बाइबल र विज्ञान -राजेश भुजेल


बाइबल र विज्ञान

-राजेश भुजेल
आज हामी इशाइहरुलाई समाजमा थुप्रै
आरोपहरु लगाइँदै छ ।
केही पढेलेखेकाहरुले बाइबल र इशाइ धर्मलाई विज्ञानविरोधि धर्म भनेर आरोप लगाइरहेका छन् ।
यी आरोपहरु आजकाल बहसको क्रममा मलाई पनि सुनाउने
गरेको हुँदा यहाँ मैले ति
आरोपहरु कपोकल्पित र केवल समुदायमा भ्रम फिँजाउनको लागि मात्रै लगाइएको तर्कहरु हुन् भन्ने केही प्रमाणहरु पेस गर्ने कोशिस गरेको छु । यहाँ त्यस्ता केहि उदाहरणहरु छन्, जसमा विज्ञानले सुरुमा नभएका कुरा दाबी गरे पनि पछि आएर बाइबलकै कुराहरु स्वीकार गर्न बाध्य भएको छ ।
पृथ्वी गोलाकार छ ः
पृथ्वी गोलाकार छ “उहाँ पृथ्वीको परिधिभन्दा माथि विराजमान हुनुहुन्छ, भनेर बाइबलमा यशैयाको पुस्तक ४० अध्याएको २२ पदमा लेखिएको छ । अहिले आएर त विज्ञानले पनि पृथ्वी गोलाकार नै छ भनेर प्रमाणित गरिसकेको छ । तर यही कुरालाई विज्ञानले पहिले पहिले पृथ्वी चेप्टो छ भनेर प्रमाण दिएको थियो । गणितको नियम अनुसार कुनै पनि चेप्टो चिजको परिधि हुँदैन परिमिति हुन्छ । परिधि कि त वृत्तको हुन्छ कि त गोलाकार वस्तुको हुन्छ । बाइबलले त पृथ्वी गोलाकार छ भनेर सृष्टिको सुरुवातमै स्पष्ट पारेको छ । तर विज्ञानले बल्ल अहिले आएर बाइबलको सत्यतालाई प्रमाणित गरेको छ ।
ताराहरु असंख्य छन् ः
ताराहरु असंख्य छन् भनेर बाइबलमा यर्मियाको पुस्तक ३३ अध्यायको २२ पदमा “आकाशका तारा गन्न नसकिने र समुन्द्रका किनारका बालुवा जोखिन नसकिने” भनेर लेखिएको छ । विज्ञानले पहिले पहिले
ताराहरुको संख्या नै गनेर केवल एघार सय वटा ताराहरु छन् भनेर प्रमाण ल्यायो, तर आज त्यही विज्ञानले ताराहरु असंख्य छन् भनेर सच्याउँदै बाइबलीय सत्यतालाई नै प्रमाणित गरेको छ ।
पृथ्वी शून्यतामा झुण्डिएको छ ः
“उहाँले खाली ठाउँमा उत्तरीय आकाशलाई फैलाउनुहुन्छ, र शून्यतामा पृथ्वीलाई झुण्ड्याउनुहुन्छ ।” यसरी पृथ्वी शून्यतामा झुण्डिएको छ भनेर बाइबलमा अयूबको पुस्तकको २६ अध्यायको ७ पदमा उल्लेख भएको छ भने विज्ञानले त धेरै पछि आएर मात्र यो कुरालाई पृथ्वी शून्यतामा झुण्एिको छ भनेर प्रमाणित गरेको छ । यही कुरालाई विज्ञानले सुरु सुरुमा पृथ्वी ठूलो जनावर माथि वा समुन्द्रमा अडेको छ भन्ने
गरेको थियो तर त्यो प्रमाण पनि पछि विज्ञानले नै झुट ठह¥याँदै बाइबलको सत्यता स्वीकार्न आइपुगेको छ ।
सृष्टि अदृष्य तत्वहरुबाट बनेको छ ः
“...जो दृश्य छ, अदृश्य कुराबाट बन्यो” भनेर हिब्रुको पुस्तक ११ अध्यायको ३ पदमा उल्लेख गरिएको छ । तर यो सृष्टि अदृष्य तत्वहरुबाट बनेको छ भन्ने कुरा विज्ञानले अहिले आएर प्रमाणित गरेको छ । यही कुरालाई विज्ञानले
धेरै पछि आएर  थाहा भएको स्वीकार गरेको छ ।
प्रत्येक तारा फरक
फरक खालका छन् ः
पवित्र धर्म शास्त्र बाइबलमा १ कोरन्थि १५ अध्यायको ४१ पदमा “सूर्यको तेज एक किसिमको , चन्द्रमाको तेज अर्कै किसिमको, र ताराहरुको तेज अर्कै किसिमका हुन्छन् । किनभने एउटा तारा अर्को तारा भन्दा भिन्दै हुन्छन् ।” भनेर लेखिएको छ । यसरी विज्ञानले पहिले पहिले सबै तार एकै खालका हुन्छन् भन्ने तथ्य बाहिर ल्याए पनि आखिरीमा प्रत्येक तारा
फरक फरक खालका छन् भन्ने बाइबलको तथ्यलाई यतिबेला प्रमाणित गरिसकेको छ ।
प्रकाश स्थिर छैन ः
ज्योतिको बाटो स्थिर छैन भन्ने कुरा पवित्र धर्म शास्त्र बाइबलमा अयूबको पुस्तक ३८ अध्याको १९ र २० पदमा पढ्ेपछि थाहा हुन्छ । धेरै पहिले विज्ञानले प्रकाश स्थिर हुन्छ भन्थ्यो तर पछि आएर मात्र प्रकाश स्थिर छैन भनेर प्रमाण्ति गरेको हो ।
रगत जीवनको श्रोत हो ः
रगत जीवनको श्रोत हो भनेर विज्ञानले धेरै पछि आएर स्वीकार गरेको हो । लेवीको पुस्तक १७ अध्यायको ११ पदमा “किनकि
जीवधारीको प्राण तिनीहरुको रगतमा हुन्छ..... ” भन्ने लेखिएको छ । मानिसको
शरीरमा रगत हुन्छ भन्ने प्रमाणित गरेपछि पनि विज्ञानले सुरु सुरुमा विरामी मानिसको शरिरबाट रगत बग्न दिनुपर्छ सम्म भन्ने गरेको थियो ।
बतास चक्करमा घुम्छ ः
बाइबलिय तथ्यलाई लत्याउँदै विज्ञानले सुरुसुरुमा बतास सिधा बहन्छ भन्ने गथ्र्यौ तर अहिले पवित्र धर्मशास्त्र उपदेशकको पुस्तक पहिलो अध्यायको ६ पदमा लेखिएको “बतास दक्षिण तिर बहन्छ, अनि उत्तर तिर फर्कन्छ । त्यो सँधै आफ्नै चक्करमा फर्केर
घुमिरहन्छ ।” भन्ने यस बाइबलिय तथ्यलाई नै प्रमाणित गरेको छ । बाइबलीय उक्त तथ्यलाई स्वीकार्दै भनेको छ बतास चक्करमा घुम्छ ।
समुन्द्रभित्र पानीका मूलहरु हुन्छन् ः
समुन्द्रभित्र पानीका मूलहरु हुन्छन्, भन्ने तथ्य बाइबलमा अयूबको पुस्तक ३८ अध्यायको १६ पदमा पढेपछि प्रस्ट हुन्छ । यसरी बाइबलमा धेरै पहिल्यै उल्लेखित सत्यतालाई विज्ञानले प्रमाण्ति गर्नु अघि समुन्द्रको पानी वृष्टि र नदीहरुबाट मात्रै जम्मा भएका थिए भन्ने गथ्र्यौ तर स्वयं विज्ञानले पछि बाइबलकै तथ्यलाई प्रमाणित गरेको छ ।
यसरी केही
उदाहरणहरु मात्र हुन् माथिका । विज्ञानले प्रमाणित गर्न सुरु गरेको त धेरै समय भएकै छैन । आज विज्ञानले अत्यन्तै लामो समय लगाएर थुप्रै जटिल उपकरणहरु र प्रविधिहरुको सहायताले प्रमाणित गर्ने
कुराहरु धेरै वर्ष अघि बाइबल धर्मशास्त्रमा लेखियो । के यो कुरा सोचनिय छैन ? यी केही उदाहरणहरु बाट पनि पुष्टि भइसकेको छ कि बाइबल विज्ञान विरोधि होइन । बाइबलमा सबै सत्य कुरा लेखिएको छ भने यो कसरी विज्ञान विरोधि हुन सक्छ ? बरु विज्ञानले चाहिँ पवित्र र सत्य धर्मशास्त्रको विरुद्धमा प्रमाणहरु जुटाउनु सकिन्छ कि भनेर केही अभ्याशहरु गरेको देखिन्छ । तर हामी प्रभुको समयलाई पर्खौँ मात्रै कुनै दिन अहिले विज्ञान
विरोधि जस्ता देखिने कयौँ बाइबलिय सत्यताहरुलाई अवश्य पनि विज्ञानले नै अवलम्बन गर्नेछ । किनकि विज्ञानको श्रोत नै परमेश्वर हुनुहुन्छ ।
मानिस बाँदरबाट बनेको होइन ः
विज्ञानले भ्रममा पारेको अर्को पनि प्रश्न छ, मानिस बाँदरबाट विकास भएको हो । के साँच्चै मान्छे बाँदरबाट आएको हो त ? विकासवादि सिद्धान्तको विरुद्धमा विज्ञान बोलिरहेको छ । वास्तवमै अवैज्ञानिक
रहेको क्रम–विकासवाद
९भ्खयगितष्यलष्कm० ले
धेरैलाई भ्रममा पारेको छ । बाइबलमा उल्लेखित सृष्टिको विवरण सुन्दा उनीहरु आपत्ति जनाउँदै भन्छन् “विज्ञानसँग आदम र हव्वाको कुरा मेल खाँदैन । विज्ञान अनुसार मानिसको उतपत्ति एक कोषिय जीवको क्रमिक विकासबाट भएको हो । विज्ञानअनुसार उक्त एक कोषिय जीव संजोगले उत्पन्न भएको हो ।”, आदि इत्यादि । यस्तो अपत्यरिलो कुरा
कसरी विज्ञान अनुसार हुन सक्छ ? उनीहरुको भनाइ वास्तवमा “विकासवादि सिद्धान्त अनुसार” मा हो, विज्ञान अनुसार होइन । निर्जीवबाट जीवको उत्पत्ति भएको  एउटै प्रमाण छैन । त्यो परिकल्पनामै सिमित छ । वास्तवमा विकासवादि सिद्धान्त र विज्ञान आपसमा मिल्दैनन् । जीवशास्त्र
९द्यष्ययिनथ० विज्ञानको एउटा नियमलाई जीवजनन्को नियम अथवा ‘ल अफ बायोजेनेसिस्’
९ीबध या द्यष्यनभलभकष्क० ज्ञ भनिन्छ । यस नियमले दुइवटा कुरा विश्व व्यापी रुपमा स्थापित भएको बताउँछ ।
(१) एउटा जीवको उत्पत्ति अर्को जीवबाट मात्र हुन सक्छ ।
(२) एक खाले जीवको उत्पत्ति त्यही खाले जीवबाट मात्र हुन सक्छ ।
तर विकासवादि सिद्धान्तले विना प्रमाण यसको ठीक उल्टो दाबी गर्दछ
(१) निर्जीव रसायनिक तत्वहरु मिल्न गइ एक कोषिय जीवको उत्पत्ति भएको दाबी ।
(२) उक्त एक कोषिय जीव एकखाले जीवको क्रमिक विकासबाट पृथ्वीका सबै प्राणीहरु सबै खाले जीवहरु उत्पन्न भएको दाबी ।
यी सबै भनाइहरु काल्पनिक मात्र छन् । न रसायनिक तत्वहरुबाट जीवको उत्पत्ति हुन सक्ने प्रमाण भेटिएको छ, न एक खाले जीव बाट अर्कोखाले जीवको उत्पत्ति भएको प्रमाण छ । अझ, उन्नाइसौँ शताब्दीमा सरल बनोटको भनी ठानिएका एक कोषिय जीवहरु वास्तवमा निकै जटिल बनोटका
हुँदारहेछन् भन्ने कुरा पछिबाट थाहा हुन आएको छ ।
“आधुनिक मान्छे आफु बुद्धिमानी छु भन्ने दाबी गर्छ ।” बास्तवमा मूर्ख नै भएको कुराको उदाहरणको लागि सेप्टेम्बर २०१३ को नेशनल जिओग्राफिक
९ल्बतष्यलब िन्भयनचबउजष्अ० पत्रिकाको “कोष भित्रका अचम्मका संसारहरु” ९ूब् ध्यचमिक ध्ष्तजष्ल ब ऋभििू० भन्ने लेख पढ्न सकिन्छ । उक्त पत्रिकाको पृष्ठ ३५८ मा लेखकहरुले कोषको अत्यन्तै जटिल बनोटको बयान गरेका छन् । वास्तवमा “सरल कोषिय जीव भन्ने” त्यस्तो कुनै
कुरो पाइँदैन । सबैभन्दा
सरल कोष समेत एउटा “माइक्रो ब्रम्हाण्ड” ९ूब् ःष्अचय(ग्लष्खभचकभू० पो
रहेछ । अनि पृष्ठ ३८८ मा लेखिएको छ “... यो नै जीवशास्त्रको प्रमुख समस्या हो । यस्तो जटिलपन
९अयmउभिहष्तथ० कसरी हुन आयो ?.. जीवशास्त्रीहरुले विज्ञानको यस गहिरो
आधारभूत रहस्यलाई अझसम्म बुभm्न  सकेका छैनन् । अर्थात यी सबै कुराको सुरुवात कसरी भयो ?” । त्यसपछि अर्को एक पृष्ठमा विज्ञहरुले यसको जवाफ दिँदै लेखेका छन् “...पर्याप्त समय दिइयो भने असम्भव पनि सम्भव हुन्छ” अरे !!!
विज्ञान भनेको अप्रमाणित कुरो हुनै हुँदैन । विज्ञान भनेको भौतिक विश्व ब्रम्हाण्ड सम्बन्धि प्रमाणित ज्ञान हो । विकासवादि सिद्धान्त भनेको भौतिक विश्व ब्रम्हाण्डको उत्पत्ति सम्बन्धि एउटा अप्रमाणित परिकल्पना मात्र हो । उन्नाइसौँ शताब्दीका चाल्र्स डारविन ९ऋजबचभिक म्बचधष्ल० द्धारा प्रतिपादित उक्त परिकल्पना वैज्ञानिक प्रणाली ९क्अष्भलतषष्अ ःभतजयम० द्द द्धारा कहिल्यै प्रमाण्ति गरिएको छैन । विज्ञानको मूल आधार अवलोकन हो, उत्पत्तिको
प्रारम्भमा कुनै पनि मानिस नै थिएन (उत्पत्ति १ः२), त्यसैले उसले अवलोकन गर्न सक्ने
कुरै भएन । त्यसैले उत्पत्ति सम्बन्धि सत्य–तथ्य विज्ञानको पहुँच भन्दा बाहिर छ । त्यसैले मानिस बाँदरबाट विकास भएको भन्ने कुरा वैज्ञानिक प्रमाणमा पनि भेटिएको छैन र यो हुन सक्ने कुरा पनि होइन । सृष्टिको प्रारम्भमा केवल अनादिदेखिको त्रिएक सृष्टिकर्ता परमेश्वर मात्र हुनुहुन्थ्यो । उहाँले मात्र हामीलाई सृष्टिको उत्पत्ति सत्य त्थ्य बताउन सक्नुहुन्छ । उहाँले सो कुरा बाइबलमा बताउनुभएको छ  । बाइबलअनुसार हामी मानिसलाई परमेश्वरले नै सृष्टि गर्नुभएको हो । (उत्पत्ति १ः२६)

सूचना

सूचना सूचना सूचना
दोलखा जिल्लामा भइरहने हरेक खी्रष्टिय गतिविधिलाई पनि यस पत्रिकामा समेटिने हुँदा तपाईहरु पनि त्यस्तो खालको कुनै गतिविधि गर्दै हुनुहुन्छ वा सम्पन्न गर्नुभएको छ भने पनि उक्त गतिविधिहरुको रिपोर्ट हाम्रो ठेगानामा पठाउनुहोला । –स.

बालबालिकाहरु किन झुट बोल्दछन् ?


बालबालिकाहरु किन झुट बोल्दछन् ?
–ज्ञानु श्रेष्ठ (थामी)
शैतानको छलपूर्ण झुटमा फसेको कारण आदम र हव्वाले आफ्नो गल्ती स्वीकार नगरी एक अर्कालाई दोष्याउँदै झुट बोलेको कारण सम्पूर्ण सृष्टिमाथि श्राप परेको थियो । झुट बोल्नु पाप हो र यसले हाम्रो जीवनमा श्राप निम्त्याउँछ । बाइबलमा उत्पत्तिको ३ अध्याय यसको उदाहरण हो । झुटले आदिकालदेखिनै जरा गाडेको हुँदा यसबाट मानिसहरु पूर्ण रुपले स्वतन्त्र भएका छैनन् । यूवा, वयस्क र वृद्धहरुले केही हदसम्म झुटलाई पन्छाउन सक्छन् अथवा झुट नबोल्ने अठोट गर्न सक्छन् तर बालबालिकाहरुले झुट नबोल्ने अठोट गर्न नसक्ने हुँदा साथै अठोट गरेतापनि त्यसमा अडिक रहन नसक्ने हुँदा तिनीहरु झुटद्धारा सताइएका हुन्छन् । बालबालिकाहरुमा पश्चातापी स्वभाव नहुने हुँदा तिनीहरु झुट बोल्ने गर्दछन् । परमेश्वर सत्य हुनुहुन्छ, त्यसैले हामीले पनि झुट त्यागेर सत्य बोल्नुपर्छ । झुट बोलेमा क्षमासिल परमेश्वरसँग क्षमा माग्न लगाउँदै तिनीहरुमा पश्चातापी मन जगाउनुपर्छ  जसले तिनिहरुमा डर उत्पन्न गरोस् र डरले तिनीहरुलाई झुट बोल्नबाट बचाउन सक्छ ।
येशूलाई ग्रहण गरेपछि उसमा परमेश्वरको केही गुण हुन्छ किनभने ख्रीष्ट उसको हृदयमा बस्नुहुन्छ । आफुलाई अरुको माझमा राम्रो देखाउन बालबालिकाहरु झुट बोल्ने गर्दछन् । अर्को कारण चाहिँ अरुलाई प्रभाव पार्न र आफुलाई मन परेको व्यक्ति वा माया गर्ने व्यक्तिलाई बचाउन पनि उनीहरु झुट बोल्दछन् । झुट बोल्नुको अर्को पक्ष स्वार्थीपन पनि हो । धेरैले फाइदा उठाउनलाई पनि झुट बोल्ने गर्दछन् । तर झुटको कारण खडा भएको अविश्वासिलो स्वभाव बढ्दै जान्छ । अनि झुटको सम्बन्धहरुले उसको जीवनको हरेक क्षेत्रमा प्रभाव पार्छ । बालबालिकाहरु अरुले उसँग गरेको नराम्रो व्यवहार र कामको कारण चिडिएर पनि ति मानिसहरुको बारेमा बालबालिकाहरुले झुट बोल्ने गर्दछन् । झुट बोल्ने कुरा बालबालिकाहरुले अरुबाट सिक्छन् । घरपरिवारमा उनीहरु जस्तो वातावरणमा हुर्केका छन् अवश्य पनि उसले त्यहि कुराको अनुसरण गर्दछ । साना बालबालिकाहरुले अरुले गरेका
कुराहरु सुन्छन् र अरुले गरेका व्यवहार देख्छन् अनि उनीहरुले पनि ति कुराहरु सिक्छन् । कतिचोटी बाहिरको मानिस आमाबाबुसँग भेट्न आउँदा आमाबुबाले नै उनीहरुलाई घरमा छैन भनिदेउ भनी प्रत्यक्ष रुपमा झुट बोल्दछन् र झुट बोल्न लगाउँछन् । यो साधरण जस्तो लाग्छ तर बालबालिकामा यसले कस्तो प्रभाव पार्छ र परिणाम कस्तो हुन्छ भने उनीहरुको जीवनमा दीर्घकालिन रुपमा नराम्रो असर पार्दछ ।
वास्तवमा चोर्न र झुट बोल्न अलग देखिए तापनि झुट बोल्नु र चोर्नु दुवै पाप हुन् । जब कुनै बालक यी दुई मध्य एउटा पापमा संलग्न हुन्छ, ऊ अर्को पाप गर्न पछि पर्दैन । यसले यही कुरा जनाउँदछ कि एउटा झुटले अर्को झुटलाई निम्त्याउँछ र अझै धेरै झुट बोल्न प्रोत्साहित गर्छ । झुटको जरा साधरण नै हुन्छ तर यसले गलत परिणाम ल्याउने
कुरा भने निश्चित छ । त्यसैले बालबालिकाहरुले यो कुरा यथार्थमा ल्याउन परमेश्वरको वचनले के भन्छ भनी जान्नु आवश्यक छ । उनीहरु यी सबै कुरा गर्न सक्षम हुँदैनन् । तर अभिभावकहरु र बालसंगतिका शिक्षक शिक्षिकाहरुले आफु नमुना बनेर उनीहरुको जीवनमा भएको झुटलाई औँल्याइदिनुपर्छ र सुधारको बाटोमा डो¥याउनुपर्छ । किनकि बाइबलमा झुट बोल्नेहरुलाई कडा चेतावनी दिइएको हामी पाउदछौँ । यहाँ सम्मकि झुट बोल्नेलाई बाइबलले शैतानको सन्तान भनेको छ (यूहन्ना ८ः४४) । त्यसैगरी झुट बोल्नेहरु
परमेश्वरको राज्यमा पस्न नपाउने कुरा बाइबलले स्पष्ट रुपमा बताउँछ (प्रकाश २१ः२६) । यदि झुटले हामीलाई परमेश्वरबाट टाढा लैजान्छ, र हामीलाई स्वर्गमा प्रवेश गर्न बाधा दिन्छ भने हामी अभिभावकहरु सजग र सतर्क भएर बालबालिकाको निम्ति सत्यको नमुना बनेर आफ्नो अनन्त जीवन र बालबालिकाहरुको अनन्त जीवनलाई पनि बचाउने क्रममा अथक प्रयास गर्नुपर्छ ।

येशूले मुक्ति दिनुहुन्छ


येशूले मुक्ति दिनुहुन्छ
– कमल थामी
मैले संसारमा इश्वर खोजी हिँडे
तर मैले कतै इश्वर भेटिन,
मेरो दुःख पिडा पाप विसाउन खोजेँ
मैले कतै विसाउने चौतारी पाइन

जब म प्यासले व्याकुल भएँ
जब म भोकले छट्पटाइरहेँ
तब येशू मेरो जीवनमा आउनुभयो
मेरो प्यास र भोक मेटाइदिनुभयो

मलाई माया गर्ने येशू राजा
सुख दुःख सबैमा साथ दिने
तपाइलाई पनि येशूले डो¥याऊन्
मलाई जस्तै तपाईलाई पनि मुक्ति दिऊन्

येशू विनाको जीवन


येशू विनाको जीवन
–सागर थामी
पानी विनाको माछा
जिवित रहँदैन
येशू विनाको जीवन
जीवन नै होईन

आगो विना कोइला
निभेको हुन्छ
येशू विना जीवन
अन्धकारमा हुन्छ

येशू विनाको जीवन
झुकेको हुन्छ
येशू विनाको जीवनमा
पापले काम गरिरहन्छ

संसारको दलदले हिलोमा
फसेको जीवन
येशूको सहायता विना
रहँदैन जीवन

अनुरोधका अक्षरहरु


अनुरोधका अक्षरहरु
– आकाश थामी
मानिस मानिसमा द्धन्द तथा प्रतिशोध उत्पन्न
गराउनु भनेको बाइबलको दृष्टिकोणबाट घिनलाग्दो कुरा हो । हाम्रो समुदायमा रगतले रगतको निम्ती, हातले हातको निम्ति, शरीरले शरीरको निम्ति लडाइ गरिरहेको छ । आखिर
शरीरको जुनसुकै अंग भएपनि एउटै हो । आज यस्ता दुःख लाग्दो चुनौती हाम्रो समाजमा पहाड बनी अटल बनेको छ । त्यस्ता अन्धकारको पहाडलाई हटाउन सफल बोलावट बाइबलमा असिम रुपमा सत्य सावित गरिएको एक स्वर्ग र पृथ्वीकै शक्तिशाली हतियार धारण गरिएको छ । आजको संसारमा के तपाई संसारिक कुरामा भुलीरहनुभएको छ ? यदि त्यसो हो भने तपाईको नाम केही हदसम्म अमर हुन सक्छ तर तपाइलाई स्वर्गसम्मको मार्ग भने बन्द भएको छ । यसले तपाइको जीवनलाई संसारमै सिमित राखिदिएको छ । संसारको कुनै पनि शिक्षाले स्वर्गमा प्रवेश गराउन सक्दैन । आज विशेष गरी कम्यूनिष्ट पार्टीका नेताहरु किन ख्रीष्टियन बनेका छन् ? वैज्ञानिकहरु आइज्याक न्यूटन, डायोक्लियस, लर्ड केल्भिन, लुइ पाश्चर, जोहन केप्लर, रोबर्ड बोय, अल्बर्ट आइन्सटाइन, निकोलस, डेस्कार्टेसको, फराडे जस्ता वैज्ञानिकहरुले हरेक विज्ञानका केन्द्रविन्दु र आविष्कारको अस्तित्व परमेश्वर हुनुहुन्छ भनी ग्रहण गरेका पाइन्छ । संसारको शक्तिशालि राष्ट्रहरु, खेलाडि, नेता, कलाकार, व्यवसायी जस्ता व्यक्तित्वहरुले पनि ख्रीष्टलाई विश्वास गर्दछन् । के तपाइले यो कुरालाई कहिल्यै बुझ्ने प्र्रयास गर्नुभएको छ ?
पवित्र धर्मशास्त्र बाइबलमा लेखिएअनुसार येशू ख्रीष्ट संसारको ज्योति हुनुहुन्छ । ख्रीष्टमा विश्वास गरेपछि मात्र अनन्त मुक्ति प्राप्त हुन्छ । यदि तपाई स्वर्ग जान चाहनुहुन्छ भने प्रभु येशू ख्रीष्टलाई आज नै विश्वास गर्नुहोस् र यो प्रमाणित गर्नको लागि सबै धर्म शास्त्र पढे पनि बाइबलसँग तुलना
गरेर पढ्नुहुन अनुरोध छ ।

लापिलाङ्गमा ख्रीष्टियन


लापिलाङ्गमा ख्रीष्टियन
–तुला थामी
नेपालमा धेरै प्रकारका धर्म मान्ने मानिसहरुको बसोबास छ । तिनीहरु आ–आफ्नै धार्मीक आस्थामा बाँचेका छन् । नेपालको अन्तरिम संविधानले सबैलाई धार्मीक स्वतन्त्रताको अधिकार पनि दिएको छ । अहिले नेपालमा ख्रीष्टियन धर्मको पनि विस्तार भइरहेको छ । शहर देखि गाउँ गाउँमा चर्चहरुको विस्तार भएको छ र ख्रीष्टियनहरुको संख्या पनि धेरै नै वृद्धि भइरहेको छ । यसरी नै अहिले दोलखा जिल्लामा पनि ख्रीष्टियनहरुको संख्या
बढिरहेको छ । दोलखा जिल्लाको सदरमुकाम चरीकोटबाट साता कोष उत्तरमा पर्ने लापिलाङ्ग गाविसमा वि.स. २०५० सालतिर एक दुइ जना मात्र विश्वासीहरु रहेकोमा २०६० सालदेखि ४–५ घर मिलेर घर घरमा संगति गर्न थालिएको हो । यसरी लापिलाङ्गमा ख्रीष्टियनहरुको संख्यमा वृद्धि हुँदै गएपछि वि.स. २०६४ सालमा आएर गाउँको बिचमा साधरण मण्डली भवनको निर्माण गरेर संगती गर्न सफल भएका थियौँ । भवन निर्माणपछि संगति गर्न, सेमिनार गर्न धेरै सहज बन्यो । सुसमाचार प्रचारमा पनि लापिलाङ्गको मण्डलीले काम गर्दै गयो र अहिले दुइ तला भएको ठूलो हल सहित छुटै बाल संगति, भान्सा कोठा, भण्डारण कोठा र दुइवटा अफिस कोठा सहितको मण्डली भवन निर्माण गर्न समेत सफल भएका छौँ । परमेश्वरलाई धन्यवाद भएको होस् ।

सम्पादकीय


सम्पादकीय
अनुग्रही परमेश्वरले हाम्रो प्रार्थना सुन्नुभएर हामीहरुलाई अशिषमय बनाउनु भएको छ । प्रभुको मण्डली, लापिलाङ्ग आशिषको स्रोत बनेको छ । उहाँको अशिम कृपामा यो सानो सुसमाचारिय पत्रिका “नयाँ दृष्टान्त” उपहार स्वरुप दिनु भएकोमा परमेश्वरलाई धन्यवाद होस् । यो पत्रिकालाई त्रैमासिक रुपमा प्रकाशन गर्ने हाम्रो योजान रहेको छ । यसै पत्रिकाद्धारा हाम्रा मित्रहरुलाई अनन्त मुक्तिको सन्देश पु¥याउने चाहाना लिएका छौं । बिषेश गरी दोलखा जिल्लाभरी भैरहेको र भबिष्यमा हुने हरेक इशाई समाजको गतिविधिहरु,
परमेश्वरको बचनसंग सम्बन्धित लेख तथा रचनाहरु, साथै परिवर्तन भएका मित्रहरुको जीवन गवाहीहरु, राष्ट्रिय र अन्तराष्ट्रिय समाचारहरु समेत उल्लेख गरिनेछ । मानिसहरुको जीवन अनन्तसम्म रहिरहोस भन्ने परमेश्वरको इच्छा भएको हुनाले पाठकहरुलाई धार्मिकताको बाटोतर्पm डो¥याउने र यस जीवनमा शान्ति र आनन्द प्राप्त गरेर अर्को परिवर्तित नयाँ जीवन जिउन सिकाउने मार्ग निर्देशक चाहिँ यो “नयाँ दृष्टान्त” पत्रिका हुनेछ । यसलाई पुरा गर्ने येशू मात्र हुनुहुन्छ । आमेन

रायोको दाना र खमीरका दुइ दृष्टान्त


रायोको दाना र खमीरका दुइ दृष्टान्त
येशूले तिनीहरुलाई अर्को दृष्टान्त भन्नुभयो, “स्वर्गको राज्य रायोको दाना जस्तो हो, जो एक जना मानिसले लगेर आफ्नो बारीमा रोप्यो । त्यो सबै बीउहरुमा सानो हुन्छ, तर जब बढ्छ, तब त्यो सबै सागपातहरुभन्दा ठूलो हुन्छ र रुख नै भइहाल्छ । आकाशका चराचुरुङ्गीहरु आएर त्यसका हाँगाहरुमा गुँड लाउँछन् ।” उहाँले तिनिहरुलाई अर्को दृष्टान्त भन्नुभयो, “स्वर्गको राज्य खमीर जस्तो हो, जो एउटी स्त्रीले पचास किलोग्राम पीठोमा मिसाई, र त्यो जम्मै खमीरले फुलिएर ठीक नभएसम्म त्यसलाई एक ठाउँमा राखी ।” (मत्ती १३ः३१(३३)

येशू नै सत्य हुनुहुन्छ


येशू नै सत्य हुनुहुन्छ
–शमूयल थामी
आज हाम्रो समाजका धेरै मानिसहरुमा इशाइ धर्म विदेसी धर्म हो भन्ने भ्रम छ । यिनीहरुले इशाइहरुको संख्या बढाएर डलर कमाउँछन भन्ने आरोप पनि लगाएका छन् । वास्तवमा यो विदेसी धर्म पनि होइन र डलर कमाउने धर्म पनि होइन । नेपालमा बहुसंख्यक हिन्दु धर्म मान्ने मानिसहरु भएकोले यी आरोपहरु पनि उनीहरले लाउने गरेका छन् । तर हिन्दुहरुले हिन्दु शास्त्रमा लेखिएका आज्ञाहरुलाई पनि पालना गरेका छैनन् । कसरी भन्ने प्रश्न आउनु स्वभाविक हो । ख्रीष्ट पूर्व १८०० वर्ष अघि सिन्धु नदीको किनारमा आइपुगेका आर्यवंशिहरुले भगवान, देवी देवता, ग्रह, नक्षत्र, भुत, प्रेत सबैको मर्यादालाई जगतको इतिहासबाट मेटिन दिनुहँुदैन भन्ने ब्रम्हाको प्रस्तावलाई पहिलो प्राथमिकता राखी वेदको सृजना गरिएको हो । ‘अक्षरातितको परिचय’ अनुसार वेद लेखिनुभन्दा अघि ॐ मात्र थियो, अर्थात शून्यता सरह नै थियो । वेद पछि गीता पूरान लेखियो । ऋगवेद ४ अध्यायको ८ पद र यर्जूवेद ४० अध्यायको ८ पदमा लेखिएको छ, “अधतमः प्रविसतिय संभुतिम भुपासते ततोभुए ः स्वतेत्मोय उसम भुत्याग मारत”  अर्थात जसले परमेश्वरलाई छोडेर आँखाले देखिने अर्थात सृष्टिको पूजापाठ या उपासना व्रत इत्यादि गर्ला त्यो घोर नरकको अनन्तसम्मको नरकको भोग गर्नेछ । यसरी वेदले प्रस्टै भनेको छ सृष्टिको निर्जीव वस्तु्हरुको पूजा नगर भनेर । तर आर्यहरु नै पूजा किन गर्छन त ? अब वेदको अर्को खण्डमा हेर्ने हो भने भविष्य पुराण २ अध्यायको २३ पदमा यसरी लेखिएको छ,
“ईशपुत्रम च मम विधिः
कुमारी गर्भ सभंवम”
“अहम नै ति वचनै वचाः
नरकात त्रयिता ईतिपुत्र”
अर्थात म परमेश्वरको पुत्र हुँ कन्या केटीबाट जन्मिएको,
मेरो नाम मशिह हो । नरकबाट छुटाउनुहुने उहाँ नै पुत्र हुनुहुन्छ । वेदमा यसरी प्रभुको प्रशंसा गरिएको छ । धेरैको प्रश्न चाहिँ के छ भने स्वर्ग र नर्क कसले देख्यो ? जसरी एउटा गर्भवती महिलाको पेटभित्र रहेको बच्चाले पृथ्वी देख्नको लागि त पहिला समय पुगेर जन्म लिनुपर्छ नि त्यसरी नै स्वर्ग र नरक देख्न पनि आत्मामा जन्म लिनु पर्दछ । प्रभु येशूले यूहन्ना ५ अध्यायको २४ पदमा भन्नुभएको छ “साँचो  साँचो म तिमीहरुलाई भन्दछु, जसले म माथि विश्वास गर्छ त्यस सित अनन्त जीवन छ । त्यो इन्साफमा आउँदैन, त्यसले मृत्युदेखि जीवनमा प्रवेश
गरेको हुन्छ ।” जसरी एउटा
हरियो विरुवालाई जिउँदो हुँदा नै मलजल गरेमा, उखेलेर अरु ठाउँमा सारेमा बाँच्छ तर
मरेको विरुवालाई जतिसुकै मलजल गरेपनि त्यो बाँच्न सक्दैन । हामीले पनि जिवित छँदै नै विश्वास
गरेमा साँच्चै नै अनन्त अविनाशि जीवन पाउन सक्छौँ । भागवत
पुराण गीता १८ अध्यायको ६२ पदमा यसरी लेखिएको छ,
“तमेवा हरण गच्छ सर्व भावेन मारत सत्प्रसात्पराम शान्ति स्थान प्राप्तिथ्सी सास्वतम” अर्थात यहाँ वृद्ध अर्जुन एक दिन मुक्तिको खोजीमा कृष्णकहाँ गएर भन्छन्, ‘कृष्ण प्रभु तपाइले मलाई मुक्ति दिनुहोस्’ तर कृष्णले जवाफ दिए, ‘हे अर्जुन तिमी एकमात्र प्रभुको
चरण लेऊ, प्रभुकै कृपाद्धारा परम शान्ती र मुक्ति मिल्छ ।” यहाँ कृष्ण भगवानले प्रभुको नाम मात्र लिनुभएन । तर चरण पनि लेऊ भन्नुभयो । त्यसै गरी अर्को खण्डमा भविष्य पुराण ११ अध्यायका ३१ पदअनुसार, “इशामुर्तीहदि प्राप्त निब्यशुद्धा शिवकारी
ईशामसिह इति च ममः नाम प्रीतष्ठतामा” अर्थात जुन
परमेश्वरलाई भेट्दा मात्र मुक्ति पाइन्छ, दर्शन मात्र पाएर हाम्रो कल्याण हुन्छ । सनातनको पवित्र परमेश्वर जो हरेक मानिसको हृदयमा बास गर्नुहुन्छ, उहाँ नै येशू ख्रीष्ट हुनुहुन्छ । यसरी इशाइहरु वेदको विरोधि पक्कै होइनन् । अर्को धर्मग्रन्थ
कुरानमा अल्नीसा ४ अध्यायको १७१ पदमा “ईलाहक ईनामल मसीह हु ईला” भनेर लेखिएको छ । जसको अर्थ परमेश्वरको पुत्र वचन हुनुहुन्छ । साँच्चै उहाँ आदिमा वचन हुनुहुन्थ्यो
(यूहन्ना १ः१) । धेरैको अर्को पनि प्रश्न छ साँचो
ईश्वरलाई किन काठमा झुण्डाइएको ? हिन्दु धर्मशास्त्रको सत्पथ ब्राहमण १ अध्यायको १३ पद र ऋगवेद १० अध्यायको १२ पदमा एउटा शब्द भेटिन्छ ‘यज्ञ’ ।  पापी मानिसहरुलाई क्षमा दिनको लागि परमेश्वर स्वयम बलिदान हुनुपर्छ । धेरैले भन्ने गर्छन् ‘सेवा नै धर्म हो’
धेरै वर्ष अघिदेखि थाह हुन आएको यो भनाई साँच्चै शतप्रतिशत ठीक छ ।
संसारका मानिसहरुलाई सेवा कस्ले ग¥यो ? जो हुनुहुन्छ येशू ख्रीष्ट । उहाँले अन्धाहरुलाई आँखा दिनुभयो, लङ्गडाहरुलाई हिँड्ने शक्ति दिनुभयो, उहाँकै शक्तिद्धारा लाटाहरु बोले । अन्य धेरै सेवा गरेर ख्रीष्ट पिताको सामुन्ने धर्मीजन बन्न पुग्नुभयो ।
पवित्र धर्मशास्त्र बाइबल यूहन्ना १४ अध्यायको ६ पदमा येशूले भन्नुभयो, “बाटो सत्य र जीवन मनै हुँ ।
मद्धारा बाहेक कोही पनि पिताकहँ आउन सक्दैन ।” उहाँले यो वचन प्रत्येक मानिस जातिहरुलाई भन्नुभएको हो । हामी सबै मानिस जाति एक दिन मर्नु पर्छ नै र ईश्वरको घरमा जानुपर्छ । यो पृथ्वी त केवल बाँचुन्जेलको घर हो । हामी
मरेर साथमा लाने केही छैन, तर एउटै कुरा लान सक्छौँ त्यो हो आत्मा । यही आत्मा बचाउनलाई येशूलाई विश्वास गर्नुपर्छ । उहाँ जिवित हुनुहुन्छ । यूहन्ना ११ अध्यायको २६ पदमा येशू भन्नुहुन्छ, “पुनरउत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने म¥यो भने पनि जिवित हुनेछ, विश्वास गर्ने कोही मर्ने छैन ।” आज आफ्नो आत्मा बचाउने यो मात्र एक उपाय हो । यूहन्ना ३ अध्यायको १६ पदमा लेखिएको छ, “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले एकमात्र पुत्रलाई दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही नास नहोस तर त्यसले अनन्त जीवन पाओस ।” आत्मामा नमर्नु विश्वासद्धारा अनन्त जीवनको भागिदार भई अनन्त नरकको दण्डबाट उम्कि उहाँको अनन्त
राज्यमा प्रवेश गर्नु हो । बाइबलले नरकको बारेमा वर्णन गरेको छ । अझै प्रष्ट जान्नको लागि पवित्र धर्मशास्त्र बाइबल पढ्नुहोस, तपाईको हृदयमा प्रभुलाई अपनाउनुहोस् र प्रभुमा विश्वास गर्नुहोस् । आमेन् ।

ख्रीष्टको महान शक्तिको घोषणा


ख्रीष्टको महान शक्तिको घोषणा
- धर्म केसी
“यस कारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृिष्ट हो । पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ
(२ कोरिन्थी ५ः१७)” यो आश्चर्यजनक प्रेरणा हो । जब जब पुरानो कुराहरुलाई बिर्सिन्छौ र नयाँ कुराको खोज तलासमा लाग्छौँ तब नयाँ कुराले हामीलाई नयाँ प्रकारको आनन्द दिन्छ । परमेश्वरको नयाँ अवस्थाको सन्तान बन्न सक्छौं । किनकि यस्तो लेखिएकोछ, “जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरुलाई
परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो (यूहन्ना १ः१२)” यसरी परमेश्वरले नयाँ जीवनको अधिकार दिनुभएको छ । नयाँ जीवनमा प्रवेश गर्ने माध्यम  चाहिँ  सुसमाचार हो । सुसमाचार  परमेश्वरले दिने मुक्तिको असल खबर पनि हो  । यही सुसमाचार तथा असल खबरहरु ठूला ठूला त्रुलसेडहरु, सुसमाचारिय पर्चा वितरण, टेलिभिजनबाट गरिने प्रचारहरु, रेडियोबाट गरिने प्रचारहरु र प्रचारकहरु घर दैलोमा आएर प्रचार गर्ने सुसमाचार घोषणाको माध्यमद्धारा पाउँन सकिन्छ । दक्ष प्रचारकहरुद्धारा गरिइने सुसमाचार प्रचारले मानिसहरुलाई परमेश्वरमा बिश्वास गर्ने बाटो देखाउछ । प्रचार भन्ने शव्द मुक्तिको सन्देश घोषणा गर्ने हो । मण्डलीहरुका सम्पूर्ण बिश्वासीहरुले यो काम गर्न सक्छन् । उनीहरुद्धारा सबैले असल समाचार सुन्न सक्छन्  जसले मानिसहरुलाई पाप र मृत्युबाट छुटकारा दिन्छ ।
हिंसा र अपराधको डर त्रास, स्वास्थ्य र कामका चिन्ताहरु, पारिवारिक बिच्छेद, ऋण, भौतिकवाद, अन्धविश्वासहरु, सामाजिक एक्लोपन, तुच्छता र एकान्तपन, आत्मदया आपैmबाट घृणित हुनु, दोष, व्यभिचारी र अनैतिक बिचारहरु जस्ता बिभिन्न कुराहरुद्धारा मानिसहरु  पिडित भएका छन् । व्यक्तिगत समश्याहरु, पारिवारिक समश्याहरु, सामूहिक समश्याहरु, राष्ट्रिय समश्याहरु र बिश्वव्यापी समश्याहरु मानिसका आफ्ना समश्याहरु भएका छन् । कुनै न कुनै समश्याहरुले मानिसलाई पछ्याइरहेकै हुन्छन् । यस्ता बिकृतिहरु र समश्याहरुबाट छुटकारा पाउन र परमेश्वरले दिने अनन्त जीवन र परमेश्वरको राज्यमा प्रवेश गर्न ख्रीष्टको महान शक्तिको घोषणामाथि विश्वास गरेर पापको दण्ड तथा बिनासबाट छुटकारा पाईन्छ भने पापबाट शुद्ध र माफी पाउनुको साथै पापको शक्तिबाट स्वतन्त्रता र
परमेश्वरसंगको संगतिमा मिलापको साथ साथै मुक्तिको बिमा र परिवारको उद्धार, पवित्र आत्माको बासस्थान, हुने समेत घोषणा गरिएको छ । पापलाई छोडी दिने र आपैmलाई समर्पित गर्ने कामले यसको मुल्य चुकाउँछ । परमेश्वरले पाप मेटाउने प्रतिज्ञा गर्नुभएको छ । परमप्रभु भन्नुहुन्छ, ूअब आओ, हामी सँगसँगै बसेर आफ्ना कुराको छलफल गरौं । तिमीहरुका पापहरु सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन् । गाढा राता रङ्गका भए तापनि ती उन जस्तै हुनेछन् ( यशैया १ः१८)” जबसम्म हाम्रो पाप मेटिदैन तबसम्म हाम्रो धर्मकर्मले हामीलाई स्वर्ग लैजान सक्दैन, परमेश्वरमा विश्वास गरेर मात्र मुक्ति प्राप्त हुन्छ । यसको कुनै मुल्य हुँदैन, सुसमाचारमा विश्वासद्धारा सित्तैमा पाइन्छ । त्यसैले सुसमाचारको सम्बन्धमा स्पष्टसँग जानकारी लिनुपर्छ ।
सुसमाचार प्रचार भनेको एउटा बिशिष्ट सन्देशको घोषणा हो जसले परमेश्वर र मानिसको बिचमा सम्पर्क
गराउँछ । सुसमाचार मुक्तिको निम्ति परमेश्वरको शक्ति हो । येशूले भन्नुभयो “सुसमाचारमा बिश्वास गर” । येशू स्वयम  सुसमाचार सुनाउनको निम्ति यस संसारमा आउनु भएको थियो । जस जसले उहाँमाथि विश्वास गर्छन् तिनैले उद्धार पाउँछन् । उद्धार या मुक्ति पाउनको लागि हाम्रो मुख र हृदयमा निर्भर रहेकोछ । “किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार ग¥यौ, र परमेश्वरले उहाँलाई मरेकाहरुबाट जिवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास ग¥यौ भने तिम्रो उद्धार हुनेछ । किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र उ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ
(रोमी १०ः९–१०)” यसरी ख्रीष्टको महान शक्तिको घोषणा मुखबाट भएजस्तै हामीले हाम्रो मुखबाटनै स्वीकार गर्नुपर्छ र हृदयले विश्वास गर्नुपर्छ । अनि मात्र हाम्रो नयाँ जीवनको थालनी हुन्छ र पुरानो जीवन नष्ट हुन्छ । येशूले भन्नुभएको छ, गहुँको दाना भुइर्मा खसेर नमरेसम्म उसले नया जीवन पाउँदैन । त्यस्तै मानिसहरुले पनि आफ्नो पुरानो जीवनलाई नत्यागेसम्म नयाँ जीवनमा प्रवेश गर्न सक्दैनन्  । तपाईको र  हाम्रो मुख र हृदयले हामीलाई  व्यर्थका कुराहरुबाट जिवित परमेश्वर तर्पm फिराउन र नयाँ जीवनको बाटोमा हिँडाउन मद्धत गर्न सक्छ ।  अन्तमा ख्रीष्टको महान शक्तिको घोषणा नै अनन्त जीवन हो ।

जानकारी


जानकारी
– कुमार थामी
परमेश्वरकै योजनामा प्रभुको मण्डली लापिलाङ्गको भवन निर्माण भइसकेको छ । विगत वर्षहरुमा बाँसका
बेरा प्रयोग गरेर सामान्य टहरा बनाएर संगति गरेका थियौँ भने अहिले सुविधायुक्त हलमा संगती गर्न पाइएको छ । यस मण्डली भवन निर्माणको क्रममा लापिलाङ्गबासी र बाहिरका शुभचिन्तकहरुको समेत
राम्रो साथ र सहयोग प्राप्त

भएको थियो । यसमा ख्रीष्टप्रेमी थुप्रै महानुभावहरुको श्रम र पसिना मिसिएको छ । त्यसपछि साप्ताहिक भेटीमा संकलन भएको रकमबाट पनि खर्च गरिएको छ । कहाँबाट र कसरी आर्थिक सहयोग प्राप्त भयो भन्ने सम्बन्धमा यसै पत्रिकाको दोस्रो अंकमा जानकारी
गराउँदै शुभचिन्तक मित्रहरुको जिज्ञासालाई प्रस्टसँग अवगत गराउने छु ।
प्रभुको मण्डली लापिलाङ्गले भविष्यमा राम्रो राम्रो काम गर्दै धेरै मरेका आत्माहरु वचाउन सुसमाचार नपुगको ठाउँमा परमेश्वरको जिवित वचन पु¥याउनेछ । भविष्य र वर्तमानको लागि लगनशिल भएर प्रार्थना गर्नेछौँ, समाज र देशको लागि प्राथना गर्नेछौँ । चङ्गाइको आवश्यकता
परेका मित्रहरुको लागि चङ्गाई कार्यक्रमद्धारा
आरोग्यता र परमेश्वरको अनन्त जीवन प्राप्त होस् भनेर पनि प्रार्थना चढाएका छौँ । किनकि येशूले भन्नुभएको छ “बाटो सत्य र जीवन मनै हुँ ।
मद्धारा बाहेक कोही पनि पिताकहँ आउन सक्दैन (यूहन्न १४ः६) ।” यस कारण लापिलाङ्ग मण्डलीको काम यो हो कि धेरै आत्मा बचाउनु र परमेश्वरको महिमा गर्नु । प्रभुको मण्डली लापिलाङ्ग एउटा धार्मीक
आरोग्यता स्थल पनि हो । किनकि अन्य ठाउँहरुमा निको नभएका रोगहरु पनि विश्वास गरेर मण्डली पुगेपछि चङ्गाई सम्भव छ । येशूले भन्नुभएको छ
“सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर । विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउने छ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ । विश्वास गर्नेहरुसँग यी चिन्हहरु हुनेछन् – मेरो नाउँमा तिनीहरुले भूतहरु धपाउनेछन्, तिनीहरुले नयाँ भाषाहरुमा बोल्नेछन्” (मर्कुश १६ः१५(१७) । विश्वास गरेर मण्डलीमा आएपछि परमेश्वरको अद्भुत शक्ति पनि थाहा हुन्छ, जुन शक्ति मानिसले विश्वासद्धारा मात्रै प्राप्त गर्न सक्छ । हामीले कसैको धर्मको विरोध गर्नुहुँदैन, किनकि धर्म भनेको सबै एउटै हो तर मुक्तीको बाटो मात्रै फरक हो ।