत्सवको अवसरमा रेडियो शैलुङ बर्ष व्यक्ति पुरस्कारबाट कालिञ्चोक एकफएमका अध्यक्ष दीपक वस्नेतलाई प्रदान गरिएको थियो । त्यसैगरी आन्तरीक पुरस्कारहरुमा समाचार तर्फ डेक्स सम्पादक मन्दीरा थापालाई, कार्यक्रम तर्फ सरद सापकोटालाई, कार्यक्रम उत्पादन तर्फ राजन थामीलाई, विज्ञापन उत्पादन तर्फ रामचन्द्र गिरीलाई, प्राविधिक तर्फ दीपक वस्नेतलाई, गाविस संवाददाता तर्फ बाबरेका श्याम खतिवडालाई, उत्कृष्ट स्रोता तर्फ रामेछापकी सुमी मगरलाई, विज्ञापन दातामा नमस्ते अडियो भिडियो सेन्टर र कपिल  फोटो स्टुडियो चरिकोटलाई प्रदान गरिएको थियो ।

No comments:

Post a Comment