सम्पादकिय बडा दिन


यो खुसियालीको समय हो, हामीलाई सम्झना रहोस, महान उपहार परमेश्वरबाट हामीले उहाँको पुत्र येशू ख्रीष्टलाई यसै पृथ्वीमा प्राप्त गरेका छौं । यो परमेश्वरको बयान गरेर नसकिने उपहार हो । किनकि स्वर्गमा हामी सबैका निम्ति एउटै मात्र पिता हुनुहुन्छ र पिता सबै भन्दा महान हुनुहुन्छ । उहाँले नै हामीलाई सत्यको वचनद्धारा जन्म दिनुभयो । उहाँले नै येशू ख्रीष्टलाई “तिमी मेरा पुत्र हौ ।” (हिब्रु १ः५) भन्नुभयो,  जसरी भन्नुभयो त्यसैगरी “पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ ।” (यूहन्ना३ः३५) तापनि उपहार स्वरुप आफुले माया गरेको पुत्रलाई मानिसहरुको उद्धार गर्नको निम्ति यस संसारमा पठाउनुभयो । यही समयलाई नै बडा दिन भनिन्छ । त्यसैले बडा दिनको शुभ कामना आदन प्रदान गर्ने समय पनि अहिल्यै हो । परमेश्वरले हाम्रो हृदयमा शान्ति र आनन्दले भर्न उहाँले बयान गरेर नसकिने उपहार दिनुभएको छ । (२ कोरिन्थी ९ः१५) त्यसैगरी हामीले पनि यो बर्ष क्रिसमस २०१३ को समयमा आनन्द मनाउन हामी सबैले सम्झना गरौं, प्रभु येशू ख्रीष्ट पृथ्वीमा अवतरित हुनुभएको उपलक्ष्यमा हाम्रा मित्रहरुलाई र आफन्ताहरुलाई उपहार प्रदान गर्ने यो बिशेष समय हो । त्यसैले यो बिशेष समयमा बडा दिनको शुभ कामना आदन प्रदान गरौं र येशू ख्रीष्टको जन्मोत्सवको उपलक्ष्यमा बडा दिनको आनन्दमा उहाँको राज्यको सुसमाचार प्रचार गरौं । आमेन ।

No comments:

Post a Comment