नेपाल खेलकुद महासंघ मध्यामाञ्चल क्षेत्रिय कमिटीको प्रथम वैठक दोलखा सदरमुकाम चरिकोटमा आज सम्पन्न

भदौ १०,
एमाले निकट नेपाल खेलकुद महासंघ मध्यामाञ्चल क्षेत्रिय कमिटीको प्रथम वैठक  ७ बुदे  चरिकोट घोषणा पत्र जारी गदै  आज  दोलखा सदरमुकाम चरिकोटमा आज सम्पन्न भएको छ ।
घोषणापत्रमा नेपालको खेलकूदका विकासको लागि राष्टिय खेलकूद नितीलाई लोकतान्त्रिकरण र पञ्चायतकालमा बनेको निरंकूश राखेप ऐनलाई संसोधन गरि प्रतिनिधिमुलक बनाउनु पर्ने, नेपालको खेलकूदको विकासको लागि कमसेकम एक प्रतिशत बजेट खेलकूदको लागि छुट्याउन जोडदार माग गर्ने, नेपाल खेलकुद महासंघले निजी क्षेत्रले खेलमा गरेको लगानीमा कर छुट गर्न र शैक्षिक सस्थाहरुले खेलकुदका नाममा संकलन गरेको रकम खेलकुद कोषको रुपमा खडा गरी खेलकुद परिक्षक र खेलकुद कार्यक्रममा खर्च गर्न माग गर्ने लगायतका मागहरु उल्लेख गरिएको पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
खेलकुद महासंघ दोलखाका अध्यक्ष हिरा थोकरले घोषपत्रका बारेमा जानकारी गराउनुभएको थियो । खेलकुद महासंघ दोलखाका सचिव बाल कृष्ण खड्काले  सञ्चालन गर्नु भएको कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रिय सचिवालय सदस्य तथा मध्यामाञ्चल क्षेत्रिय समन्यवय कमिटिका सचिव भरत केसीले मन्तव्यm व्यक्त गर्नुभएको थियो ।

No comments:

Post a Comment