बालबालिकाहरु किन झुट बोल्दछन् ?


बालबालिकाहरु किन झुट बोल्दछन् ?
–ज्ञानु श्रेष्ठ (थामी)
शैतानको छलपूर्ण झुटमा फसेको कारण आदम र हव्वाले आफ्नो गल्ती स्वीकार नगरी एक अर्कालाई दोष्याउँदै झुट बोलेको कारण सम्पूर्ण सृष्टिमाथि श्राप परेको थियो । झुट बोल्नु पाप हो र यसले हाम्रो जीवनमा श्राप निम्त्याउँछ । बाइबलमा उत्पत्तिको ३ अध्याय यसको उदाहरण हो । झुटले आदिकालदेखिनै जरा गाडेको हुँदा यसबाट मानिसहरु पूर्ण रुपले स्वतन्त्र भएका छैनन् । यूवा, वयस्क र वृद्धहरुले केही हदसम्म झुटलाई पन्छाउन सक्छन् अथवा झुट नबोल्ने अठोट गर्न सक्छन् तर बालबालिकाहरुले झुट नबोल्ने अठोट गर्न नसक्ने हुँदा साथै अठोट गरेतापनि त्यसमा अडिक रहन नसक्ने हुँदा तिनीहरु झुटद्धारा सताइएका हुन्छन् । बालबालिकाहरुमा पश्चातापी स्वभाव नहुने हुँदा तिनीहरु झुट बोल्ने गर्दछन् । परमेश्वर सत्य हुनुहुन्छ, त्यसैले हामीले पनि झुट त्यागेर सत्य बोल्नुपर्छ । झुट बोलेमा क्षमासिल परमेश्वरसँग क्षमा माग्न लगाउँदै तिनीहरुमा पश्चातापी मन जगाउनुपर्छ  जसले तिनिहरुमा डर उत्पन्न गरोस् र डरले तिनीहरुलाई झुट बोल्नबाट बचाउन सक्छ ।
येशूलाई ग्रहण गरेपछि उसमा परमेश्वरको केही गुण हुन्छ किनभने ख्रीष्ट उसको हृदयमा बस्नुहुन्छ । आफुलाई अरुको माझमा राम्रो देखाउन बालबालिकाहरु झुट बोल्ने गर्दछन् । अर्को कारण चाहिँ अरुलाई प्रभाव पार्न र आफुलाई मन परेको व्यक्ति वा माया गर्ने व्यक्तिलाई बचाउन पनि उनीहरु झुट बोल्दछन् । झुट बोल्नुको अर्को पक्ष स्वार्थीपन पनि हो । धेरैले फाइदा उठाउनलाई पनि झुट बोल्ने गर्दछन् । तर झुटको कारण खडा भएको अविश्वासिलो स्वभाव बढ्दै जान्छ । अनि झुटको सम्बन्धहरुले उसको जीवनको हरेक क्षेत्रमा प्रभाव पार्छ । बालबालिकाहरु अरुले उसँग गरेको नराम्रो व्यवहार र कामको कारण चिडिएर पनि ति मानिसहरुको बारेमा बालबालिकाहरुले झुट बोल्ने गर्दछन् । झुट बोल्ने कुरा बालबालिकाहरुले अरुबाट सिक्छन् । घरपरिवारमा उनीहरु जस्तो वातावरणमा हुर्केका छन् अवश्य पनि उसले त्यहि कुराको अनुसरण गर्दछ । साना बालबालिकाहरुले अरुले गरेका
कुराहरु सुन्छन् र अरुले गरेका व्यवहार देख्छन् अनि उनीहरुले पनि ति कुराहरु सिक्छन् । कतिचोटी बाहिरको मानिस आमाबाबुसँग भेट्न आउँदा आमाबुबाले नै उनीहरुलाई घरमा छैन भनिदेउ भनी प्रत्यक्ष रुपमा झुट बोल्दछन् र झुट बोल्न लगाउँछन् । यो साधरण जस्तो लाग्छ तर बालबालिकामा यसले कस्तो प्रभाव पार्छ र परिणाम कस्तो हुन्छ भने उनीहरुको जीवनमा दीर्घकालिन रुपमा नराम्रो असर पार्दछ ।
वास्तवमा चोर्न र झुट बोल्न अलग देखिए तापनि झुट बोल्नु र चोर्नु दुवै पाप हुन् । जब कुनै बालक यी दुई मध्य एउटा पापमा संलग्न हुन्छ, ऊ अर्को पाप गर्न पछि पर्दैन । यसले यही कुरा जनाउँदछ कि एउटा झुटले अर्को झुटलाई निम्त्याउँछ र अझै धेरै झुट बोल्न प्रोत्साहित गर्छ । झुटको जरा साधरण नै हुन्छ तर यसले गलत परिणाम ल्याउने
कुरा भने निश्चित छ । त्यसैले बालबालिकाहरुले यो कुरा यथार्थमा ल्याउन परमेश्वरको वचनले के भन्छ भनी जान्नु आवश्यक छ । उनीहरु यी सबै कुरा गर्न सक्षम हुँदैनन् । तर अभिभावकहरु र बालसंगतिका शिक्षक शिक्षिकाहरुले आफु नमुना बनेर उनीहरुको जीवनमा भएको झुटलाई औँल्याइदिनुपर्छ र सुधारको बाटोमा डो¥याउनुपर्छ । किनकि बाइबलमा झुट बोल्नेहरुलाई कडा चेतावनी दिइएको हामी पाउदछौँ । यहाँ सम्मकि झुट बोल्नेलाई बाइबलले शैतानको सन्तान भनेको छ (यूहन्ना ८ः४४) । त्यसैगरी झुट बोल्नेहरु
परमेश्वरको राज्यमा पस्न नपाउने कुरा बाइबलले स्पष्ट रुपमा बताउँछ (प्रकाश २१ः२६) । यदि झुटले हामीलाई परमेश्वरबाट टाढा लैजान्छ, र हामीलाई स्वर्गमा प्रवेश गर्न बाधा दिन्छ भने हामी अभिभावकहरु सजग र सतर्क भएर बालबालिकाको निम्ति सत्यको नमुना बनेर आफ्नो अनन्त जीवन र बालबालिकाहरुको अनन्त जीवनलाई पनि बचाउने क्रममा अथक प्रयास गर्नुपर्छ ।

No comments:

Post a Comment