येशू मानिसको प्रतिरुपमा


– धर्म के.सी
येशू ख्रीष्ट यस संसारमा आउनुहुने सम्बन्धमा सात सय पचास बर्ष पहिला नै यशैया अगमवक्ताले यस्तो भविष्यवाणी गरेका थिए “यसै कारण परमप्रभु आपैmले तिमीहरुलाई एउटा चिन्ह दिनुहुनेछ । हेर, कन्याले गर्भधारण गर्नेछिन र तिनले एउटा पुत्र जन्माउनेछिन् र उहाँको नाउँ इम्मानुएल राखिनेछ । खराबलाई इन्कार गर्न र असललाई छान्न जानेपछि उहाँले दही र मह खानुहुनेछ ।” (यशैया ७ः१४–१५) परमेश्वरले मानिसहरुलाई दिनुभएको चिन्ह येशू हुनुहुन्छ । “कनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ । शासन उहाँको काँधमा हूनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ । उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिल्यै हुनेछैन । दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन, त्यसबेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ । सर्वशक्तिमान परमप्रभुको जोसले यो पूरा गर्नेछ ।” (यशैया ९ः६–७) उहाँलाइ परमेश्वरले हाम्रो निम्ति दिनु भएको हो । उहाँ पराक्रमी परमेश्वर, सनातनका पिता र शान्तिका राजकुमार कहलाईनु भयो । जसले उहाँमाथि विश्वास गर्छ उसैको जीवनमा शान्ति आउँछ । यसैगरी दानिएलको पुस्तकमा पनि उहाँलाई मानिसको पुत्र भनेर सम्बोधन गरिएको छ । “राती मैले मेरो दर्शनममा हेरेँ, र त्यहाँ मेरो सामु आकाशका बादलका साथ आइ रहनुभएको एक जना मानिसको पुत्रजस्तै हुनुहुन्थ्यो । उहाँ ती अति प्राचिनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्थित गराइनुभयो । उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो, र हरेक भाषा बोल्ने सबै मानिसहरु र जातिहरुले उहाँको आराधना गरे । उहाँको प्रभुत्व अनन्तसम्म रहने प्रभुत्व छ, जुनचाँहि कहिल्यै टल्नेछैन र उहाँको राज्य त्यो हो जुन कहिल्यै नष्ट हुनेछैन्  ।” (दानिएल ७ः१३–१४) यहाँ उल्लेख भएको कुरा बिभिन्न भाषा बोल्ने सबै जातिको लागि हो । सर्वाधिकार भनेको कहिल्यै नवित्ने सदासर्वदाकै महिमा हो भने राज्यधिकार भन्नाले कहिल्यै नष्ट नहुने राज्य हो । मानिसको पुत्रको राज्य पराक्रम र महिमा सदासर्वदै रहिरहने छ ।
येशू मानिस जस्तै मात्र होइन मानिसकै प्रतिरुपमा परमेश्वरको आश्चर्यकर्म द्धारा कन्या मरियमको गर्भबाट रीतपूर्वक यस संसारमा आउनुभएको सत्य हो । उहाँसंग मानिसको जस्तै स्वभाव थियो, पतित मानिसको प्रतिरुपमा उहाँ स्वयम सेवक बनिनु भएको थियो । तापनि पापबाट भने स्वतन्त्र हुनुहुन्थ्यो । उहाँ आत्मामा पतित मानिस जस्तो होइन (२ पत्रुस ३ः९) मानव जातिको प्रतिनिधित्व गर्नुभएको मात्र हो । यसै कारण बाइबलले उहाँलाई मानिसको पुत्र भनेर सम्बोधन गरेको हो । पूर्ण रुपमा मानव बन्नु पर्ने परमेश्वरको योजनालाई र अगमवक्ताहरुद्धारा बोलेको अगमवाणीहरु पूरा गर्न मरियम नामकी कन्या केटीद्धारा येशू यस संसारमा आउनु भएको सत्य हो । ” प्रभुका एक जना स्वर्गदूत तिनीहरुकहाँ देखा परे, र प्रभुको तेज तिनीहरुका वरिपरि चम्क्यो, अनि तिनीहरु साह्रै डराए । तब स्वर्गदूतले तिनीहरुलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरुलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरुको निम्ति हुनेछ । आज दाऊदको शहरमा तिमीहरुका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ । तिमीहरुलाई चिन्ह चाहिँ यो हुन्छः तिमीहरुले एउटा बालकलाई लुगाले बेह्रेको र डूँडमा सुताइराखेको भेट्टाउनेछौ ।” तब एक्कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा प¥यो । परमेश्वरको स्तुति गर्दै, तिनीहरुले भने, “सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरुसँग उहाँ प्रशन्न हुनुहुन्छ, तिनीहरुलाई शान्ति !” (लूका २ः९(१४) यसरी  परमेश्वरले रीतपूर्वक मानव रुप धारण गर्नु भएको र कन्या मरियमको गर्भबाट जन्मनुभएको हुनाले उहाँ पुरा मानिस हुनुहुन्छ । येशू प्रभुको यस पृथ्वीमा मानविय स्वभावहरु, जस्तै पृथ्वीमा आउन, हुर्कन, बढ्न, भोकाउन, तिर्खाउन, सम्पूर्ण कुराहरु मानिसकै जस्तो थियो । मानिसहरुले गर्ने जस्तै कार्यहरु उहाँले पनि गर्नु भयो, र जब ३० बर्ष पुगेपछि मात्र उहाँले परमेश्वरको राज्यको काम गर्न शुरु गर्नु भएको थियो । उहाँ मानिसको रुपमा आउनुभएको सत्य प्रमाणित गर्न धेरै कुराहरु प्रस्तुत गर्न सकिन्छ, जस्तै उहाँको स्वभाव मानिसकै जस्तो थियो । शारीरिक हरेक अङ्ग प्रत्यङ्ग पूरा रुपमा मानिसकै जस्तो थियो । शारीरिक रुपले येशू मानिसको पुत्र हुनुहुन्छ, तापनि आत्मिक रुपले उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ । “यसकारण संसारमा आउनुहुँदा ख्रीष्टले भन्नुभयो, “बलि र भेटीहरु तपाईले चाहनुभएन, तर तपाईले मेरो निम्ति एउटा शरीर तयार पार्नुभएको छ ।” (हिब्रु १०ः५) यस कारण हामी किटानसाथ भन्न सक्छौँ कि येशू ख्रीष्ट सारा मानिस जातिहरुको प्रतिनिधित्व गर्दै यस संसारमा मानिसको पुत्रको रुपमा आउनुभएको हो । येशू ख्रीष्ट मानिसको पापको लागि आफ्नो प्राण दिनलाई यस संसारमा मानिसकै प्रतिरुपमा मानिसकै शरीर धारण गरेर आउनुभयो, उहाँमा विश्वास गर्ने सबै जनाले पापको क्षमा पाई स्वर्गको राज्यमा पस्न पाउनेछन् । आमेन ।

No comments:

Post a Comment