ख्रीष्टको महान शक्तिको घोषणा


ख्रीष्टको महान शक्तिको घोषणा
- धर्म केसी
“यस कारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृिष्ट हो । पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ
(२ कोरिन्थी ५ः१७)” यो आश्चर्यजनक प्रेरणा हो । जब जब पुरानो कुराहरुलाई बिर्सिन्छौ र नयाँ कुराको खोज तलासमा लाग्छौँ तब नयाँ कुराले हामीलाई नयाँ प्रकारको आनन्द दिन्छ । परमेश्वरको नयाँ अवस्थाको सन्तान बन्न सक्छौं । किनकि यस्तो लेखिएकोछ, “जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरुलाई
परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो (यूहन्ना १ः१२)” यसरी परमेश्वरले नयाँ जीवनको अधिकार दिनुभएको छ । नयाँ जीवनमा प्रवेश गर्ने माध्यम  चाहिँ  सुसमाचार हो । सुसमाचार  परमेश्वरले दिने मुक्तिको असल खबर पनि हो  । यही सुसमाचार तथा असल खबरहरु ठूला ठूला त्रुलसेडहरु, सुसमाचारिय पर्चा वितरण, टेलिभिजनबाट गरिने प्रचारहरु, रेडियोबाट गरिने प्रचारहरु र प्रचारकहरु घर दैलोमा आएर प्रचार गर्ने सुसमाचार घोषणाको माध्यमद्धारा पाउँन सकिन्छ । दक्ष प्रचारकहरुद्धारा गरिइने सुसमाचार प्रचारले मानिसहरुलाई परमेश्वरमा बिश्वास गर्ने बाटो देखाउछ । प्रचार भन्ने शव्द मुक्तिको सन्देश घोषणा गर्ने हो । मण्डलीहरुका सम्पूर्ण बिश्वासीहरुले यो काम गर्न सक्छन् । उनीहरुद्धारा सबैले असल समाचार सुन्न सक्छन्  जसले मानिसहरुलाई पाप र मृत्युबाट छुटकारा दिन्छ ।
हिंसा र अपराधको डर त्रास, स्वास्थ्य र कामका चिन्ताहरु, पारिवारिक बिच्छेद, ऋण, भौतिकवाद, अन्धविश्वासहरु, सामाजिक एक्लोपन, तुच्छता र एकान्तपन, आत्मदया आपैmबाट घृणित हुनु, दोष, व्यभिचारी र अनैतिक बिचारहरु जस्ता बिभिन्न कुराहरुद्धारा मानिसहरु  पिडित भएका छन् । व्यक्तिगत समश्याहरु, पारिवारिक समश्याहरु, सामूहिक समश्याहरु, राष्ट्रिय समश्याहरु र बिश्वव्यापी समश्याहरु मानिसका आफ्ना समश्याहरु भएका छन् । कुनै न कुनै समश्याहरुले मानिसलाई पछ्याइरहेकै हुन्छन् । यस्ता बिकृतिहरु र समश्याहरुबाट छुटकारा पाउन र परमेश्वरले दिने अनन्त जीवन र परमेश्वरको राज्यमा प्रवेश गर्न ख्रीष्टको महान शक्तिको घोषणामाथि विश्वास गरेर पापको दण्ड तथा बिनासबाट छुटकारा पाईन्छ भने पापबाट शुद्ध र माफी पाउनुको साथै पापको शक्तिबाट स्वतन्त्रता र
परमेश्वरसंगको संगतिमा मिलापको साथ साथै मुक्तिको बिमा र परिवारको उद्धार, पवित्र आत्माको बासस्थान, हुने समेत घोषणा गरिएको छ । पापलाई छोडी दिने र आपैmलाई समर्पित गर्ने कामले यसको मुल्य चुकाउँछ । परमेश्वरले पाप मेटाउने प्रतिज्ञा गर्नुभएको छ । परमप्रभु भन्नुहुन्छ, ूअब आओ, हामी सँगसँगै बसेर आफ्ना कुराको छलफल गरौं । तिमीहरुका पापहरु सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन् । गाढा राता रङ्गका भए तापनि ती उन जस्तै हुनेछन् ( यशैया १ः१८)” जबसम्म हाम्रो पाप मेटिदैन तबसम्म हाम्रो धर्मकर्मले हामीलाई स्वर्ग लैजान सक्दैन, परमेश्वरमा विश्वास गरेर मात्र मुक्ति प्राप्त हुन्छ । यसको कुनै मुल्य हुँदैन, सुसमाचारमा विश्वासद्धारा सित्तैमा पाइन्छ । त्यसैले सुसमाचारको सम्बन्धमा स्पष्टसँग जानकारी लिनुपर्छ ।
सुसमाचार प्रचार भनेको एउटा बिशिष्ट सन्देशको घोषणा हो जसले परमेश्वर र मानिसको बिचमा सम्पर्क
गराउँछ । सुसमाचार मुक्तिको निम्ति परमेश्वरको शक्ति हो । येशूले भन्नुभयो “सुसमाचारमा बिश्वास गर” । येशू स्वयम  सुसमाचार सुनाउनको निम्ति यस संसारमा आउनु भएको थियो । जस जसले उहाँमाथि विश्वास गर्छन् तिनैले उद्धार पाउँछन् । उद्धार या मुक्ति पाउनको लागि हाम्रो मुख र हृदयमा निर्भर रहेकोछ । “किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार ग¥यौ, र परमेश्वरले उहाँलाई मरेकाहरुबाट जिवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास ग¥यौ भने तिम्रो उद्धार हुनेछ । किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र उ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ
(रोमी १०ः९–१०)” यसरी ख्रीष्टको महान शक्तिको घोषणा मुखबाट भएजस्तै हामीले हाम्रो मुखबाटनै स्वीकार गर्नुपर्छ र हृदयले विश्वास गर्नुपर्छ । अनि मात्र हाम्रो नयाँ जीवनको थालनी हुन्छ र पुरानो जीवन नष्ट हुन्छ । येशूले भन्नुभएको छ, गहुँको दाना भुइर्मा खसेर नमरेसम्म उसले नया जीवन पाउँदैन । त्यस्तै मानिसहरुले पनि आफ्नो पुरानो जीवनलाई नत्यागेसम्म नयाँ जीवनमा प्रवेश गर्न सक्दैनन्  । तपाईको र  हाम्रो मुख र हृदयले हामीलाई  व्यर्थका कुराहरुबाट जिवित परमेश्वर तर्पm फिराउन र नयाँ जीवनको बाटोमा हिँडाउन मद्धत गर्न सक्छ ।  अन्तमा ख्रीष्टको महान शक्तिको घोषणा नै अनन्त जीवन हो ।

No comments:

Post a Comment