गाविस स्तरीय सरोकार वालाहरु सगँको विचार आदानप्रदान कार्यक्रम सम्पन्न

भदौ १०
हुराडेक नेपाल दोलखा र अधिकार लोकतन्त्र र समाबेशी कोषको साझेदारीमा सञ्चालित स्थानीय तह देखि मानवअधिकार संरक्षण कार्यक्रम अन्र्तगत गठित मानवअधिकार गाविस मञ्च फस्कुको आयोजनामा गाविस स्तरीय सरोकार वालाहरु सगँको विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मानवअधिकार, महिलाहिसां, सामाजिक न्याय, तथा सुशासनको बारेमा छलफल गरिएको थियोे । साथै गाविसले विनियोजन गरेको लक्षित वर्गको बजेट लक्षित वर्गसम्म पुगेनपुगेको खोजी गरिएको थियो ।
मञ्चका संयोजक मान बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व गाविस अध्क्षक्ष कृष्ण बहादुर बुढाथोकी, नेकपा एमालेको गाउँकमिटि सदस्य भरत बुढाथोकी, नेकपा माओवादीका गाउँकमिटि सदस्य जनहरी उप्रेती, नेपाली कागेंसका प्रतिनिधि वैदार तामाग, महिला संजालकी अध्यक्ष गोपिनी कार्की, अस्थाई प्रहरी पोष्ट भैसेका इज्चार्ज भोजराज श्रेष्ठ, राप्रपाका अध्यक्ष केदार उप्रेतीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण हुराडेक नेपाल दोलखाका सामाजिक परिचालक भिमसेन सुवेदीले गर्नुभएको थियो ।

No comments:

Post a Comment