ख्रीष्टियनहरुले मृत्यूसंस्कार गर्न समेत पाएनन्



दोलखा जिल्लाको कालीञ्चोक गाविस वडा नं. ३ खोडागाउँमा स्थाई बसोबास गर्दै आएकि श्रीमती सोमती थामीले वि.स. २०६२ जेठ २५ गते येशू ख्रीष्टलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर स्वीकार गरि २०६२ मंसिर २० गते पानीको बप्तिस्मा समेत लिई परमेश्वरको सेवा संगतिमा निरन्तर लागि परेकी थिइन् । यिनै इश्वर भक्त स्त्रीको ७३ बर्षको उमेरमा वि.सं. २०७० कार्तीक १८ गते विहानै आफ्नै घरमा सुतिरहेको अवस्थामै प्रभुमा बिश्राम लिएकी थिइन् । त्यसपछि गाउँघर आफन्तहरुकहाँ उनको मृत्युको खबर फैलियो भने दोलखाको उत्तरी भेगमा रहेका सबै मण्डिलीहरु र काठमान्डौका केन्द्रिय मण्डलीहरुमा पनि यो खबर पुग्यो । सोमतीका आफन्तहरु खबर पाएपछि भारतको दार्जिलिङबाट समेत उनको अन्तिम अनुहार हेर्नको निम्ति घरमा आइपुगेका थिए । उनका कान्छा छोरा भालु थामी र छोरी ज्वाँई पनि विश्वासी थिए । उनलाई परिवार पक्षले पनि ख्रीष्टियन विधिबाट नै मृत्यु संस्कार गर्ने निर्णय गरेका थिए । यो गा.वि.स मा दफन गर्ने जग्गाको व्यवस्था नभएको कारण सोही दिन गा.वि.सका जनप्रतिनिधिहरु, सामुदायिक वनका प्रतिनिधिहरु र गाउँका मानिसहरुसँग छलफल गरी ख्रीष्टियनहरुलाई चिहानको लागि कालिञ्चोक गाविस वडा नं. ३ मा पर्ने दुलापा खोलाको किनारमा रहेको सार्वजनिक जमिन प्रयोग गर्न दिने निर्णय समेत गरियो । त्यसपछि उनको शवलाई उक्त जमिनमा लगेर ख्रीष्टियन विधिअनुसार मृत्यु संस्कार गरिरहेको समयमा छिमेकि खोपाचागु गा.वि.स वडा नं. १ का मानिसहरु स्थानिय भाजु थामीको अगुवाइमा त्यहाँ आइपुगि विरोध गर्नुकासाथै अपशब्द बोल्दै खोपाचागुका पास्टर बुद्धिमान थामी, कालिञ्चोकका पदम थामी, मन्जित थामी, लापिलाङ्ग, सिंगटी, बन्चरे मण्डलीहरुबाट त्यहाँ पुगेका विश्वासीहरुलाई हातपात गर्देै खुकुरी समेत प्रदर्शन गर्न थाले । यस्तो अवस्था आएपछि त्यहाँका स्थानिय विश्वासीहरु चुप लागेर बस्न बाध्य भए । त्यसपछि उनीहरुले उक्त शवलाई खाडलबाट निकालेर नजिकैको  चिहानमा हिन्दु संस्कार अनुसार अन्त्यष्टी गरिदिए । खै त ? बिचारा मृतक महिला सोमती थामीको हक अधिकार, राज्यले धर्मनिरपेक्षता घोषणा गरेको भएतापनि व्यवहारमा आएको छैन, त्यसकारण हामी धेरै समश्यमा झेलिएकाछौ । नागरिक स्वतन्त्रता तथा धर्मनिरपेक्षता भएपनि हामी इशाईहरु पेलानमा परेका छौं । यस घटनाबाट सबै ख्रीष्ट विश्वासीहरु दुखित भएका छन् । नेपाल देश धर्म निरपेक्ष घोषणा भइसकेको अवस्थामा पनि ख्रीष्ट विश्वासीहरुलाई स्वतन्त्रपूर्वक आफ्नो धर्म र संस्कारलाई पालना गर्नबाट बञ्चित पारिएको छ । यो एउटा धर्मसँग मात्रै जोडिएको घटना छैन, यहाँ त एउटा नेपाली नागरिकले मृत्युपर्यन्त र मृत्युपश्चात पाउनुपर्ने अधिकार समेत जबरजस्त खोसिएको छ । यो अवस्था कहिले सम्म अन्त्य नहुने हो ? के चिहानमा पु¥याएको लास खोसेर मलामीहरुलाई हातपात गर्ने अधिकार कसले दिएको हो ? के जितियो त मृत लासमाथि गरिएको यस्तो अभद्र व्यवहारले ? यस्तो अमानविय व्यवहारको अन्त हुनुपर्छ । बिचारको परिवर्तन हुनुपर्छ । राजनैतिक पार्टीहरुको झगडामा हामीलाई किन पेल्ने ? कसले समात्न सक्छ हावालाई कसले रोक्न सक्छ सासलाई के हाम्रो पनि मृत्यु आउदैन र ? के मरेपछि हाम्रो पनि लास वा मृत शरीरलाई खोसा खोस गरुन ? के हामीलाई थाहा छैन र मृत शरीरलाई खोसा खोस गर्नेहरु त गिद्धहरु होइनन् र के हामी मरेपछि हाम्रो लासलाई गिद्ध र स्यालले भैm एक आपसमा तान तान गरुन । हामी के चाहान्छौ ? यस्तै होस त हाम्रो जीवनमा पनि । जस जसले यस्तो अमानविय घटना घटाउन सहायता गरेका छन् तिनीहरुले यो जानुन् कि हामी पनि एक दिन यस पृथ्वीबाट हटाइनेछौ । तर जस जसले येशूलाई विश्वास गरेकाछन् तिनीहरुले अनन्त जीवन पाउनेछन् । यही थियो सोमती थामीले गरेको विश्वासको सार, त्यसैले हामीलाई सु समाचार गर्नमा कसैले रोक्न सक्दैन । आफनो अधिकारको प्रयोग गरौं । एकतामा शक्ति छ, एकतामा रहनु राम्रो हुन्छ । 

No comments:

Post a Comment