चरिकोटमा अन्र्तराष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता आयोजना हुने

भदौ ११,

भदौ ३० गतेबाट दोलखा सदरमुकाम चरिकोटमा अन्र्तराष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ
जिल्ला बुद्धिचाल संघ दोलखाले आज पत्रकार सम्मेलन गरि भदौ ३०गतेदेखी  चरीकोटमा अन्तराष्टिय स्तरको बुद्धिचाल प्रतियोगीता आयोजना गर्ने जानकारी गराएको हो ।
 नेपालको बुद्धिचाल खेल इतिहासमा नै पहिलो पटक पहाडि क्षेत्रमा अन्तराष्टिय स्तरको प्रतियोगिता दोलखामा हुन लागेको हो । प्रतियोगतामा पुरस्कार राशि पुर्व घोषणा गरिए भन्दा वृद्धी गरेर २ लाख २ हजार पुर्याइएको छ । विभिन्न ३५ विधामा उत्कृष्ट हुने प्रतियोगीले पुरस्कार हात पार्ने प्रतियोगीतामा प्रथम हुनेले ३० हजार नगद सहित टफी हात पार्नेछ । प्रतियोगिताको कूल लागत ७ लाख ४१ हजार ५ सय रुपैँया हुने अनुमान गरिएको छ ।  प्रतियोगितामा सहभागी हुन जर्मनी, पोल्याण्ड, बेलारुस, मेलेसिया, भारत, बंगलादेश, श्रीलंका, माल्दिस लगायतका देशका प्रतियोगिहरुले नाम दर्ता गराइसकेको पनि जानकारी दिएको थियो ।
यस अघि साउन २९ गते बाट भदौ २ गते सम्म सञ्चालन गर्ने तयारी गरेको अन्तराष्टिय स्तरको बुद्धिचाल प्रतियोगिता यातायात व्यावसायिहरुको आकस्मिक अनिश्चितकालीन हड्तालले गर्दा अन्तिम समयमा आएर खेल स्थगित गरिएको थियो ।

No comments:

Post a Comment