भदौ ३
दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ स्थित सुन्तली चौरमा रहेको महादेव खोलामा महादेवको स्वरुपको मुर्ति फेला परेको छ ।
केही हप्ताअघि नाम्दु गाविस वडा नम्बर २ बुस्ती निवासी महालक्ष्मी अधिकारीलाई देउता आई सो ठाउमा जान आग्रह गरिएपछि त्यहाँ गएर हेर्दा महादेवको स्वरुप भएको मुर्ति फेला परेको अधिकारीले बताउनुभयो ।
महादेवको स्वरुप भएको मुर्ति फेला परेपछि साउन २९ गते सोही ठाउमा रुद्री लगाई पाठ गरिएको स्थानीयबासीहरुले बताएका छन ।
मुर्ति फेला परेपनि प्रचारप्रसारको अभावका कारण सवैलाई थाहा नभएको भन्दै सम्पुर्ण भक्तजनहरुलाई पुजाआजा गर्न आउन स्थानीयबासीले आग्रह गरेका छन ।

No comments:

Post a Comment