सफल रहोस दशैँ तिहार शुभकामना ।।

उत्साहा, उमंगलाई बोकी आयो, फेरी पनि दशैँ तिहार ।
भेटघाट, झिलिमिली, रमझम, रमाइलो छ गाउँ शहर ।।

बडा दशैँ तथा शुभ दिपावली २०६९को पावन अवसरमा सम्पुर्ण साथी संगी इष्ट मित्र आफन्त शुभेच्छुक लगायत समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

खुसीको बहार अनि उच्च रहोस चाहना ।
सफल रहोस दशैँ तिहार शुभकामना ।।



दशैँमा आफुभन्दा ठूलाबडाको हातबाट टीका र आशिर्वाद थाप्न, तथा आफु भन्दा सानालाई टीका लगाइदिन भनेर मानिसहरु गाउँघर फर्कने गरेका छन्, त्यती मात्रै होइन दशैँमा मीठै खाने र राम्रै लाउने पनि चलन छ । पिङ खेल्ने, साथी संगी जम्मा हुने र आफन्तहरु सँग भेट हुने पर्व पनि हो दशैँ र तिहार । तर रमाइलो गर्ने वहानामा होस नै नपुर्याएर पिङमा झुण्डने, मदिरा सेवन गर्ने, तास जुवा खेल्ने तथा बसको छतमा जोखिम यात्रा गर्ने ग

र्नाले दुर्घटना हुँदा घाटा भने आफैलाई हुने हो । त्यसैले चाडपर्वमा होस पुर्यार रमाइलो गर्नु सबै भन्दा उत्तम हुने छ ।
अनि विद्यार्थीहरुले नियमित रुपमा पाउनु पर्ने छुट दशैँ तिहार जुन बेला भए पनि पाउनु पर्छ । के दशैँ र तिहार जस्ता चाडपर्वको समयमा चाहिँ विद्यार्थी, विद्यार्थी हुन सक्दैन ? यसको जवाफ सम्बन्धित गाडि स्टाफहरुले दिन सक्नुपर्छ । गाउँबाट लगेको पैसाले राजधानीमा बसेर पढिरहेका विद्यर्थीहरु घर फर्कदाँ उनीहरुले धन कमाएर फर्किएका हुँदैनन बरु ऋण गरेर खर्च जुटाएर चाहिँ दशैँ मान्न घर फर्किरहेका हुन्छन । विद्यार्थीहरुमाथी यसरी अन्याय भइरहँदा विद्यार्थीका हितका लागि भनेर सरकारको पक्ष र विपक्षमा नारा लगाउने विद्यार्थी यूनियनहरु यतिबेला के हेरीरहेका छन् ? राजनितिक दलको सभा र कार्यक्रममा विद्यार्थीको हितका चर्का नारा घन्काउने विद्यार्थी संगठनहरु यतिबेला के गरिरहेका छन् ? त्यसैले सम्बन्धित क्षेत्रमा काम गर्ने विद्यार्थी संगठन र नेपाल सरकारले पनि यसको अनुगमन गरी विद्यार्थीले जहिले पनि गाडिभाडामा छुट पाउने व्यवस्था मिलाउनु जरुरी देखिन्छ ।
त्यस्तै अन्य जिल्लाबाट खसिबोका नभित्रने अवस्था वनाउन व्यवसायिक बाख्रापालनमा जोड दिनु आवाश्यक छ । यसले गर्दा दोलखामा धेरै मानिसहरुले स्वरोजगार हुने अवसर पाउनेछन । खसिको मासुमा दोलखालाई आत्म निर्भर वनाउनका लागि सबै पक्ष एक भएर कार्यक्रम सञ्चालन गर्नु अति नै आवाश्यक भईसकेको छ ।
आजकाल संस्कृति संरक्षण र रमाइलो गर्ने भन्दा पनि देखासेखि गर्ने र तडक भडक गर्ने अवसर बनिरहेको छ चाडबाड दशैँतिहार । यसले गर्दा हुने खानेलाई त रमाइलो नै होला तर जो दशैँ मान्न खर्च जुटाउन पसिना बगाएर थोरै रकम जम्मा गरेर ल्याएका हुन्छन र अझै छोरा छोरीलाई खुसी पार्न पनि नयाँ लुगा अनि केहि मीठो मसिनो खानपिन जुटाउन ऋण गरेर धेर थोर रकम जम्मा गरेका हुन्छन तिनीहरुका लागि यो रमाइलो, जबरजस्तीको रमाइलो मात्रै हुनेछ । अनि आयो दशै ढोल बजाउँदै गयो दशैँ ऋण बोकाउँदै भन्ने टुक्का चरितार्थ भएपछि रमझम रमाइलो गर्ने पर्व कहिल्यै नआएको भए पनि हुन्थ्यो भन्ने गुनासो मनमनै गरिरहेका हुन्छन् । त्यसैले देखासेखी र तडक भडकमा भन्दा पनि आफु सँग जे छ त्यही र जति छ त्यतीले नै चाडपर्व मान्ने हो भने दशैँले पक्कै पनि कसैलाई ऋण बोकाउने छैन ।

उत्साहा, उमंगलाई बोकी आयो, फेरी पनि दशैँ तिहार ।
भेटघाट, झिलिमिली, रमझम, रमाइलो छ गाउँ शहर ।।

बडा दशैँ तथा शुभ दिपावली २०६९को पावन अवसरमा सम्पुर्ण साथी संगी इष्ट मित्र आफन्त शुभेच्छुक लगायत समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

खुसीको बहार अनि उच्च रहोस चाहना ।
सफल रहोस दशैँ तिहार शुभकामना ।।

No comments:

Post a Comment