अन्र्तराष्ट्रिय स्तरको माउन्ट गौरीशंकर अन्र्तराष्ट्यि खुल्ला चेस प्रतियोगिता चरिकोटमा सुरु


दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा अन्र्तराष्ट्रिय स्तरको माउन्ट गौरीशंकर अन्र्तराष्ट्यि खुल्ला चेस प्रतियोगिता शनिवार देखि स्थानीय लक्ष्मी लज सातदोबाटो चरिकोटमा सुरु भएको छ । 
नेपाल सहित भारत, श्रीलंका, बंगलादेश र अष्ट्रेलीया गरी ५ देशका १ सय २६ खेलाडी सहभागीता रहेको छ । आज सम्पन्न पहिलो चरणको खेलमा शिर्ष वरियता प्राप्त २४११ रेटेड अष्ट्रेलियन अन्र्तराष्ट्रिय मास्टर अलेक्जेन्डर वलले नेपालका १५४१ रेटेड ज्ञानेन्द्र महर्जन माथि जित दर्ता गरे । त्यस्तै दोश्रो वरियताका भारतीय अन्र्तराष्ट्रिय मास्टर अतानु लाहिरीले नेपालका मंगते शेर्पामाथि सहज जित दर्ता गरे । नेपालका प्रायः सबै शिर्ष खेलाडीका लागि पहिलो चरण सुखद रह्यो । २१२७ रेटेड नेपालका क्यान्डिडेटमास्टर केशव श्रेष्ठले भारतीय १४९४ रेटेड विनित मिश्रालाई पराजीत गरे  भने २११८ रेटेड फिडेमास्टर मनिष हमालले नेपालकै १४८४ रेटेड भरत धिमालमाथि विजय हात पारेका छन् । त्यस्तै पूर्व नेपाल च्याम्पियनद्धय शुरवीर लामा र बद्रीलाल नेपालीले क्रमशः शेषनाथ आचार्य र फैसल अलि लाई पराजीत गरे । २०६६ साल वैशाखमा सम्पन्न एनसीसी कप रेटिङ बुद्धिचाल प्रतियोगिताको निरन्तरता स्वरुप आयोजना भएको यस प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन राजेन्द्रप्रसाद श्रेष्ठले अनरेटेड भुवनेश्वर चौधरीलाई पराजीत गरे । प्रतियोगिता अन्र्तगत भोली आइतबार दोश्रो तथा तेश्रो चरणका खेल सञ्चालन हुनेछन् । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै नेपाल – चिन मैत्रि संघका अध्यक्ष आनन्द प्रसाद पोखरेलले नेपाल सरकारले बिद्यालय स्तरको पाठ्यपुस्तकमा समेत बुद्धिचाल खेल राख्नु पर्ने धारण व्यक्त गरेका थिए । 
प्रतियोगिताको विजेताले रु ३० हजार, उपविजेताले रु २० हजार र तेस्रो स्थान हात पार्ने खेलाडीले रु १५ हजार प्राप्त गर्ने छन् । त्यसैगरी चौथो देखी दशौ स्थान सम्म हात पार्ने खेलाडीले क्रमश रु १२ हजार ५ सय, १० हजार, ७ हजार ५ सय, ६ हजार, ६ हजार, ५हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यसैगरी ११ औ देखी १५ औ स्थानमा पुग्ने खेलाडीले जनही रु ४ हजार र १६ औ देखी २० औ स्थान प्राप्त गर्ने खेलाडीले जनहि रु ३ हजार प्राप्त गर्ने प्रतियोगीता संयोजक हिरा थोकरले जानकारी दिए । प्रतियोगिता फिडेको स्वीस प्रणाली अनुसार १० चरण सम्म खेलाईनेछ ।

No comments:

Post a Comment