यो दिन हो क्रिसमस –मोशा श्रेष्ठ


परमेश्वरको महान इच्छा
अमर प्रेम दर्शाउनलाई
एक ज्योतिको जन्म भयो
यो दिन हो क्रिसमस ।
मानविय पापको भारी
थाकेकालाई विश्राम दिने
विश्रामदाताको जन्म भयो ।
जीवनदेखि हारेकालाई
सत्य बाटो बिराई हिड्ने
यात्रीहरुको बाटो बनी
गोठालोको जन्म भयो
यो दिन हो क्रिसमस ।
अन्धकारमा ज्योति दिन
अज्ञानतालाई ज्ञानले भर्न
ज्ञान बर्दकको जन्म भयो
यो दिन हो क्रिसमस ।
आत्मिक तिर्खा मेटाई दिन
आत्मिक भोजनको भण्डार बनेर
येशू ख्रीष्टको जन्म भयो
यो दिन हो क्रिसमस ।
हिँउ जस्तै सेतो बनाई
रगतले पापलाई धुन
महान व्यक्तिको जन्म भयो
यो दिन हो क्रिसमस ।
अशान्तिमा शान्ति दिलाई
पितासँग भेटाई दिन
एउटा बाटो बन्नुभयो
यो दिन हो क्रिसमस ।

No comments:

Post a Comment