शुसील कोईरालाले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राजनीतिक कू गरेको आरोप



०६९ अशोज ९ 
नेपाली कांग्रेसका सभापति शुसील कोईरालाले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राजनीतिक कू गरेको आरोप लगाउनु भएको छ ।
राष्ट्रिय सहमतिको सरकार बनाउन मार्ग प्रशस्त नगरेर प्रधानमन्त्री डाक्टर भट्टराईले राजनीतिक कू गरेको  कोईरालाको आरोप थियो । रामेछापको कांग्रेस पार्टी कार्यालय भवन सिल्यान्यास गर्न जाने क्रममा आज दोलखा सदरमुका चरिकोट बस्नु भएका सभापति कोईरालाले सहमति भए नेपाली कांग्रेसले आधा घण्टा भित्र नै प्रधानमन्त्रीको उम्ेदवार दिने बताउनु भयो । कांग्रेस पार्टी भित्र प्रधानमन्त्री को भन्ने विषयमा विवाद छ नी भन्ने पत्रकारहरुको जिज्ञासामा सभापति कोईरालाले विवाद नभै छलफल मात्र भक्एो बताउनु भयो । उहाँले देउवा र रामचन्द्र पौडेललाई आफुले आपसमा कुरा गरेर मिलेर आउन भनेको स्मरण गर्नुहुदै दुई नेता मिलेर नआए पार्टी स्टेरीङ कमिटीले निर्णय गर्ने बताउनु भयो । सभापति कोईरालाले अहिले सम्मको इतिहासमा नेपाली कांग्रेसले निष्पक्ष निर्वाचन गराएकोले अहिलेको चुनाव पनि कांग्रेसको नेतृत्वमा हुनु पर्ने बताउनु भयो । उहाँले माओवादीको बोलीको ठेगान नभएकोले अहिलेको समस्या आएको उल्लेख गर्नुहुदै विगतमा भएका सबै सहमतिहरु पालना हुनुपर्ने बताउनु भयो । 

No comments:

Post a Comment