वृहत खुल्ला रक्तदान कार्यक्रम

भदौ ७
दोलखा सदरमुकाम चरिकोटमा रहेको मिलीजुली ऋण तथा बचत सहकारी संस्थाको २० औ स्थापना दिवसको अवसरमा आज वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा  दोलखा र डिभिजन सहकारी कार्यलय दोलखाको सहकार्यमा भएको रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले रक्तदान गर्नुभएर उद्घाटन गर्नुभएको थियो । रक्तदान कार्यक्रममा ८३ जनाले रक्तदान गरेका छन् ।
मिलिजुली सहकारी संघका अध्यक्ष कृष्ण दाहालको अध्क्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति हर्क बहादुर श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख वसन्त अधिकारी, डिभिजन सहकारी संघका प्रमुख चेतनाथ गिरी लगायतले मन्तव्यm व्यक्त गर्नुभएको थियो ।
अव जनआवाज
यसै सन्दर्भमा हामीले रक्तदान कार्यक्रमका सहभागिलाई सोधेका थियौ रक्तदानको महत्वलाई तपाई कसरी लिनुहुन्छ ? सुनौ उहाँहरुको आवाज जस्ताको तस्तै ।

No comments:

Post a Comment