माउन्ट गौरीशंकर अन्र्तराष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडीहरु अगाडी ।।


माउन्ट गौरीशंकर अन्र्तराष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडीहरु अगाडी ।।
राजेश भुजेल, रेडियो शैलुङ, दोलखा
दोलखाको सदरमुकाम चरीकोट जारी माउण्ट गौरीशंकर अन्र्तराष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता अन्र्तगत आईतवार दोश्रो तथा तेश्रो चरणका खेल सम्पन्न भएको् छ । तेश्रो चरणको समाप्तिमा  बंगलादेशका फिडेमास्टर इस्लाम इनामुल, भारतका राकेश गुरुङ, नेपालका केशव श्रेष्ठ, बिलमलाल श्रेष्ठ, सुरवीर लामा, बद्रीलाल नेपाली, निरज निरौला, मिलन रोका, आशुतोष कुमार, सौरभ आन्नद लगायतले शत प्रतिशत नतिजा निकाल्दै आ–आफ्नो खातामा ३ अंकका साथ संयुक्त पहिलो स्थानमा रहेका छन् । 
प्रतियोगितामा शिर्ष वरियता प्राप्त अन्र्तराष्ट्रिय मास्टरद्धय अतानु लाहीरी तथा अलेक्जेन्डर वल एकएक खेलमा बराबरीमा रोकिन पुगेपछि ३ चरणको समाप्तिमा २ दशमलब ५ अंकका साथ संयृक्त दोश्रो स्थानमा रहन पुगेका छन् । २४११ रेटेड अस्ट्रेलियन अन्र्तराष्ट्रिय मास्टर अलेक्जेन्डर वल दोश्रो चरणमा नेपाली खेलाडी मणिराज डाँगीसँग बराबरीमा रोकिए भने २३३२ रेटेड अतानु लाहिरी तेश्रो चरणमा भारतकै १९४१ रेटेड अन्तरीम रोयसँग बराबरीमा रोकिन पुगे । 
बंगलादेशका फिडेमास्टर २२६८ रेटेड इस्लाम इनामुलले आईतबार दुवै चरणमा सफलता हात पार्ने क्रममा द१७३४ रेटेड भारतका अनुस्तुप विश्वास तथा नेपालका १९३१ रेटेड सुदीप बज्राचार्यलाई पराजीत गरे । नेपाली खेलाडीमध्ये शिर्ष वरियताका पूर्व नेपाल च्याम्पियन केशवले दोश्रो चरणमा १७३२ रेटेड सुस्रुत दाहाल तथा तेश्रो चरणमा १९२५ रेटेड प्रकाश नेपालमाथि विजय हात पारे । २१०७ रेटेड फिडेमास्टर विलमलाल श्रेष्ठले दोेश्रो तथा तेश्रो चरणमा क्रमशः १७१५ रेटेड सनत कुँवर तथा १८६१ रेटेड दिनेश श्रेष्ठलाई पराजीत गरे । २०७५ रेटेड सुरवीर लामाले दोश्रो चरणमा १६८५ रेटेड विपिन अमात्य तथा तेश्रो चरणमा १८५९ रेटेड लवकुमार श्रेष्ठमाथि जीत दर्ज गरे ।  २०७३ रेटेड बद्रीलालले दोश्रो् तथा तेश्रोमा १६७४ रेटेड भारतीय ठेन्डुप तामाङ तथा १८२० रेटेड नविन कुमार चौधरीलाई पन्छाए । 
१८५१ रेटेड भारतका सिक्किमेली राकेश गुरुङले दोश्रो चरणमा दोलखाका हरी जिरेललाई हराए भने तेश्रो चरणमा आफुभन्दा उच्च २०९९ रेटिङ भएका भारतकै सोविक चक्रवर्तीलाई हराए । रुकुमका १८१५ रेटेड मिलन रोकाले तेश्रो चरणमा ललितपुरका २०२२ रेटेड राजन पुरीलाई पराजीत गरे । ध्रुवतारा क्लवका २०६५ रेटेड निरज निरौलाले दोश्रो तथा तेश्रो चरणमा क्रमशः १६८० रेटेड भारतीय स्वपनिल राज तथा १८५० रेटेड श्रीलंकाली वेटासिन्हा वसन्तलाई पराजीत गर्न सफल भए । 
नेपाल च्याम्पियन फिडेमास्टर मनिष हमालले मिश्रित प्रदर्शन गरे । दोश्रो चरणमा १७१६ रेटेड भारतीय अभिषेक सोनुसँग अप्रत्याशित पराजय भोग्न पुगेका २११८ रेटेड हमालले तेश्रो चरणमा अनरेटेड भुवनेश्वर चौधरीलाई पराजीत गरे । 
तेश्रो चरणको समाप्ति पश्चात अतानु लाहीरी, अलेक्जेन्डर वल, मदनकृष्ण कायस्थ, प्रकाश मानन्धर, मनिराज डाँगी, अन्तरीप रोय, धिरव राजथला र गणेशमान दुवालको समान २ दशमलब ५ अंक भएको छ ।
प्रतियोगिता अन्र्तगत सोमबार चौथो तथा पाचौं चरणका खेलहरु सञ्चालन हुनेछन् । 

No comments:

Post a Comment