१२ करोड पटक सेक्स


विश्वमा विभिन्न खालका अध्ययन अनुसन्धान हुने गर्छन् । ती मध्ये कतिपय अनुसन्धानमा धेरैलाई चासो नहुने भएपनि कतिपय भने निकै रोचक हुने गर्छन् । अझ सेक्सका विषयमा हुने गरेका अध्ययन तथा त्यसबाट प्राप्त नतिजा सबैको चासोको विषय बन्दछ । विश्वभरीका मानिसको यौन व्यवहारको अध्ययन गरी सन् २००० मा एउटा ठूलो किताब नै तयार पारिएको थियो । द पेन्गुइन एटलास आफ ह्युमन सेक्सुअल बिहावियोर नामको उक्त किताबमा विश्वका विभिन्न देशका मानिसका रोचक यौन व्यवहार तथा यौनसम्बन्धी रोचक तथ्य समावेश गरिएको छ । केही तथ्य निम्न छन् :
१. विश्वमा हरेक दिन १२ करोड पटक सेक्स गरिन्छ, यसको अर्थ यो धर्तीमा दिनहुँ २४ करोड जना मानिसले सेक्स गर्ने गर्छन् ।
२. सबैभन्दा लामो समयसम्म सेक्स क्रिडा गर्नेमा ब्राजिलका मानिस छन् । ब्राजिलियनहरुले एक पटकको सेक्समा औषतमा ३० मिनेट समय बिताउँछन् । दोश्रोमा २८ मिनेट सहित अमेरिकीहरु छन्, तेश्रोमा २३ मिनेट सहित क्यानडाली छन् भने चौथोमा २१ मिनेट सहित बेलायती परेका छन् ।
३. विश्वमा सबैभन्दा छिटो वा छोटो समय सेक्स गर्नेमा थाइल्याण्डका नागरिक पर्छन् । थाइहरुले एकपटकमा औषतमा १० मिनेटमात्र सेक्स गर्छन् । सेक्समा धेरैबेर टिक्न नसक्नेमा रसियन हरु दोश्रो स्थानमा पर्छन् । रसियनहरुले एकपटकको सेक्समा १२ मिनेट मात्र बिताउन सक्छन् ।
४. विश्वमा सेक्सको मामिलामा सबैभन्दा सक्रिय मानिसमा रुसी, अमेरिकी तथा प|mान्सेली छन् । उनीहरुले वर्षमा औषतमा १ सय ३० पटक सेक्स गर्ने गरेका छन् । त्यस्तै विश्वमा सबैभन्दा कम सेक्स गर्नेमा हंगकंगका मानिस परेका छन् । हंगकंगका मानिसले वर्षमा औषतमा ५० पटकमात्र सेक्स गर्छन् ।
५. विश्वमा सबैभन्दा बढि कण्डम प्रयोग गर्नेहरुमा थाइल्याण्डका मानिस पर्छन् । सयमा ८२ जना थाइ मानिसले सेक्सका बेला कण्डम प्रयोग गर्ने गरेका छन् ।
६. विश्वमा ६० प्रतिशत विवाह मागी विवाह हुने गरेको छ ।
७. विश्वमा सबैभन्दा बढि सम्बन्ध विच्छेदको दर भएका देश अमेरिका र अस्ट्रेलिया हुन् ।
८. जर्मनी र बेलायतका ७० प्रतिशत युवतीहरुले बिहे नगर्दै सेक्सको अनुभव लिइसकेका हुन्छन् भने एसियाली युवतीहरुमा बिहे नगर्दै सेक्सको अनुभव लिने सयमा १० जनामात्र छन् ।
९. अमेरिका, क्यानडा, अस्ट्रेलिया, स्विडेन तथा दक्षिणी अपि|mका विश्वमा महिलामाथि सबैभन्दा बढि बलत्कार हुने देशहरु हुन् । जहाँ हरेक १० हजार महिलामा ४ जना महिला बलत्कारमा परेका हुन्छन् ।
१०. मध्य अपि|mका र चेक रिपब्लिकका मानिसहरु कम उमेरमा सेक्सको अनुभव गर्ने मामिलामा अग्र स्थानमा छन् । ती देशमा औषतमा १५ वर्षको उमेरमा किशोर किशोरीले सेक्सको स्वाद चाखिसकेका हुन्छन् ।
११. विश्वमा महिलाहरुको स्तनको आकार पुस्ता पिच्छे बढ्दै गएको छ ।


कार्तीक १९,
कलेज डान्स च्याम्पका ६ जना उत्कृष्ट प्रतिस्पर्धीले हिजो दोलखा सदरमुकाम चरिकोटमा कार्यक्रम प्रस्तुत गरेका छन । ड्रिम  फ्याक्टी« इन्टरटेनमेन्ट गु्रपको आयोजनामा गत श्रावण १४ गतेदेखि सुरु भएको सवैभन्दा ठुलो डान्स रियालीटि सो अ जर्नी अफ डान्स टु सुपरस्टार कलेज डान्स च्याम्पका प्रतियोगि मध्ये ग्राण्ड फिनालेका लागि छनौट भएका ६ जनाले प्रस्तुती दिएका हुन् ।
यसले दोलखाका क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीका लागि पनि प्रेरणा जगाउनुका साथै पर्यटन प्रवर्दनमा पनि सघाउ पुग्ने विश्वास रहेको ड्रिम फ्याक्ट्रीका निर्देशक दशमी सुनुवारले बताउनुभयो ।
प्रतियोगितामा टाइटल विजेतालाई ५० हजार नगद पुरस्कार र म्युजिक भिडियोमा काम गर्ने अवसर प्रदान गरिने सुनुवारले जानकारी दिनुभयो ।

दोलखा नेकपा एमाले भ्रमणमा

Add caption

कार्तीक १९,
नेकपा एमाले दोलखा र विभिन्न जिल्लाका कमिटिबीच सम्बन्ध तथा सम्पर्क बढाउने लगायतका उद्धेश्यका साथ हिजोदेखि भ्रमणमा निस्कीएको नेकपा एमालेको टोलीलाई हिजो केन्द्रिय कार्यालय वल्खु हुदै धादिङ पुगेको छ । टोलीलाई केन्द्रीय कार्यालय वल्खुले स्वागत गरेको थियो । त्यस पछि भ्रमण टोली हिजै धादिङ वेसी पूगेको हो । अहिले विहान राजनीतिक सागठनीक विकास र पर्यटनका विषयमा धादिङ जिल्ला कमिटी र दोलखाको समुह विच छलफल हुने वताइएको छ । सयुक्त छलफल  पछि भ्रमण टोली खाना खान तनहु पुग्ने कार्यक्रम रहेको छ  खानपछि तनहु जिल्ला कमिटिसंगको छलफल पछाडि आजै पोखरा पुग्ने कार्यक्रम रहेको टोलीमा सहभागी हाम्रा सहकर्मी शरद सापकोटाले जनाएका छन् । ।

 यस अगाडि हिजो एमालेले सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गरि  अध्यक्ष पार्वत गुरुङ्गको अध्यक्षतामा भ्रमण कार्यक्रम हुने र भ्रमण अन्तर्गत १३ जिल्लाको भ्रमण गरिने जानकारी दिइएको थियो । भ्रमणमा ४० जिल्ला कमिटि सदस्यसहित ५० जना सहभागि रहेका छन् ।
 राजनितिक, साँगठनिक, विकास अनि पर्यटन लगायतको अनुभव आदनप्रदान गर्ने उद्धेश्यले भ्रमणको आयोजना गरिएको नेकपा एमाले प्रतिनिधि परिषद सदस्य शिव प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
भ्रमण केन्द्रिय कार्यालय बल्खु हुँदै धादिङ, तनहुँ, कास्की, पोखरा, पर्वत बाग्लुङ र मुस्ताङको मुक्तिनाथ क्षेत्र सम्म पुग्ने कार्यक्रम रहेको छ । कार्यक्रममा चितवन हुँदै फर्कने जनाइएको छ । अध्ययनको क्रममा विभिन्न जिल्ला कमिटी सँग बसेर छलफल र अनुभव आदान प्रदान गरिने छ । भ्रमणका क्रममा बाटोमा पर्ने बाख्रा फार्म बन्दिपुर, लुम्ले कृषि फार्म, पर्वत गाइफार्म लगायत विभिन्न कृषि फार्महरुको अध्ययन अवलोकन गरिने कार्यक्रम रहेको नेकपा एमाले दोलखाले जनाएको छ ।

सफल रहोस दशैँ तिहार शुभकामना ।।

उत्साहा, उमंगलाई बोकी आयो, फेरी पनि दशैँ तिहार ।
भेटघाट, झिलिमिली, रमझम, रमाइलो छ गाउँ शहर ।।

बडा दशैँ तथा शुभ दिपावली २०६९को पावन अवसरमा सम्पुर्ण साथी संगी इष्ट मित्र आफन्त शुभेच्छुक लगायत समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

खुसीको बहार अनि उच्च रहोस चाहना ।
सफल रहोस दशैँ तिहार शुभकामना ।।



दशैँमा आफुभन्दा ठूलाबडाको हातबाट टीका र आशिर्वाद थाप्न, तथा आफु भन्दा सानालाई टीका लगाइदिन भनेर मानिसहरु गाउँघर फर्कने गरेका छन्, त्यती मात्रै होइन दशैँमा मीठै खाने र राम्रै लाउने पनि चलन छ । पिङ खेल्ने, साथी संगी जम्मा हुने र आफन्तहरु सँग भेट हुने पर्व पनि हो दशैँ र तिहार । तर रमाइलो गर्ने वहानामा होस नै नपुर्याएर पिङमा झुण्डने, मदिरा सेवन गर्ने, तास जुवा खेल्ने तथा बसको छतमा जोखिम यात्रा गर्ने ग

र्नाले दुर्घटना हुँदा घाटा भने आफैलाई हुने हो । त्यसैले चाडपर्वमा होस पुर्यार रमाइलो गर्नु सबै भन्दा उत्तम हुने छ ।
अनि विद्यार्थीहरुले नियमित रुपमा पाउनु पर्ने छुट दशैँ तिहार जुन बेला भए पनि पाउनु पर्छ । के दशैँ र तिहार जस्ता चाडपर्वको समयमा चाहिँ विद्यार्थी, विद्यार्थी हुन सक्दैन ? यसको जवाफ सम्बन्धित गाडि स्टाफहरुले दिन सक्नुपर्छ । गाउँबाट लगेको पैसाले राजधानीमा बसेर पढिरहेका विद्यर्थीहरु घर फर्कदाँ उनीहरुले धन कमाएर फर्किएका हुँदैनन बरु ऋण गरेर खर्च जुटाएर चाहिँ दशैँ मान्न घर फर्किरहेका हुन्छन । विद्यार्थीहरुमाथी यसरी अन्याय भइरहँदा विद्यार्थीका हितका लागि भनेर सरकारको पक्ष र विपक्षमा नारा लगाउने विद्यार्थी यूनियनहरु यतिबेला के हेरीरहेका छन् ? राजनितिक दलको सभा र कार्यक्रममा विद्यार्थीको हितका चर्का नारा घन्काउने विद्यार्थी संगठनहरु यतिबेला के गरिरहेका छन् ? त्यसैले सम्बन्धित क्षेत्रमा काम गर्ने विद्यार्थी संगठन र नेपाल सरकारले पनि यसको अनुगमन गरी विद्यार्थीले जहिले पनि गाडिभाडामा छुट पाउने व्यवस्था मिलाउनु जरुरी देखिन्छ ।
त्यस्तै अन्य जिल्लाबाट खसिबोका नभित्रने अवस्था वनाउन व्यवसायिक बाख्रापालनमा जोड दिनु आवाश्यक छ । यसले गर्दा दोलखामा धेरै मानिसहरुले स्वरोजगार हुने अवसर पाउनेछन । खसिको मासुमा दोलखालाई आत्म निर्भर वनाउनका लागि सबै पक्ष एक भएर कार्यक्रम सञ्चालन गर्नु अति नै आवाश्यक भईसकेको छ ।
आजकाल संस्कृति संरक्षण र रमाइलो गर्ने भन्दा पनि देखासेखि गर्ने र तडक भडक गर्ने अवसर बनिरहेको छ चाडबाड दशैँतिहार । यसले गर्दा हुने खानेलाई त रमाइलो नै होला तर जो दशैँ मान्न खर्च जुटाउन पसिना बगाएर थोरै रकम जम्मा गरेर ल्याएका हुन्छन र अझै छोरा छोरीलाई खुसी पार्न पनि नयाँ लुगा अनि केहि मीठो मसिनो खानपिन जुटाउन ऋण गरेर धेर थोर रकम जम्मा गरेका हुन्छन तिनीहरुका लागि यो रमाइलो, जबरजस्तीको रमाइलो मात्रै हुनेछ । अनि आयो दशै ढोल बजाउँदै गयो दशैँ ऋण बोकाउँदै भन्ने टुक्का चरितार्थ भएपछि रमझम रमाइलो गर्ने पर्व कहिल्यै नआएको भए पनि हुन्थ्यो भन्ने गुनासो मनमनै गरिरहेका हुन्छन् । त्यसैले देखासेखी र तडक भडकमा भन्दा पनि आफु सँग जे छ त्यही र जति छ त्यतीले नै चाडपर्व मान्ने हो भने दशैँले पक्कै पनि कसैलाई ऋण बोकाउने छैन ।

उत्साहा, उमंगलाई बोकी आयो, फेरी पनि दशैँ तिहार ।
भेटघाट, झिलिमिली, रमझम, रमाइलो छ गाउँ शहर ।।

बडा दशैँ तथा शुभ दिपावली २०६९को पावन अवसरमा सम्पुर्ण साथी संगी इष्ट मित्र आफन्त शुभेच्छुक लगायत समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

खुसीको बहार अनि उच्च रहोस चाहना ।
सफल रहोस दशैँ तिहार शुभकामना ।।

लामो समयसम्म मोटरसाईकल कुदाएर चार युवाले...

खट्टा नटेकि बाइक चलाउँदै

२७ घण्टा ५७ मिनेटसम्म भूईंमा खुट्टा नटेकी नरोकिकन मोटरसाइकल चलाएर चार युवाले एभरेष्ट वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएका छन् विद्यार्थीहरु प्रमय शर्मा पत्रकारहरु दिनेश आचार्य, रोशन घिमिरे तथा गोर्कण लामिछानेले काठमाडौबाट चितवन, रुपन्देही, दाङ्ग हुँदै कपिलबस्तुको लुम्बिनीमा पुगेर आफ्नो यात्रा पुरा गरेका हुन्
world Record को Cretificate  प्रदान गर्दै Reporters Club मा 
असोज १७ गते बिहान बजेर २५ मिनेटमा काठमाडौको सहिदगेटबाट शुरु गरेको मोटरसाइकल यात्रा असोज १८ गते बिहान ११ बजेर २५ मिनेटमा लुम्बिनीको शान्तिदीप अगाडि पुगेर समाप्त भएको उनीहरुले बताएका छन्
world Record को Cretificate  ग्रहण गर्दै Reporters Club मा गोकर्ण लामीछाने
राजधानीमा आज आयोजित कार्यक्रममा यात्राका सहभागीहरुलाई एभरेष्ट वोल्र्ड रेकड्र्स्ले प्रमाणपत्र प्रदान -यो सामूहिक रुपमा यति लामो समय नविसाई मोटरसाइकल यात्रा गरेको यो नै विश्व रेकर्ड भएको दाबी पनि गरिएको
यो रेकर्डलाई गिनिज बुक अफ वल्र्ड रेडर्कमा पनि दर्ता गराउने पहल भईरहेको पनि उनीहरुले बताएका छन् यसअघि नेपालकै शमशेरबहादुर लम्साल एक्लैले २५ घण्टासम्म भुईँमा खुट्टा नटेकी निरन्तर मोटर साइकल यात्रा गरेको जानकारी एभरेष्ट वल्र्ड रेकर्डसले दिएको

जिल्लामा सुरक्षा व्यवस्था कडा


राजेश भुजेल
चरीकोट असोज २६,
नेपालीहरुको महान पर्व बडा दशैँ र शुभ दीपावली नजीकीँदै जाँदा प्रहरी प्रशासनले दोलखा जिल्लामा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
यतिबेला यात्रुहरुको चाप बढ्ने र आर्थिक क्रियाकलाप पनि बढी हुने हुँदा अपराधिक गतिबिधि बढ्न सक्ने भन्दै सुरक्षाको नयाँ कार्यक्रम ल्याइएको प्रहरी नायब उपरिक्षक ओम अधिकारीले जानकारी दिनुभएको छ । विशेष गरि चाडवाडलाई लक्षित गरी ज्वाइन्ट यूनिट पटरोल र क्रस यूनिट पटरोल दूइवटा सुरक्षाको कार्यक्रम अहिले प्रहरीले सञ्चालन गरिरहेको छ । ज्वाइन्ट यूनिट पटरोलमा कुनै दुइ वटा यूनिटका प्रहरी टोली एक ठाउँमा जम्मा भइ कुनै ठाउँमा गस्ति जान्छन् र फर्केर फेरी आ–आफ्नै यूनिटमा जान्छन् भने, क्रस यूनिट पटरोल अन्तर्गत एउटा यूनिटको प्रहरी सार्वजनिक वसमा चढेर अर्को यूनिट सम्म पुग्छन र पुनः फर्के र आफ्नै यूनिटमा जान्छन । यसले गर्दा सार्वजनिक बसहरुमा सुरक्षाको अनुभुति हुने प्रहरीको भनाई छ ।
मादक पदार्थ सेवन (मापसे) लाई पनि अहिले कडा पारिएको छ । राती १० बजे पछाडि मादक पदार्थ सेवन गरी सडकमा हिँड्ने जो कोहिलाई पनि प्रहरीले संकास्पद मानी नियन्त्रनमा लिने गरिरहेको छ । यात्रुहरु दुर्घटनामा नपरुन भनेर बसको छतको यात्रालाई पनि नियन्त्रण गर्न ट्राफिक चेकिङलाई पनि कडा पारिएको छ ।
प्रहरी प्रशासन अहिले सञ्चारकर्मी हरुलाई मेल सेवा पनि उपलब्ध गराएको छ । यस सेवा अन्तर्गत मेल याड्रेस उपलब्ध भएका सञ्चारकर्मी र सञ्चारमाध्यामलाई बेला बेलामा समाचार उपलब्ध गराइरहेको र यसले गर्दा जानकारीको लागि घरी घरी प्रहरीलाइ फोन गर्नुपर्ने बाध्यता कम भएको प्रहरी नायव उपरिक्षक अधिकारीले जानकारी दिनुभयो ।
कालीञ्चोक उच्च माविको कलेज यूनिफर्ममा मिति ः २०६९ असोज ११ गते 

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस


असोज १५

आज देशभर २२ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइदैछ । आज विभिन्न कार्यक्रम गरि जेष्ठ नागरिक संघ सम्बन्धित संघसस्था र सरकारले जेष्ठ नागरिक दिवस मनाईरहेका छन् । कानुनी व्यवस्थाअनुसार ६० वर्ष उमेर पार भएका नागरिकलाई ज्येष्ठ नागरिक मानिन्छ । हाल नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या करिब २७ लाख रहेको तथ्याङ्कले देखाएको छ  । 
यसैबिच २२ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा दोलखा जिल्ला भित्रका  २८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जिल्ला जेष्ठ नागरिक संघ दोलखाको आयोजनामा आज भएको जेष्ठ नागरिक सम्मान कार्यक्रममा  जिल्लाकै जेष्ठ महिला एक  जना, पुरुष एक जना  र भिमेश्वरनगरपालिकाको प्रत्येक वडाका महिला एक जना र पुरुष एक जना गरी २८ जनालाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा जिल्लाकै जेष्ठ महिला मेलुङ वडा नं ५ का एक सय सात वर्षकी यशोदा खड्का, जेष्ठपुरुष काटाकुटी वडा नं  ५ का ९७ वर्षिय रेकबहादुर खड्का रहनुभएको छ । 
त्यस्तै  भिमेश्वर नगरपालिका १ का  कलक बहादुर खत्री र बाटेमाया श्रेष्ठ, २ का पदमबहादुर श्रेष्ठ र सुकलक्ष्मी थामी, ३ का जनकलाल श्रेष्ठ र मनमाया दाहाल, ४ का लालबहादुर तामाङ र नन्दलक्ष्मी श्रेष्ठ, ५ का भगीरथ चौलागाई र इन्द्रशोभा वस्नते, ६ का वीर बहादुर कार्की र विष्णुमाया कार्की , ७ का शिव बहादुर खत्री र मनमाया सापकोटा, ८ का कृष्ण बहादुर वस्नेत र खड्गकुमारी श्रृेष्ठ, ९ का खड्ग बहादुर भुजेल र तिर्थमाया सुवेदी , १० का कृष्णबहादुर खत्री र धनमाया न्यौपाने,११ का खडानन्द सुवेदी र कृष्णकुमारी सुवेदी, १२ का गोरे तामाङ र पार्वती ठकुरी, १३ का जयबहादुर वस्नेत र उजेली तामाङ रहनुभएको छ ।  ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने मिठाईका परिकार प्रदान गरिएको थियो । कार्यक्रमा  जिल्ला न्याधिश प्रभा वस्नेत,  संस्थाका अध्यक्ष रामदास श्रेष्ठ, सचिव श्याम थापा,  लगायतले मन्तव्य व्यक्त गर्नुृृभएको थियो ।
ो छ नि त त्यसैले  गरेको मात्रै हो 

टुकी संघ दोलखा को १५ औँ बार्षिक साधरण सभा एवम छैठौँ अधिवेसन


असोज १५

ग्रामीण विकास टुकी संघ दोलखा को १५ औँ बार्षिक साधरण सभा एवम छैठौँ अधिवेसनको उद्घाटन समारोह आज चरीकोटमा सम्पन्न भएको छ । समारोहको उद्घाटन संघका सम्मानार्थ सदस्य हरिहर सापकोटाले गर्नु भएको थियो । 
संघका अध्यक्ष हर्कमान पाख्रीनको अध्यक्षतामा भएको कार्यक्रममा एकिकृत नेकपा माओवादि दोलखाका शंकर लामा, नेकपा एमाले दोलखाका अध्यक्ष पार्वत गुरुङ्ग, नेपाली कांग्रेस दोलखाका सभापति तारा बहादुर कोइराला, टुकी संघका उपाध्यक्ष प्रेम कुमारी चौँलागाईँ, सहसचिव मकरध्वज पाख्रिन लगायतले मनतव्य राख्नुभएको थियो । साधरण सभाको अवसरमा टुकि संघका सचिव कृष्ण कुमार कार्कीले संघको हाल सम्मको प्रगति प्रतिवेदन र लेखा संयोजक मुकुन्द दाहालले चार करोड ८४ लाख १२ हजार चार सय ६८ रुपैँया बराबरको कार्यक्रम÷ परियोजना अन्र्तगत को आय व्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधरण सभाको अवसरमा विर्ख क्षेत्रीले तयार पार्नुभएको संस्थाको १० वर्षे कार्यनिती पारीत गर्ने कार्यक्रम रहेको छ भने त्यस पछि सुरु हुने बन्द सत्रले नयाँ कार्यसमिती समेत चयन गर्ने जनाइएको छ । कार्यक्रममा  १५ जना उत्कृष्ट टुकी सदस्यहरुलाई नगद रु ५ हजार र प्रंससा पत्रले सम्मान गरिएको थियो । भने स्वर्गीय टुकी सदस्यको परिवारलाई पनि सम्मान गरिएको थियो । 

अरिङगाल ले टोक्दा एकै परिवारका २ जनाको ज्यान गयो


 असोज १५सोलुखुम्बुको सोताङमा अरिङगाल ले टोक्दा एकै परिवारका २ जनाको ज्यान गएको छ । सोताङ ३ का ईन्द्र बहादुर राईको ९ बर्षको छोरी विनिता राईको उपचारको लागी स्वास्थ्य चौकी सोताङ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो भने घाईते भएका उनका चार बर्षका भाई शुसिल राईको उपचारको क्रममा आज बिहान ३ बजे सोताङ स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।आफ्नो घर अगाडी खेलिरहेको अबस्थामा अरिङगालले टोकेको उनका बुबा ईन्द्रबहादुर राईले जानकारी दिनुभएको छ । घाईते दुबैलाई घरेलु उपचार गरी अस्पताल ढिला लगेकाले मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

शुसील कोईरालाले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राजनीतिक कू गरेको आरोप



०६९ अशोज ९ 
नेपाली कांग्रेसका सभापति शुसील कोईरालाले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राजनीतिक कू गरेको आरोप लगाउनु भएको छ ।
राष्ट्रिय सहमतिको सरकार बनाउन मार्ग प्रशस्त नगरेर प्रधानमन्त्री डाक्टर भट्टराईले राजनीतिक कू गरेको  कोईरालाको आरोप थियो । रामेछापको कांग्रेस पार्टी कार्यालय भवन सिल्यान्यास गर्न जाने क्रममा आज दोलखा सदरमुका चरिकोट बस्नु भएका सभापति कोईरालाले सहमति भए नेपाली कांग्रेसले आधा घण्टा भित्र नै प्रधानमन्त्रीको उम्ेदवार दिने बताउनु भयो । कांग्रेस पार्टी भित्र प्रधानमन्त्री को भन्ने विषयमा विवाद छ नी भन्ने पत्रकारहरुको जिज्ञासामा सभापति कोईरालाले विवाद नभै छलफल मात्र भक्एो बताउनु भयो । उहाँले देउवा र रामचन्द्र पौडेललाई आफुले आपसमा कुरा गरेर मिलेर आउन भनेको स्मरण गर्नुहुदै दुई नेता मिलेर नआए पार्टी स्टेरीङ कमिटीले निर्णय गर्ने बताउनु भयो । सभापति कोईरालाले अहिले सम्मको इतिहासमा नेपाली कांग्रेसले निष्पक्ष निर्वाचन गराएकोले अहिलेको चुनाव पनि कांग्रेसको नेतृत्वमा हुनु पर्ने बताउनु भयो । उहाँले माओवादीको बोलीको ठेगान नभएकोले अहिलेको समस्या आएको उल्लेख गर्नुहुदै विगतमा भएका सबै सहमतिहरु पालना हुनुपर्ने बताउनु भयो । 

जिरी–६ मा भैसीले २ ओटा मुख र ४ ओटा आँखा भएको पाडा




असोज ९
दोलखाको जिरी–६ मा भैसीले २ ओटा मुख र ४ ओटा आँखा भएको पाडा जन्माएको छ । आज बिहान स्थानीय प्रेम जिरेलको भैसीले अचम्मको पाडा जन्माएपछि हेर्न जानेहरुको क्रम बढिरहेको सन्तोष नेपालीले बताउनुभयो ।

राम प्रसाद गौतम स्मृति अन्र्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता, शिर्ष खेलाडीको विजयी शुरुवात

इलाम, ९ असोज ।
जिल्ला सदरमुकाम इलामबजार स्थित स्थानीय महेन्द्र रत्न बहुमुखी क्याम्पसमा मंगलबारबाट राम प्रसाद गौतम स्मृति अन्र्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता खेलहरु शुरु भएका छन् । प्रतियोगिताको पहिलो दिन दुई चरणका खेल सम्पन्न भए । पहिलो दिनको खेलमा शीर्ष बरियताका अधिकांश खेलाडीले जित हासिल गरे । 
इलाम बुद्धिचाल संघ र गजुरमुखी चेस क्लबद्वारा संयुक्त आयोजित प्रतियोगितामा रसियन ग्रान्डमास्टर अलेक्जेन्डर फोमेनी, अस्ट्रेलियाका इन्टरनेशनल मास्टर अलेकजेन्डर वोल र नेपाली फिडेमास्टरहरु मनीष हमाल र सुजेन्द्रप्रसाद श्रेष्ठले सहज जित हासिल गरे । त्यस्तै, भारतका निलद्रि शेखर भट्टाचार्य, पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले पनि अपराजित रहदै दुई अंक हासिल गरे । झापाका निरज निरौला, अनिल राजवाहक, भारतका दिलिप दास, भक्तपुरका गणेशमान दुवाल, कृष्ण थापा र मदनकृष्ण कायस्थले पनि पोल्टामा दुईअंक हासिल गरे । स्थानीय तीर्थमान राई काजीले पनि दुबै चरणमा सफलता हात पारे । तर तेस्रो वोर्डमा रहेका बंगलादेशी फिडेमास्टर अमिनुल इस्लाम भने दोस्रो चरणमा भारतका रौनक मण्डलसँग बराबरीमा रोकिएपछि १.५ अंक मात्र बटुल्न सफल रहे । स्मरण रहोस् इस्लाम गतहप्ता चरिकोटमा सम्पन्न माउण्ट गौरीशंकर अन्र्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता हुन् । 
गजुरमुखी निर्माण कम्पनिको मुख्य प्रायोजन र नेपाल निर्माण ब्यवसायी महासंघ काठमाडौंको सहप्रायोजनमा संचालित प्रतियोगितामा ग्रान्डमास्टर फोमेनीले पहिलो चरणमा आशुतोष कुमार र दोस्रो चरणमा राजेन्द्र राईलाई पराजित गरे । इन्टरनेशनलमास्टर  वोलले भने पहिलो चरणमा भारतका अभिरुप कुन्डु तथा दोस्रोमा विकास कुमार द्धिवेदीलाई पन्छाए । मनीषले भने प्रसान्त चेम्जोङ र अनुस्टुप विश्वासलाई हराए । सुजेन्द्रले गणेश घिमिरे र डा. बद्रीप्रसाद थैवलाई हराए । पहिलो चरणमा वाइपाएका गणेशमानले देवदास राहुललाई पराजित गरेका थिए । इलामका तीर्थमानले पहिलो चरणमा मकवानपुरका बलराम संजेल तथा दोश्रोमा माधव चौंलागाईंलाई हराए । 
धुव्रतारा क्लव झापाका निरजले पहिलो र दोस्रोमा भारतका धन्य दाश र दोस्रोमा नेपालका राजेन्द्रप्रसाद रिजाललाई हराएका थिए । 
पहिलोमा देवराज घिमिरेलाई हराएका गोल्डेनगेट कलेजका मदनकृष्णले दोस्रोमा राहुल गुरुङलाई पराजित गरेका थिए । पुरुषोत्तम चौलागाईले पनि दुवै चरणमा जित हासिल गरे । प्रतियोगिताका सवैभन्दा पाका खेलाडी सिताराम अग्रवालले भने मिश्रित नतिजा हासिल गरे । कामपा २५ वडा टोलसुधार समितिका उनले पहिलो चरणमा कृष्ण गोपाल नापितस“ग पराजित भएपनि दोस्रोमा वेदमंगल खतिवडालाई हराउदै खाता खोले  । 
फिडेको स्विस लिग प्रणाली अनुसार १० चरणसम्म संचालन हुने प्रतियोगिताको विजेताले ६० हजार, दोश्रो हुनेले ४० हजार  तथा तेश्रो हुनेले २५ हजार प्राप्त गर्नेछन् । जम्मा नगद पुरस्कार ३ लाख रुपैंया रहेको प्रतियोगितामा विभिन्न ४० विधामा उत्कृष्ट खेलाडीले नगद पुरस्कार हात पार्नेछन् । प्रतियोगितामा नेपाल सहित रसिया, अस्ट्रेलीया, अमेरिका, क्यानाडा, भारत र बंगलादेशका १३९ खेलाडीको सहभागीता रहेको आयोजक गजुरमुखी चेस क्लबका अध्यक्ष माधव चौंलागाईंले बताए ।
–उमेश केसी, अन्र्तराष्ट्रिय आर्विटर

३ दिने निशुुल्क दन्त शिविर सञ्चालन


असोज ९
दोलखाको सहरे ४ किर्नेमा खिम्ति स्टाफ क्लबको आयोजना तथा गुणस्तरिय नेपाल जर्मन डेन्टल अस्पताल पोलिक्लीनिक कोटेश्वरको प्राविधिक सहयोगमा आज देखि ३ दिने निशुुल्क दन्त शिविर सञ्चालन भएको छ । 
शिविरमा दाँत भर्ने,दाँत सफा गर्ने,अनावश्यक दाँत निकाल्ने सेवा रहेको छ । शिविरमा दोलखा र रामेछापका मानिसहरुले सेवा दिइरहेका छन् । आज पहिलो दिन ६० भन्दा बढिको सहभागि रहेको स्टाफ क्लब खिम्तिका अध्यक्ष केशव बहादुर केसीले जानकारी दिनुभयो ।

चरीकोटमा राष्टिय जनसांस्कृतिक महासंघ


असोज ९
दोलखा सदरमुकाम चरीकोटमा राष्टिय जनसांस्कृतिक महासंघको सम्पर्क कार्यलय एक कार्यक्रमका बिच आज उद्घाटन भएको छ । नेकपा एमाले राष्टिय प्रतिनिधि परिषदका सदस्य शिव प्रसाद भण्डारीले सम्पर्क कार्यालय उद्घाटन गर्नुभयो  । उद्घाटन समारोहमा बोल्दै जनसांस्कृतिक महासंघ दोलखाले जनवादि सांस्कतिक फाँटमा जनचेतना जगाउने अभियानमा लाग्नु पर्ने बताउनुभयो ।
यसैबिच
मारुणी कला केन्द्रको पनि उद्घाटन गरिएको छ । नेकपा एमाले दोलखा जिल्ला अध्यक्ष पार्वत गुरुङले एक समारोहका बिच उक्त केन्द्रको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले जनवादी सांस्कृतिक आन्दोलन कमजोर भएको यो अवस्थामा मारुणी कला केन्द्र मार्फत जनवादी सांस्कृतिक आन्दोलनलाई सहयोग पुग्ने खालका कार्यक्रमहरु संचालन गर्नुु पर्ने बताउनुभयो । सो अवसरमा मारुणी कला केन्द्रका कलाकारहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

बन कार्वन कोषले दोलखाका ५८ वटा सामुदायीक वन उपभोक्ता समुहहरुलाई रेड प्लस पक्षिण परियोजना विउ पुँजी रकम वितरण


असोज ८
सामुदायीक बन उपभोक्ता समुहहरुले कार्वन उत्सर्जन घटाइ जलवायु परिवर्तनलाई रोक्न टेवा पुर्याएको भन्दै आज चरीकोटमा एक कार्यक्रम गरि बन कार्वन कोषले दोलखाका ५८ वटा सामुदायीक वन उपभोक्ता समुहहरुलाई रेड प्लस पक्षिण परियोजना विउ पुँजी रकम वितरण गरेको छ । 
दोलखा जिल्लाको चर्णावती जलाधार क्षेत्रमा रहेका ५८ वटा सामुदायीक बन उपभोक्ता समुहले विगत तीन वर्ष देखि निरन्तर रुपमा कार्बन उत्सर्जन घटाउने काम गरिरहेकोले ति समूहहरुलाई कार्बन कोषले रकम वितरण गरेको हो । सामुदायीक बन उपभोक्ता महासंघ नेपाल र सामुदायिक बन उपभोक्ता जिल्ला महासंघको संयुक्त आयोजनामा भएको कार्यक्रममा दोलखाको काटाकुटी, बोच, फस्कु, मागा, लाकुरीडाँडा लगायतका गाविसका सामुदायीक बन उपभोक्ता समुहहरुलाई उक्त रकम वितरण गरिएको हो । रकम वितरण कार्यक्रममा बोल्दै सामुदायीक बन उपभोक्ता महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष भिमप्रकाश खड्काले बन संरक्षणको नाममा सामुदायीक बनहरुलाई सरकारले अंकुश लगाउन खोजेको आरोप लागाउनुभयो ।
 आवाज

सामुदायीक बन उपभोक्ता जिल्ला महासंघ दोलखाकी अध्यक्ष सीता केसिको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्राकृतिक स्रोत विभाग केन्द्रका सचिव आनन्द प्रसाद पोखरेल, नेपाली कांग्रेस जिल्ला दोलखाका सभापति तारा बहादुर कोइराला, नेकपा एमाले दोलखाका अध्यक्ष पार्वत गुरुङ, एकिकृत नेकपा माओवादी नगर कमिटी इन्चार्ज नवीन लामा, पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष राजेन्द्र मानन्धर, रेड कार्यक्रम संयोजक धन बहादुर तामाङ, सामुदायीक बन उपभोक्ता जिल्ला महासंघ दोलखाका पुर्वाध्यक्ष हरिहर न्यौपाने, आदिबासी जनजाति जिल्ला महासंघ दोलखाका अध्यक्ष जिवन लामा, बन कार्यलय दोलखाका कार्यलय प्रमुख केदार नाथ दाहाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
नेपालमा रेडका माध्यमबाट सामुदायिक बनका लागि सुशासन र भुक्तानी प्रणालीको विकास कार्यक्रम अन्र्तगत दोलखा, गोर्खा र चितवन गरी तीन जिल्लाहरु छनोटमा परेका थिए ।