दोलखा जफे गाविसको ढुडेमा  बस र मोटरसाइकल एकआपसमा  ठोक्किदा मोटरसाइकलमा सवार ३ जना  गम्भिर घाइते
भदौ ६
दोलखा जफे गाविसको ढुडेमा  बस र मोटरसाइकल एकआपसमा  ठोक्किदा मोटरसाइकलमा सवार ३ जना  गम्भिर घाइते भएका छन ।
मन्थलीबाट काठमाडौको लागी छुटेको  बा२ ख ५२८८ नम्बरको यात्रुवाहक वस र तामाकोशी बजारबाट मन्थली जादै गरेको बा २ ख १७६४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार दोलखाको ठुलोपाताल गाविस वडा नम्बर १ का लोकेन्द्र पाख्रिन, साजन विश्वकर्मा र जितविर तमाङ घाइते भएको टाफिक प्रहरी कार्यलय दोलखाले जनाएको छ । गम्भिर घाइते ३ जनाको सदरमुकाममा उपचार हुन नसकेपछि काठमाडौ पठाइएको छ ।

No comments:

Post a Comment