येशू नै सत्य हुनुहुन्छ


येशू नै सत्य हुनुहुन्छ
–शमूयल थामी
आज हाम्रो समाजका धेरै मानिसहरुमा इशाइ धर्म विदेसी धर्म हो भन्ने भ्रम छ । यिनीहरुले इशाइहरुको संख्या बढाएर डलर कमाउँछन भन्ने आरोप पनि लगाएका छन् । वास्तवमा यो विदेसी धर्म पनि होइन र डलर कमाउने धर्म पनि होइन । नेपालमा बहुसंख्यक हिन्दु धर्म मान्ने मानिसहरु भएकोले यी आरोपहरु पनि उनीहरले लाउने गरेका छन् । तर हिन्दुहरुले हिन्दु शास्त्रमा लेखिएका आज्ञाहरुलाई पनि पालना गरेका छैनन् । कसरी भन्ने प्रश्न आउनु स्वभाविक हो । ख्रीष्ट पूर्व १८०० वर्ष अघि सिन्धु नदीको किनारमा आइपुगेका आर्यवंशिहरुले भगवान, देवी देवता, ग्रह, नक्षत्र, भुत, प्रेत सबैको मर्यादालाई जगतको इतिहासबाट मेटिन दिनुहँुदैन भन्ने ब्रम्हाको प्रस्तावलाई पहिलो प्राथमिकता राखी वेदको सृजना गरिएको हो । ‘अक्षरातितको परिचय’ अनुसार वेद लेखिनुभन्दा अघि ॐ मात्र थियो, अर्थात शून्यता सरह नै थियो । वेद पछि गीता पूरान लेखियो । ऋगवेद ४ अध्यायको ८ पद र यर्जूवेद ४० अध्यायको ८ पदमा लेखिएको छ, “अधतमः प्रविसतिय संभुतिम भुपासते ततोभुए ः स्वतेत्मोय उसम भुत्याग मारत”  अर्थात जसले परमेश्वरलाई छोडेर आँखाले देखिने अर्थात सृष्टिको पूजापाठ या उपासना व्रत इत्यादि गर्ला त्यो घोर नरकको अनन्तसम्मको नरकको भोग गर्नेछ । यसरी वेदले प्रस्टै भनेको छ सृष्टिको निर्जीव वस्तु्हरुको पूजा नगर भनेर । तर आर्यहरु नै पूजा किन गर्छन त ? अब वेदको अर्को खण्डमा हेर्ने हो भने भविष्य पुराण २ अध्यायको २३ पदमा यसरी लेखिएको छ,
“ईशपुत्रम च मम विधिः
कुमारी गर्भ सभंवम”
“अहम नै ति वचनै वचाः
नरकात त्रयिता ईतिपुत्र”
अर्थात म परमेश्वरको पुत्र हुँ कन्या केटीबाट जन्मिएको,
मेरो नाम मशिह हो । नरकबाट छुटाउनुहुने उहाँ नै पुत्र हुनुहुन्छ । वेदमा यसरी प्रभुको प्रशंसा गरिएको छ । धेरैको प्रश्न चाहिँ के छ भने स्वर्ग र नर्क कसले देख्यो ? जसरी एउटा गर्भवती महिलाको पेटभित्र रहेको बच्चाले पृथ्वी देख्नको लागि त पहिला समय पुगेर जन्म लिनुपर्छ नि त्यसरी नै स्वर्ग र नरक देख्न पनि आत्मामा जन्म लिनु पर्दछ । प्रभु येशूले यूहन्ना ५ अध्यायको २४ पदमा भन्नुभएको छ “साँचो  साँचो म तिमीहरुलाई भन्दछु, जसले म माथि विश्वास गर्छ त्यस सित अनन्त जीवन छ । त्यो इन्साफमा आउँदैन, त्यसले मृत्युदेखि जीवनमा प्रवेश
गरेको हुन्छ ।” जसरी एउटा
हरियो विरुवालाई जिउँदो हुँदा नै मलजल गरेमा, उखेलेर अरु ठाउँमा सारेमा बाँच्छ तर
मरेको विरुवालाई जतिसुकै मलजल गरेपनि त्यो बाँच्न सक्दैन । हामीले पनि जिवित छँदै नै विश्वास
गरेमा साँच्चै नै अनन्त अविनाशि जीवन पाउन सक्छौँ । भागवत
पुराण गीता १८ अध्यायको ६२ पदमा यसरी लेखिएको छ,
“तमेवा हरण गच्छ सर्व भावेन मारत सत्प्रसात्पराम शान्ति स्थान प्राप्तिथ्सी सास्वतम” अर्थात यहाँ वृद्ध अर्जुन एक दिन मुक्तिको खोजीमा कृष्णकहाँ गएर भन्छन्, ‘कृष्ण प्रभु तपाइले मलाई मुक्ति दिनुहोस्’ तर कृष्णले जवाफ दिए, ‘हे अर्जुन तिमी एकमात्र प्रभुको
चरण लेऊ, प्रभुकै कृपाद्धारा परम शान्ती र मुक्ति मिल्छ ।” यहाँ कृष्ण भगवानले प्रभुको नाम मात्र लिनुभएन । तर चरण पनि लेऊ भन्नुभयो । त्यसै गरी अर्को खण्डमा भविष्य पुराण ११ अध्यायका ३१ पदअनुसार, “इशामुर्तीहदि प्राप्त निब्यशुद्धा शिवकारी
ईशामसिह इति च ममः नाम प्रीतष्ठतामा” अर्थात जुन
परमेश्वरलाई भेट्दा मात्र मुक्ति पाइन्छ, दर्शन मात्र पाएर हाम्रो कल्याण हुन्छ । सनातनको पवित्र परमेश्वर जो हरेक मानिसको हृदयमा बास गर्नुहुन्छ, उहाँ नै येशू ख्रीष्ट हुनुहुन्छ । यसरी इशाइहरु वेदको विरोधि पक्कै होइनन् । अर्को धर्मग्रन्थ
कुरानमा अल्नीसा ४ अध्यायको १७१ पदमा “ईलाहक ईनामल मसीह हु ईला” भनेर लेखिएको छ । जसको अर्थ परमेश्वरको पुत्र वचन हुनुहुन्छ । साँच्चै उहाँ आदिमा वचन हुनुहुन्थ्यो
(यूहन्ना १ः१) । धेरैको अर्को पनि प्रश्न छ साँचो
ईश्वरलाई किन काठमा झुण्डाइएको ? हिन्दु धर्मशास्त्रको सत्पथ ब्राहमण १ अध्यायको १३ पद र ऋगवेद १० अध्यायको १२ पदमा एउटा शब्द भेटिन्छ ‘यज्ञ’ ।  पापी मानिसहरुलाई क्षमा दिनको लागि परमेश्वर स्वयम बलिदान हुनुपर्छ । धेरैले भन्ने गर्छन् ‘सेवा नै धर्म हो’
धेरै वर्ष अघिदेखि थाह हुन आएको यो भनाई साँच्चै शतप्रतिशत ठीक छ ।
संसारका मानिसहरुलाई सेवा कस्ले ग¥यो ? जो हुनुहुन्छ येशू ख्रीष्ट । उहाँले अन्धाहरुलाई आँखा दिनुभयो, लङ्गडाहरुलाई हिँड्ने शक्ति दिनुभयो, उहाँकै शक्तिद्धारा लाटाहरु बोले । अन्य धेरै सेवा गरेर ख्रीष्ट पिताको सामुन्ने धर्मीजन बन्न पुग्नुभयो ।
पवित्र धर्मशास्त्र बाइबल यूहन्ना १४ अध्यायको ६ पदमा येशूले भन्नुभयो, “बाटो सत्य र जीवन मनै हुँ ।
मद्धारा बाहेक कोही पनि पिताकहँ आउन सक्दैन ।” उहाँले यो वचन प्रत्येक मानिस जातिहरुलाई भन्नुभएको हो । हामी सबै मानिस जाति एक दिन मर्नु पर्छ नै र ईश्वरको घरमा जानुपर्छ । यो पृथ्वी त केवल बाँचुन्जेलको घर हो । हामी
मरेर साथमा लाने केही छैन, तर एउटै कुरा लान सक्छौँ त्यो हो आत्मा । यही आत्मा बचाउनलाई येशूलाई विश्वास गर्नुपर्छ । उहाँ जिवित हुनुहुन्छ । यूहन्ना ११ अध्यायको २६ पदमा येशू भन्नुहुन्छ, “पुनरउत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने म¥यो भने पनि जिवित हुनेछ, विश्वास गर्ने कोही मर्ने छैन ।” आज आफ्नो आत्मा बचाउने यो मात्र एक उपाय हो । यूहन्ना ३ अध्यायको १६ पदमा लेखिएको छ, “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले एकमात्र पुत्रलाई दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही नास नहोस तर त्यसले अनन्त जीवन पाओस ।” आत्मामा नमर्नु विश्वासद्धारा अनन्त जीवनको भागिदार भई अनन्त नरकको दण्डबाट उम्कि उहाँको अनन्त
राज्यमा प्रवेश गर्नु हो । बाइबलले नरकको बारेमा वर्णन गरेको छ । अझै प्रष्ट जान्नको लागि पवित्र धर्मशास्त्र बाइबल पढ्नुहोस, तपाईको हृदयमा प्रभुलाई अपनाउनुहोस् र प्रभुमा विश्वास गर्नुहोस् । आमेन् ।

No comments:

Post a Comment