माउन्ट गौरीशकर अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडेमास्टर अमिनुल इस्लामको एकल अग्रता ।।


माउन्ट गौरीशकर अन्तराष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिताको चौथो दिन छैटौ तथा सातौ चरणका खेलहरु सम्पन्न भएका छन् । सातौं चरणको समाप्तिपछि बंगलादेशका फिडेमास्टर अमिनुल इस्लामले ६ दशमलब ५ अङ्क प्राप्त गरी एक्लो अग्रता हासील गरेका छन् । २२६८ रेटेड इनामुलले छैटौं चरणमा २३३२ रेटेड भारतका अन्र्तराष्ट्रिय मास्टर अतानु लहारीलाई हराए भने सातौं चरणमा भारतकै १७७८ रेटेड १० वर्षीय सौरभ आनन्दमाथि सनसनीपूर्ण जीत हात पारे ।

नेपाल च्याम्पियन २११८ रेटेड मनिष हमाल र अष्ट्रेलियाका २४११ रेटेड अन्र्तराष्ट्रियमास्टर अलेकस्यान्डर वल  समान ६ अंकका साथ संयुक्त रुपमा दोस्रो स्थानमा रहेका छन् । मनिषले छैटौ चरणको खेलमा झापाका १९२५ रेटेड प्रकाश नेपाल तथा सातौं चरणमा ललितपुरका १९३१ रेटेड सुदिप वज्राचार्य माथी जीत हात पारेका थिए । अस्ट्रेलियन वलले सातौं चरणमा २१०८ रेटेड फिडेमास्टर विलमलाल श्रेष्ठमाथि जित हात पारे भने छैटौं चरणमा २०७५ रेटेड पूर्वनेपाल च्याम्पियन सुरवीर लामासँग बराबरीमा रोकिए ।

छैटौं चरणको समाप्तिसम्म अग्रता कायम गरेका सौरभ सातौं चरणमा हार व्यहोर्न पुगेपछि ५ दशमलब ५ अंकका साथ तेश्रो स्थानमा झरेका छन् । यसअघि छैटौं चरणमा सौरभले फिडेमास्टर विलमलाललाई बराबरीमा रोकेका थिए । सौरभसँगै नेपालका सुरवीर लामा, केशव श्रेष्ठ, मदनकृष्ण कायस्थ, कृष्ण थापा, राजेन्द्रप्रसाद श्रेष्ठ तथा भारतका सौभीक चक्रवर्ती समान ५ दशमलब ५ अंकका साथ संयुक्त तेश्रो स्थानमा रहेका छन् ।

पूर्व नेपाल च्याम्पियनद्धय सुरवीर लामा तथा केशव श्रेष्ठले सातौं चरणमा बराबरी खेल्दै अंक बाँडे । भक्तपुरका २०२२ रेटेड मदनकृष्णले सातौं चरणमा पूर्व नेपाल च्याम्पियन २०७३ रेटेड बद्रीलाल नेपालीलाई पराजीत गरेभने छैटौं चरणको खेलमा भारतका संकलन भारतीलाई हराए । एनसीसी कप बुद्धिचाल प्रतियोगिताका विजेता १९६९ रेटेड राजेन्द्रप्रसाद श्रेष्ठले २०५० रेटेड भेट्रान गणेशमान दुवाललाई पराजीत गरे ।

भारतीय अन्र्तराष्ट्रियमास्टर अतानु लाहिरी, विलमलाल श्रेष्ठ, सुदीप बज्राचार्य, अभिषेक सोनु, राजन पुरी, अन्तरीप रोय, मिलन रोकाको समान ५ अंक रहेको छ ।
प्रतियोगिता अन्र्तगत बुधबार आठौं तथा नवौं चरणका खेलहरु सञ्चालन हुनेछन् । 

No comments:

Post a Comment