माउन्ट गौरीशंकर अन्र्तराष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता, १० वर्षीय सौरभ आनन्दको एक्लो अग्रता, शीर्ष खेलाडीहरु पराजीत ।।

नेपालका फिडेमास्टर विलमलाल श्रेष्ठ तथा बंगलादेशका फिडेमास्टर इस्लाम अनिमुल

दोलखाको सदरमुकाम चरीकोट स्थित लक्ष्मी लजमा जारी माउण्ट गौरीशंकर अन्र्तराष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिताामा भारतका १० वर्षीय खेलाडी १७७८ रेटेड सौरभ आनन्दले एक्लो अग्रता कायम गरेका छन् । सोमबार सम्पन्न चौथो तथा पाचौं चरणका खेलमा आफुभन्दा उच्च वरियता प्राप्त नेपाली खेलाडीद्धय २०५० रेटेड गणेशमान दुवाल तथा २१२७ रेटेड क्यान्डिडेटमास्टर केशव श्रेष्ठलाई पराजीत गरे । उनको ५ खेलबाट ५ अंक भएको छ । 
अस्ट्रेलियाका अन्र्तराष्ट्रियमास्टर अलेक्जेन्डर वल, बंगलादेशका फिडेमास्टर इस्लाम इनामुल, नेपालका फिडेमास्टर विलमलाल श्रेष्ठ, पूर्व नेपाल च्याम्पियनसुरवीर लामा समान ४ दशमलब ५ अंकका साथ संयुक्त दोश्रो स्थानमा रहेका छन् ।
चौथो चरणको खेलमा नेपालका १८०१ रेटेड धिरव राजथलालाई पराजीत गरेका २४११ रेटेड अलेक्जेन्डर वलले पाचौं चरणमा भारतका १८५१ रेटेड राकेश गुरुङलाई हराए । दोश्रो चरणमा नेपालका २०६५ रेटेड निरज निरौलालाई पराजीत गरेका २२६८ रेटेड इनामुल पाचौं चरणमा २१०८ रेटेड विलमलालसँग बराबरीमा रोकिन पुगे । यसअघि चौथो चरणमा विलमलालले नेपालकै १८१५ रेटेड मिलन रोकालाई हारको बाटो देखाएका थिए । पाचौं चरणको अकों खेलमा २०७५ रेटेड सुरवीरले पूर्व नेपाल च्याम्पियन २०७३ रेटेड बद्रीलाल नेपालीलाई पराजीत गरेभने चौथो चरणमा भारतका अनरेटेड आशुतोष कुमारसँग बराबरीमा रोकिए । 
फिडेमास्टर मनिष हमालका लागि सोमबार सुखद रह्यो । २११८ रेटेड हमालले चौथो चरणमा १६९५ रेटेड सुरज पन्डित तथा पाचौं चरणमा मिलन रोकालाई पराजीत गरे । पाँच खेलबाट उनको ४ अंक भएको छ । उनीसँगै केशव श्रेष्ठ, भारतका सौभिक चक्रवर्ती, रौनक मण्डल, मनिराज डाँगी, सुदिप बज्राचार्य, अभिषेक सोनु, दोलखाका अनरेटेड बिक्रमध्वज श्रेष्ठ संयुक्त तेश्रो स्थानमा रहेका छन् ।  
प्रतियोगिता अन्र्तगत मंगलबार छैटौं तथा सातौं चरणका खेलहरु सञ्चालन हुनेछन् । 

No comments:

Post a Comment